Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Home Blog Page 285

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

वीरगंज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सहकारीको रकम अपचलन गरी वचतकर्तालाई रुवाउने कोही पनि ठगहरूले अब उन्मुक्ति नपाउने बताएका छन् ।

सहकारी पीडितहरूलाई न्याय दिलाउन वर्तमान सरकार क्रियाशील रहेको र ठूलो परिमाणको रकम अपचलन गरेको अभियोगमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका साथै कारबाही प्रक्रिया समेत अगाडि बढाइरहेको बताउँदै उनले अब कोही पनि ठगहरू राज्यको नजरबाट भाग्न नसक्ने बताए । उनले सहकारीको रकम अपचलन गरेको आरोपमा व्यक्तिमाथिको अनुसन्धानलाई प्रभावित पार्न खोजिएको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

‘विगतमा विभिन्न प्रकरणमा विभिन्न व्यक्तिहरू अनुसन्धान र कारबाहीको दायरामा आइसकेका छन् । अहिले सहकारीको प्रसङ्ग उठेको छ । सहकारी ठगलाई कारबाही गर्दा मात्रै पीडितले न्याय पाउने कुरामा वर्तमान सरकार प्रष्ट छ’ मन्त्री गुप्ताले भने, ‘सहकारीको रकम दुरुपयोग अभियोगमा पक्राउ पर्नुभएका रवि लामिछानेविरुद्ध अनुसन्धान नै हुनुहुँदैन भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्दोलित भएको छ । अहिले त कस्तो देखियो भने सहकारी ठगलाई कारबाही नगर्ने हो भने यी दलहरू खुसी रहने र कारबाही प्रक्रिया अगाडि बढाउँदा दुःखी हुने अवस्था सृजना भयो । तर, सरकार अघि बढिसक्यो अब कोही पनि ठगहरूले उन्मुक्ति पाउने अवस्था छैन ।’

फरक धार भनेर उदाएको पार्टीले नै सुशासनको पक्षमा भएको कामको विरोध गर्नु नेपाली जनताका लागि दुर्भाग्य भएको उनको भनाई छ । मन्त्री गुप्ताले यसअघि विभिन्न प्रकरणमा एमाले र कांग्रेसका उच्च तहका नेताहरूलाई समेत जेल चलान गरिएको र त्यस विषयमा ती पार्टीले कुनै पनि आन्दोलन नगरेको स्मरण पनि गराए । तर, रास्वपासहित प्रतिपक्ष दलहरूले सरकारविरुद्ध चरणवद्ध आन्दोलनको घोषणा गर्नुले ती दलहरू सुशासनको पक्षमा नरहेको स्पष्ट भएको उनले वताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मन्त्री गुप्ताले प्रतिपक्ष दलहरूको आन्दोलनबाट सरकार नडगमगाउने र दोषीलाई कारबाही गरेरै छाड्ने स्पष्ट गरे ।

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

वीरगंज ।  निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्सा र वीरगंज महानगरकाे आयाेजनामा शनिबार वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएकाे छ ।

वीरगंजस्थित नगर सभागृहमा भएकाे प्रतियाेगितामा साउथजाेन मावि प्रथम, लिटल फलावर स्कुल दाेस्राे र मनाेकामना सकेण्डरी स्कुल तेस्राे भएकाे प्याब्सन पर्साका प्रवक्ता अशाेक संग्राैलाले जानकारी दिए । त्यसैगरी प्रतियाेगितामा मुनलाइट मावि चाैथाे, गाैतम मावि र जिवन ज्याेति मावि पांचाै स्थान हासिल गरेकाे प्रवक्ता संग्राैलाले वताए । 

प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए । प्रतियाेगिता उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मेयर सिंहले लाेप हुँदै गएकाे नेपालका लोक संस्कृतिहरुलाई संरक्षण गर्न प्रतियाेगिताले सहयाेग पुग्ने वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सिंहले यस्ताे कार्यक्रम प्याब्सनले कम्तिमा बर्षमा दुई पटक गर्नु पर्ने वताए । उनले यस्ताे कार्यक्रमकाे लागि आवश्यक सहयाेग वीरगंज महानगरकाे तर्फबाट आफु पनि गर्न तयार रहेकाे वताए ।  

