Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

जगरनाथपुरमा २२औं राष्ट्रिय धान दिवस उत्साहपूर्वक सम्पन्न, किसान सम्मान र प्रतीकात्मक रोपाइँ

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले २२औं राष्ट्रिय धान दिवस विशेष उत्साहका साथ मनाएको छ । गाउँपालिकाको वडा नं. ४ स्थित सुहपुर सोहरिमा आयोजना गरिएको विशेष कार्यक्रममार्फत यो दिवस भव्य रूपमा सम्पन्न गरिएको हो ।

गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, उपाध्यक्ष बबिता सिंह क्षेत्री, वडा नं. ४ का अध्यक्ष नेपाली प्रसाद कुशवाहा, कृषि अधिकृत दयानन्द चौहान, वडा सदस्यहरू, पालिकाका कर्मचारी, स्थानीय किसान तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

अध्यक्ष यादवले कार्यक्रममा बोल्दै धानलाई नेपाली जनजीवनको अभिन्न हिस्सा तथा देशको संस्कृति र समृद्धिको मूल आधारको रूपमा व्याख्या गरे। उनले कृषिमा आत्मनिर्भरता हासिल गर्नका लागि गाउँपालिकाले किसानहरूसँग सहकार्य गर्दै आएको जानकारी दिँदै, आगामी दिनहरूमा तालिम, प्रविधि र अनुदान कार्यक्रमहरू अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा उत्कृष्ट किसानहरूको सम्मान गरिएको थियो भने, धान उत्पादन प्रवर्द्धन र आधुनिक कृषि प्रविधिको प्रयोगबारे छलफलहरू पनि गरियो । प्रतीकात्मक धान रोपाइँ कार्यक्रमले कार्यक्रममा रमाइलोपन थपेको थियो ।

स्थानीय जनसमुदायको सक्रिय सहभागिताले कृषिको महत्वप्रति जनचेतना फैलाउने मात्र नभई, यसले उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकको रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...