Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

ब्रिटानियाद्वारा विद्यालयमा कक्षा कोठा र नयाँ शौचालय निर्माण

spot_img
spot_img

वीरगंज । ब्रिटानिया नेपाल प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयाेग गरेकाे छ । ब्रिटानियाले  बाराको कलैया–१८, मोतिसरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्लेइङ ग्रुप कक्षा कोठाको नवीकरण तथा नयाँ शौचालय निर्माण गरेकाे हाे ।

करिब ८ लाख रुपैयाँ लागतमा सम्पन्न भएको यो संरचना एक औपचारिक समारोहबीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको ब्रिटानियाले जनाएकाे छ । उक्त सहयोगी कार्य फ्याक्ट्री म्यानेजर सन्दीप बंसल र मानव संसाधन म्यानेजर बिनोद शाहको नेतृत्वमा तथा समन्वयकर्ता सञ्जय शाहको सक्रियतामा सम्पन्न भएको हो ।

ब्रिटानिया नेपालले यसअघि पनि विभिन्न सामाजिक कार्यहरूमा योगदान दिँदै आएको छ। संस्थाले भविष्यमा पनि शिक्षा, स्वास्थ्य र स्वच्छताजस्ता क्षेत्रमा निरन्तर सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...