प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान र वीरगंज महानगरका अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको प्रतियाेगितामा प्याब्सनका महासचिव आरबी कटुवाल, मधेश प्रदेश निति तथा याेजना आयाेगका सदस्य डा. हरिशंकर साह, वीरगंज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्ण, प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सराेज चाैधरी, उपाध्यक्ष शिव गुप्ता, सचिव राहुल श्रीवास्तव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

नेपालका लोक संस्कृतिहरुलाई संरक्षण र सम्वर्धन गर्न उद्देश्य आयाेजित प्रतियाेगितामा प्याब्सनमा आवद्ध २३ वटा विद्यालयहरुले भाग लिएका थिए । विद्यार्थीहरुलाई पनि नेपाली लोकसंस्कृतिको बारेमा जानकारी गराउने र उनीहरुको प्रतिभालाई पनि प्रस्फुटन गर्नका लागि प्रतियोगिता कोशेढुंगा सावित हुने प्याब्स पर्साका सदस्य सुदिल पटेलले वताए ।

प्रतियाेगितामा सहभागि विभिन्न स्कुलका छात्र/छात्राहरुले नेपाली समुदायका विभिन्न लाेक सांस्कृति झल्कने लाेक गितमा नृत्य प्रस्तुत गरेका थिए । प्रतियाेगिताकाे निर्णायक मण्डलमा नृत्य निर्देशक विजय स्याङताङ, सुरेश देशार र एनटीभि छमछमीकी विजेता सन्ध्या आचार्य रहेका थिए ।

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका यूवा नेता स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथि (श्रद्धाञ्जली सभा) बिहीबार एक कार्यक्रमगरी मनाइएको छ । परवानीपुर गाउँपालिका वडा नं ३ स्थित वडा कमिटीको आयोजनामा स्वर्गीय यादवको वार्षिक पूर्णिय तिथि मनाइएको हो ।

श्रद्धाञ्जली सभा कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय महासचिव तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गदीले श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय सन्तोष यादवको योगदानलाई पार्टीले कहिले पनि बिर्सिन नसकिने बताए । उनको अकाल मै स्वर्ग बासले पार्टीलाई ठूलो क्षति भएको बताए ।

पूर्व मुख्यमन्त्री गदिले यस दुःखको घडीमा उनको परिवारलाई पार्टीको तर्फबाट सक्दो आर्थिक सहयोग गरिने बताए ।

यसैगरी जनता समाजवादी पार्टी बारा क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष यूवा नेता सञ्जु साहले श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय सन्तोष यादव हामी सबैको ह्रिदयमा जीवित रहने बताए । उनले भनेू उनको स्वर्ग बासले आज उनको परिवारमा जुन आर्थिक र मानसिक समस्या भएको छ यसमा हामी सबैले उनको परिवारलाई उचित सहयोग गर्ने, उनको छोरा छोरीलाई निःशुल्क शिक्षा उपल्बध गराउने बाँकी सहयोग गरे मात्र उनको सही श्रद्धाञ्जली अर्पण हुने बताए ।

नेता साहले स्वर्गीय सन्तोष यादव आफ्नो नजिकको साथी रहेको र मधेश आन्दोलनमा उनको ठुलो भूमिका र योगदान रहेको स्मरण गरे । साथै उनले आफ्नो तर्फबाट पनि उनको परिवारको लागि गर्नु पर्ने सहयो गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा जसपा पार्टीका केन्द्रीय सदस्य रसना यादव, भरत बहादुर खड्का, रुपलाल चौधरी, पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव लगायतले आ (आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्वर्गीय सन्तोष यादवका धर्म पत्नी श्रदा यादव, पार्टीका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम परवानीपुर गाउँपालिका वडा नं ५ का निर्वाचित वडा अध्यक्ष रामेश्वर साह कलवारको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन आनन्द यादवले गरेका थिए ।

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

वीरगंज । पर्साकाे सदरमुकाम वीरगंजमा बिहिबार विभिन्न कार्यक्रमकाे आयाेजना गरि विश्व पोलियो दिवस मनाइएकाे छ । रोटरी क्लब अफ वीरगंज र रोटरी क्लब अफ वीरग‌ज मेट्रोपोलिसले संयुक्त रुपमा जनचेतनामूलक वाक रैली र मैनवती प्रज्वलन कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाएकाे हाे ।

बिहिबार विहान वीरगंज नारायणी अस्पतालबाट सुरु भएको जनचेतनामूलक वाक रैली अलखिया मठ, आदर्शनगर, महाविरस्थान, माइस्थान हुँदै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

