Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Home Blog Page 284

वीरगंज महानगरलाई सरसफाई सम्झौता कार्यान्वयन गर्ने बाटो खुल्यो

वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाईका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत गरेको सम्झौता कार्यान्वयनको बाटो खुलेको छ ।

सम्झौता विरुद्ध उच्च अदालत वीरगंजमा परेको रिटमा सोमबार न्यायाधीशद्वय निर्मला शाक्य र भरत लम्सालको संयुक्त इजलासले अन्तरिम आदेश (स्टे अर्डर) जारी नहुने फैसला गरेसँगै सम्झौता कार्यान्वयनको बाटो खुलेको हो ।

वीरगंज महानगरपालिकाले एन.के.इन्टरनेशनल कन्ट्रक्शन प्रा.ली.संग सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तरगत वीरगंजको ३२ वटै वडा सफाईका लागि सम्झौता गरेको थियो । सम्झौता कार्यान्वयन नगर्न माग गर्दै रामचन्द्र प्रसाद कानुसहितले गएको असोज १५ गते उच्च अदालत वीरगंजमा रिट दायर गरेका थिए ।

रिट दायर गरेको भोलीपल्ट सम्झौता अहिले कार्यान्वयन नगर्नु भन्दै अदालतका न्यायाधीशको एकल इजलासबाट अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

अल्पकालीन अन्तरिम आदेशसमेत खारेज गर्दै अन्तरिम आदेश जारी गर्न नपर्ने संयुक्त इजलाशबाट आदेश भएसँगै महानगरलाई सरसफाई व्यवस्थापनका लागि गरिएको सम्झौता कार्यान्वयनमा सहजता भएको नि.प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले जानकारी दिए ।

सोमबार भएको बहसमा महानगरको तर्फबाट अधिवक्ता विरेन्द्र प्रसाद यादव, प्रमोद प्रसाद साह, कमलमोहन पोखरेल र इश्वर बराल तथा एन.के.इन्टरनेशनलको तर्फबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाईले बहस गरेका थिए । निवेदकको तर्फबाट भने वरिष्ठ अधिवक्ता दिपकराज भण्डारी, नेपाल वार एशोसिएसनका उपाध्यक्ष सुधिर कर्ण र अधिवक्ता नेजामुद्धिन राउत गद्दीले बहस गरेका थिए ।

सर्लाही प्रहरीको सक्रियता : ४ घण्टा नवित्दै भारतमा बन्धक बनाइएका नेपाली युवकको उद्दार

मलंगवा । सिमावर्ती भारतीय सहरमा बन्धक बनाएर राखिएका सर्लाहीका १८ वर्षीय युवकलाई सर्लाही प्रहरीले ४ घण्टा नवित्दै सकुशल उद्दार गर्न सफल भएको छ । सर्लाही प्रहरीले भारतीय प्रहरीको समन्वयमा ति युवकलाई बन्धक बनाएर राखिएको स्थान भारत स्थितबाट सकुशल उद्दार गर्न सफल भएको हो ।

सर्लाहीको बागमती नगरपालिका वडा नं. १० बस्ने शेख उजैरको अन्दाजी १८ वर्षीय छोरा शेख जैयस भारत तर्फ घुम्न गएको अवस्थामा कात्तिक ७ गते भारतको बिहार राज्य, जिल्ला सितामढी, सोनबर्षा थाना हनुमान मन्दिरबाट दुई जना अपरिचित व्यक्तिले केही कुरा बुझ्नु पर्नेछ भनेर मोटरसाइकलमा बसाई लगेर बन्धक बनाएका थिए ।

नेपाली युवकलाई भारतमा बन्धक बनाएको सूचना प्राप्त साथ जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक सुभाष यादवको नेतृत्वमा खटिएको प्रहरी टाेलीले भारतीय सुरक्षाकर्मी सितामढी र सोनबर्षा प्रहरीसँग समनवय गरि शेख जैयसलाई भारत विहार राज्य सितामढी, सोनबर्षा थाना बसतपुरस्थित भारतीय नागरिक मनिष कुमार रायको घरबाट सकुशल उद्दार गरेको हो ।

जैयसलाई दुईजना अपरिचित व्यक्तिले सोधपुछको बहानामा भारतमै लगी बन्धक बनाएको र जैयसकै मोबाइलबाट नेपाल स्थित आफन्तलाई फोन गरि फिरौती वापत १२ लाख भारतीय रुपैयाँ मागे पश्चात आफन्तले तत्काल सर्लाही प्रहरीलाई खबर गरेको थियो ।

नेपाल र भारत दुबै देशका सुरक्षाकर्मीहरुको पहलमा जैयसको सकुशल उद्दार भएको छ भने बन्धक बनाउने मनिष कुमार रायलाई सोनबर्षा थानामा मुद्दा दर्ता भई भारतीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

मुख्यमन्त्रि सिंहद्वारा पाेखरिया अस्पतालकाे अनुगमन

पोखरिया । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालकाे आइतबार मदेश प्रदेशको मुख्यमन्त्रि सतिश कुमार सिंहले अनुगमन गरेका छन् । पर्साको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरियामा रहेको प्रादेशिक अस्पतालको मुख्यमन्त्री सिंहले अनुगमन गरेका हुन । 

