Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

बारामा ब्राउन सुगरसहित एक युवक पक्राउ

spot_img
spot_img

कलैया । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो मात्रामा लागू औषध ब्राउन सुगर सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने युवक बाराको विश्रामपुर गाउँपालिका–१, घोडासहन निवासी २२ वर्षीय अजमुल हक अंसारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार, साउन १४ गते दिउँसो करिब २:५० बजे इलाका प्रहरी कार्यालय प्रसौनी बाराका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा जिल्ला प्रहरी कार्यालय बारा र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जबाट संयुक्त टोली परिचालन गरिएको थियो।

टोलीले कलैयाबाट प्रसौनीतर्फ पैदल आउँदै गरेका अंसारीलाई फेटा गाउँपालिका–१, भलुहीस्थित स्थानमा शंकाका आधारमा रोकी शरीर खानतलासी गर्दा, २ वटा प्लास्टिकका पुरियामा १४७.१८ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो। त्यसमा ६०० मिलिग्राम सुख्खा प्रकार र १४६.५८ ग्राम लेदो पदार्थ रहेका छन्।

पक्राउ परेका युवकलाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान जारी रहेको बाराका प्रहरी जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...