रोट्री क्लब अफ वीरगंजका निर्मल खत्री र रोट्री क्लब अफ मेट्रोपोलिसका अध्यक्ष अनिल जयसवालको संयुक्त अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत देवीसहाय मीना, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, डा. नीरज सिंह, डा. उदयनारायण सिंह, डा. आनन्द झा, प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, वीरगंज युवा समाजका पूर्व अध्यक्ष कमल चाैलागाई लगायत सरकारी तथा गैरसरकारी सङ्घ-संस्थाका प्रतिनिधिहरू, विद्यालयका विद्यार्थीहरू, सुरक्षाकर्मीहरू र सञ्चारकर्मीहरूको व्यापक सहभागिता रहेको थियो ।

घण्टाघरमा आयोजित कोणसभालाई सम्बाेधन गर्दै मेयर सिंहले पोलियो उन्मूलनमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले खेलेको भूमिकाको प्रशंसा गरे । उनले स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग सदैव उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

काेण सभा सम्पन्न पछि कार्यक्रमका सहभागिहरु वीरगंजकाे लालबंगलामा पुगेर मानव साङ्लो पनि बनाएका थिए । ‘इण्ड पोलियो’ अर्थात् पोलियो उन्मूलन गरौँ भन्ने सन्देशसहित मानव साङ्लो प्रदर्शन गरिएको राेटरी क्लब वीरगंजका
मेट्रोपोलोसका अध्यक्ष अनिल जैसवालले वताए ।

नेपालमा पोलियो उन्मूलन भए पनि यसको पुनः सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जनचेतना जगाउन यस्तो कार्यक्रमको आयोजना गरिएको उनले वताए ।

यसैगरी विश्व पाेलियाे दिवस कै अवसरमा बिहिबार सांझ वीरगंजकाे घण्टाघरमा मैनवती प्रज्वलन कार्यक्रमको पनि सम्पन्न भएकाे राेटरी क्लब अफ वीरगंजका सचिव हरिओम साहले जानकारी दिए ।

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

वीरगंज । पर्सा प्रहरीले गाँजा खेती फँडानी तथा नष्ट गर्ने अभियान सुरु गरेको छ । जिल्लामा लुकीछिपी अवैध रुपमा भइरहेको गाँजा खेतीलाई नष्ट गर्ने अभियान प्रहरीले सुरु गरेकाे हाे ।  

 सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा बुधबार पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ थरकटी स्थितमा १ विघामा लगाइएकाे ७ हजार गाँजाकाे बाेट फडानी तथा नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली समेतबाट खटिएको २० जनाको संयुक्त प्रहरी टोलीले अवैधरूपमा लगाइएको गाँजाको बोट फडानी तथा नष्ट गरेकाे उनले वताए । साथै गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही गरिने पनि प्रवक्ता भारतीले वताए ।     

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

वीरगंज ।  निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको आयोजना हुने भएको छ ।

प्याब्सन पर्साले बुधबार वीरगंजकाे आदर्शनगर स्थित लिटिल एञ्जल स्कुलमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्तिक ९ गते शुक्रबार वीरगंजकाे नगर सभागृहमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएको हो ।

प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान र वीरगंज महानगरका अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले प्रतियोगिताको बारेमा जानकारी गराए ।

उनका अनुसार प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गर्ने कार्यक्रम रहेको छ । प्रतियाेगसता प्याब्सनमा आवद्ध २३ वटा विद्यालयहरुले भाग लिएका छन् । प्रतियोगिता आयोजनामा ३ लाख १५ हजार रुपैंया खर्च हुने अनुमान गरिएकाे छ ।

नेपालका लोक संस्कृतिहरुलाई संरक्षण र सम्वद्र्धन गर्दै विद्यार्थीहरुलाई पनि नेपाली लोकसंस्कृतिको बारेमा जानकारी गराउने र उनीहरुको प्रतिभालाई पनि प्रस्फुटन गर्नका लागि प्रतियोगिता कोशेढुंगा सावित हुने आयोजकले अपेक्षा गरेको छ ।