मुख्यमन्त्री सिंहले पोखरिया अस्पतालको ओपिडि, इमर्जेन्सी, प्याथलोजी ल्याब नमुना सँकलन कक्ष, एक्सरे कक्ष, भिडीयो एक्सरे कक्ष, प्रसुती सेवा कक्ष, अस्पताल फारमेसी, ओटी कक्ष अनुगमन गर्नुकाे साथै सरसफाइकाे अवस्था तथा बिरामीको बेड बेडमा पुगी बिरामीहरु सित बिरामीको अवस्था तथा सेवा सुबिधाको बारेमा जानकारी लिएका थिए ।

पोखरिया अस्पतालको हालको अवस्थाको सन्दर्भमा अस्पतालका मेसु डा अनिल यादवले मुख्यमन्त्री सिंहलाई जानकारी गराउँदै अस्पतालकाे बिभिन्न विषयकाे बारेमा समेटीएका फाईल समेत बुझाएका थिए । मुख्यमन्त्री सिंहले पोखरिया अस्पतालको अवस्थाको बारेमा अनुगमन गरेपछि साेमबार हुने प्रदेश मन्त्री परिषदको बैठकबाट केही निर्णहरु गर्ने वताए ।

साे अवसरमा पोखरिया नगरपालीकाकी उप प्रमुख रुवी कुमारी ठाकुर, वडाध्यक्ष लक्ष्मण साह कानु, केदार महतो चाई, प्रमोद गिरी, महेन्द्र महतो चाई, पोखरिया अस्पताल बिकास समितीका पूर्व अध्यक्ष उमेश प्रसाद चौहान, जनमत पार्टी पर्साका संयाेजक ओम प्रकास सराफ, राष्ट्रिय मुक्ति क्रान्ती पार्टी नेपालको केन्द्रीय सदस्य नेजामोदीन समानी, एमाले नगर कमीटी अध्यक्ष बिन्धाचल ठाकुर, सचिव सन्तोष गिरी, रेडक्रस सोसाईटी पोखरिया उपशाखाका अध्यक्ष भगवान प्रसाद कुर्मी, सुमित प्रसाद गोड, कौशल कुमार गोड, पोखरिया नगरपालीकाको निमित प्रमुख प्रसासकीय अधीकृत अजय कुमार श्रीवास्तव लगायतकाहरुको उपस्थिति रहेकाे थियाे ।

जनमत पार्टी पर्सा क्षेत्र नं. ४ काे कार्यालय उद्घाटन तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न

वीरगंज । जनमत पार्टी पर्सा क्षेत्र नम्बर ४ काे क्षेत्रिय कार्यालय उदघाटन, शुभकामना आदानप्रदान एवं बृहत पार्टी प्रवेश कार्यक्रममा आइतबार सम्पन्न भएकाे छ ।

पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा भएकाे कार्यक्रममा विभिन्न दल परित्याग गरि ६ सय भन्दा बढी नेताकार्यकर्ताले जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए । नवप्रबेशी सबै जनालाई कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले टीका लगाएर पार्टीमा स्वागत गरे । 

जनमत पार्टी पर्साकाे आयाेजनामा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताए ।

उनले भने “मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो नेतृत्वको सरकारले अहिले अगाडि बढाएको छ । संघीयताको वास्तविक अनुभूती अब मधेसका जनताले गर्न पाउँछन् । अबको ६ महिनाभित्रमा मधेस सरकारले यहाँका जनतालाई संघीयताको अनुभूती गराउँछ ।’

विगतको सरकारको जस्तो मधेस प्रदेश सरकारका योजनाको लाभ सत्ताधारी दलका कार्यकर्ताले नभई अब त्यसको लाभ सिधै जनताले पाउने उनले बताए । उनले भने,‘ कार्यकर्ता पोस्ने काम यो सरकारले गर्दैन । हरेक योजना जनताको आवश्यकता र चाहना अनुसार वितरण हुन्छ ।’

मधेस सरकारले वीरगंजमा आइटी पार्क, माटो पार्क निर्माण लगायतका महत्वकांक्षी योजनाहरु चालु आर्थिक वर्षको बजेटमा समावेश गरिसकेको जानकारी गराउँदै मुख्य मन्त्री सिंहले त्यसका लागि जग्गा खोजीको काम भइरहेको बताए ।

कार्यक्रम संयोजक बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु हरिहर साह कानु, सिमा गुप्ता, श्याम गुप्ता, जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, नेतृ रम्भा मिश्रा, नेता सुनिल मुखिया, नजमा खातुन, बिनय यादव, चन्दन चौहान, अमरनाथ राठौर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

