Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

समाजवादी मोर्चाको समीक्षा: गति सुस्त, सुधारका लागि ठोस रणनीति आवश्यक

spot_img
spot_img

काठमाडौं । समाजवादी मोर्चाले हालसम्मका गतिविधिहरू पर्याप्त नभएको निष्कर्ष निकालेको छ । मंगलबार नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले मोर्चाको कार्यशैली र प्रभावकारिता सम्बन्धी गम्भीर समीक्षा गर्दै आगामी रणनीतिमा सुधार आवश्यक रहेको बताइएको छ।

बैठकपछि मोर्चाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले मुलभूत रूपमा मोर्चा सफल भए पनि अपेक्षित गति लिन नसकेको र जनताका साथै इमानदार कार्यकर्ताहरूका अपेक्षालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको स्वीकार गरे ।

उनले भने, “मोर्चालाई अझ प्रभावकारी बनाएर अघि बढाइएन भने यत्तिका प्रयासको अर्थ हुँदैन । यस विषयमा बैठकमै गम्भीर बहस भयो र सुधारसहित अघि बढ्ने निष्कर्षमा पुगेका छौं।”

बैठकमा समाजवादी मोर्चालाई नयाँ ढङ्गले, तर व्यवहारिक र तार्किक आधारमा विस्तार गर्दै समाजवादी दिशातर्फ अग्रसर गराउने विषयमा छलफल भएको थियो । साथै, भदौको अन्त्यतिर देशव्यापी कार्यक्रमको तयारी गर्ने प्रस्ताव समेत राखिएको छ ।

बैठकले देश वर्तमानमा जटिल र अफ्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गर्दै, यदि सही ढंगले नेतृत्व र योजना अघि नबढाइए देश गम्भीर संकटमा पर्ने चेतावनी समेत दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...