आधुनिक समाजमा पश्चिमा संस्कृतिप्रति युवाहरुको आकर्षण बढीरहेको र नेपाली लोकसंगीतप्रति युवाहरुको रुची घट्दै गईरहेको अवस्थामा यसलाई जोगाउनका लागि प्याब्सन पर्साले अन्तर विद्यालय नृत्य प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा प्याब्सन पर्साका बरिष्ठ उपाध्क्ष सरोज चौधरी, उपाध्यक्ष शिवजी गुप्ता, सचिव राहुल श्रीवास्तव, कोषाध्यक्ष रामकिशोर यादव, महानगर सचिव सुरज पटेल लगायतको उपस्थिति रहेको थियो ।

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

वीरगंज । नेकपा माओवादी केन्द्र पाेखरिया नगर कमिटीले विभिन्न माग सहित बुधबार पाेखरिया नगरपालिकामा ज्ञापन पत्र बुझाएकाे छ । २१ बुन्दे माग सहित नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान र प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई ज्ञापन पत्र बुझाएको माओवादी केन्द्र पोखरियाका नगर कमिटीका अध्यक्ष पानालाल प्रसाद कुर्मीले जानकारी दिए ।

आर्थिक बर्ष २०८१/०८२ मा वृद्धि गरिएको मालपोत (भुमीकर) संसोधन गर्न, सिफारिस शुल्क सहज सुलभ र अन्य शिर्षकमा गरिएको कर बुदी आर्थिक मन्दिको मारमा परेका जनताको अवस्थालाई मध्य नजर गरि खारेज गर्न, पोखरिया अस्पताल तथा स्वास्थ्य चौकीहरु मा नेपाल सरकारबाट पाउनु पर्ने निशुल्क औषधीहरुको व्यवस्थापन गर्न, पोखरिया अस्पतालमा जनतालाई पाउनु पर्ने नेपाल सरकारबाट सुबिधाहरु सहज रुपमा उपलब्ध गराउन माग गरिएकाे उनले वताए ।

यसैगरी ज्ञापन पत्र मार्फत पर्सा जिल्लाको श्री जिल्ला उच्चांगल रामदेव कलवार मा.वि. मा स्नातक तहको अध्यन अध्यापनको लागी सुचारु गर्नलाई पहल गर्न र पोखरिया नगरपालिकामा रहेका विद्यालयहरुमा आवश्यक विषयगत शिक्षकहरुको व्यवस्थान गर्न लगायतकाे समेत माग गरिएकाे छ ।

माओवादी केन्द्र पाेखरिया नगर अध्यक्ष कुर्मीकाे नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएकाे टाेलीमा नगर उपाध्यक्ष हरेन्द्र महताे चाई, नगर सचिव लक्ष्मीनारायण ठाकुर, कोषाध्यक्ष सोवालाल ठाकुर, सदस्य धन्सुनर कुर्मी, देबेन्द्र साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

काठमाडौँ । सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच यसबारे छलफल र अन्तरक्रिया भएको जनाइएको छ । ‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफल भएको हो’ छलफलपछि विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता प्रदान गरी बजार अनुगमन टोली परिचालन गरिएको समेत विज्ञप्तिमा जनाइएको छ ।

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे वडा नं. ५ मा रहेकाे श्री अजिज मियाँ माद्यमिक विद्यालयका विद्यार्थीहरु मंगलबार गाउँपालिका कार्यालयमा प्रदर्शन गरेका छन् ।

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आइतबार गाउँपालिकाकाे कार्यालय घेराउ गर्नु साथै प्रदर्शन समेत गरेका हुन् । तलब नपाएका शिक्षकहरु आइतबार हाजरी गरेर गाउँपालिका कार्यालयमा गएपछि विद्यार्थीहरु पनि गाउँपालिका मै पुगेका थिए ।

गाउँपालिका कार्यालय पुगेका विद्यार्थीहरु गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत विराेध चर्काे नाराबाजी समेत गरेका थिए । आक्राेशित विद्यार्थीहरु गाउँपालिकाका केही कुर्सी समेत ताेडफाेड गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामका अनुसार प्लस २ का १२ जना शिक्षक र उच्च माद्यमिक अनुदानका एक जना, शिक्षण सिकाई अनुदान माविका २ जना, निमाविका १ जना, निजि स्राेतका ५ जना शिक्षकले तलब पाएका छैनन् ।

प्लस २ का शिक्षकहरु गत आर्थिक बर्ष कै फागुन महिनादेखि र बाकी शिक्षकहरु चालु आर्थिक बर्षकाे साउनदेखि तलब नपाएका हुन् । तलबकाे माग गर्दै विद्यालय प्रशासन र शिक्षकहरुले बारम्बार गाउँपालिकालाई जानकारी गराउँदा पनि उपलब्ध नभएपछि बाध्य भएर आइतबारदेखि पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित भएका हुन् । 

गाउँपालिका कार्यालय पुगेका तलब नपाएका शिक्षकहरु शिक्षा शाखा प्रमुख वृजकिशाेर त्रिपाठीलाई तलबकाे माग गर्दै ज्ञापन पत्र समेत बुझाएका थिए । तलब नपाए सम्म आफुहरु पठनपाठन नगराउने ज्ञापन पत्र मार्फत नै जानकारी समेत गराएका छन् । जस कारण बुधबार पनि कक्षा ६ देखि १२ सम्म पठन पाठन प्रभावित हुने भएकाे छ । 

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) पर्साका जिल्ला कार्यकारिणी सदस्य, विन्दवासिनी गाउँपालिका अध्यक्ष, र जगरनाथपुर गाउँपालिकाका इन्चार्ज रमेश साह तेलीले मंगलबार पार्टी परित्याग गर्दै अशोक राईको नेतृत्वमा रहेका जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

तेलीले मङ्गलवार काठमाडौँमा नेपाल सरकारका खानेपानी मन्त्री तथा जसपाका उपमहासचिव प्रदीप यादव र पार्टी उपाध्यक्ष रणध्वज कन्दङ्वाको हाथबाट पार्टी सदस्यता ग्रहण गर्दै पार्टी प्रवेश गरेका हुन् ।

मन्त्री यादवले तेलीको आगमनलाई महत्त्वपूर्ण राजनीतिक परिवर्तनको संज्ञा दिँदै अबको राजनीतिक आवश्यकता वास्तविक सङ्घर्ष र मधेसको समर्पित नेतृत्व रहेको बताउँदै भने, “जुन जसपाले मात्र प्रदान गर्न सक्छ । रमेशजीको आगमनले हाम्रो पार्टीलाई थप सबल बनाउनेछ, ।” 

उनले जसपा नेपालले पद र सत्ताका लागि बारम्बार सम्झौता गर्दै मधेसी जनताको भावनासँग खेलबाड गरेको आरोप पनि लगाए । “जसपाले भने सधैँ इमानदार सङ्घर्ष गर्छ, र अबको सही राजनीतिक विकल्प यही हो । समृद्ध मधेस र सशक्त राष्ट्र निर्माणका लागि सबैलाई ढिला नगरी जसपामा सामेल हुन आग्रह गर्दछु । परिवर्तन र पहिचानको यात्रा यहीँबाट सुरु हुन्छ,” उनले थपे ।

त्यसै गरी, जसपा प्रवेश गरेका रमेश साह तेलीले मधेस र जनताको हितको संरक्षण गर्ने जिम्मेवारीबाट जसपा नेपाल चुकेको कारण आफूले जसपा प्रवेश गरेको बताए । तेलीले जसपा नेपालमा आबद्ध रहेका अन्य नेताहरूलाई सही समयमै निर्णय लिन आग्रह गर्दै भने, “अब सबैले जसपामा सामेल भई सही मार्गमा अघि बढ्नुपर्छ । म सधैँ जनताको सेवामा सक्रिय रहँदै विकास र समृद्धिका लागि काम गर्न प्रतिबद्ध छु ।”

जसपाका उपाध्यक्ष रणध्वज कन्दङ्वाले तेलीजस्तो समर्पित नेताको साथले जसपा थप मजबुत हुने विश्वास व्यक्त गरे । त्यस्तै पार्टीका नेता तबरेज अहमदले रमेश साह तेलीको आगमनलाई ऐतिहासिक निर्णयको रूपमा व्याख्या गर्दै जसपाले मात्र मुलुकको स्थायी परिवर्तन र मधेसको समृद्धिको ग्यारेन्टी गर्न सक्षम रहेको दाबी गरे ।

रमेश साह तेलीको जसपामा प्रवेशलाई पर्साको राजनीति र जसपाको अभियानमा नयाँ ऊर्जा थप्ने घटनाका रूपमा हेरिएको छ । जसपाले आगामी दिनहरूमा मधेसको अधिकार र पहिचानका लागि आफ्नो अभियानलाई अझ सशक्त बनाउन योजना बनाएको छ ।