ओम नेशनल एकेडमीका कक्षा ११ का विद्यार्थीहरुकाे स्वागत कार्यक्रम सम्पन्न

वीरगंज । संघिय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले शिक्षा नै देश विकासको समग्र आधार भएको वताएका छन् । वीरगंजस्थित ओम नेशनल एकेडमी प्लस २ साइन्स कलेजका कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले शिक्षाले नै समृद्धि ल्याउन निर्णायक भूमिका खेल्ने कुरामा जोड दिए । ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री यादवले आजकाे विद्यार्थीहरु नै भोलिकाे भविष्य भएकाे वताए । उनले भने “आजकाे विद्यार्थीहरु मध्ये नै भाेली डाक्टर, इन्जिनिय, सांसद, मन्त्री बन्नु हुन्छ । त्यही भएर आफ्नै देशमा अवसर खोज्न पर्छ ।”

मन्त्री यादवले ओम नेशनल कलेजले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै कलेजले शिक्षाको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने अभियानमा विद्यालयको भूमिकाले महत्त्वपूर्ण रहेकाे वताए ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वैभव वीरगंज बनाउने अभियानमा आफु लागि परेकाे वताए । उनले आफू पनि वद्यार्थीहरु जस्तै सिक्ने क्रममा रहेकाे वताउँदै वैभव वीरगंज बनाउन सबैको साथ सहयाेग आवश्यक रहेको बताए । युवाहरूलाई “ऊर्जाको स्रोत” भन्दै उनले वीरगंजका युवाहरूलाई हरेक क्षेत्रमा अगाडि बढेको हेर्न चाहेको बताए ।

“महानगरका सबै गल्लीहरू सफा र व्यवस्थित देख्न मेरो ठूलो इच्छा छ,” मेयर सिंहले भने यो अभियानमा विद्यार्थीहरूको सहयोग अनिवार्य रहेको छ ।” उनले एक्लैले मात्र वीरगंज सरसफाई अभियान सम्भव नहुने हुँदा, प्रत्येक व्यक्तिले आफ्नो व्यवहारमा सुधार ल्याउनु आवश्यक रहेकाे वताए ।

कलेजका निर्देशक शोभा यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, कलेजका निर्देशक एवम् प्रिन्सपल हरिश्याम ठाकुर, कलेजका निर्देशक एवम् भाइस प्रिन्सपल नगिना प्रसाद कानु, मानव सेवा आश्रमका दिवेश गुप्ता, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनाेज पटेल लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे संचालन कलेजका प्राध्यापक श्याम बिकेश महताेले गरेका थिए भने कलेजका बारेमा जानकारी र स्वागत मन्तव्य कलेजका संयाेजक एमडी अमितले गरेका थिए । 

लिटल बडी प्रिस्कुलमा अभिभावक रंगाेली प्रतियाेगिता सम्पन्न

वीरगंज । वीरगंजकाे पानीटंकीमा रहेकाे लिटल बडी प्रिस्कुलमा शनिबार अभिभावक रंगाेली प्रतियाेगिता सम्पन्न भएकाे छ । शुभ दिपावली तथा छठ पर्वकाे अवसरमा भएकाे लिटल बडी प्रिस्कुलले आयाेजना गरेकाे प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

स्कुलका प्रिन्सपल तथा संचालक बिजय कुमार वालकाे अध्यक्षतामा भएकाे प्रतियाेगितामा पांच समुहमा अभिभावकहरु भाग लिएका थिए । जुन प्रतियाेगितामा ग्रुप ई समुह प्रथम, ग्रुप ए दाेस्राे र ग्रुप सि तेस्राे भएकाे स्कुलका प्रेस संयाेजक दिपु बर्णवालले जानकारी दिए ।

प्रतियाेगितामा प्रथम हुने ई समुहका अभिभावकका बालबालिकाहरुलाई एक महिना मासिक शुल्क पचार प्रतिशत, दाेस्राे हुने एका अभिभावकका बालबालिकाहरुलाई एक महिनाकाे मासिक शुल्कमा ३० प्रतिशत र तेस्राे हुने सि समुहका अभिभावकका बालबालिकाहरुलाई एक महिनाकाे मासिक शुल्कमा २० प्रतिशत छुट प्रदान गरिने संयाेजक बर्णवालले वताए ।

प्रतियाेगिताकाे निर्णायक मण्डलमा चिल्ड्रेन ग्राडेल स्कुलकी प्रिन्सपल राेशनी श्रीवास्तव रहेकी थिइन । साे प्रतियाेगितामा प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव, नविन कार्की लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कृयाशिल यूवा पत्रकार मञ्चकाे कार्यक्रममा ५२ जनाद्वारा रक्तदान

0

वीरगंज । कृयाशिल यूवा पत्रकार मञ्च नेपाल पर्साकाे आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजकाे घण्टाघरस्थित सम्पन्न कार्यक्रममा ६ महिला सहित ५२ जनाले रक्तदान गरेका हुन् ।

मञ्चका अध्यक्ष प्रणय कुमार साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष आनन्द पटेल, कोषाध्यक्ष उपेन्द्र कुमार बरै, सदस्यहरुमा कन्हिया कुमार बर्णवाल, राजेश दास लगायतकाले रक्तदान गरेकाे आयाेजक संस्थाले जनाएकाे छ ।  

कार्यक्रममा वाेल्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बन्जाराले रक्तसंचार केन्द्रमा रगतको अभाव देखेर यस संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रम निकै सराहनिय रहेको बताए । उनले पत्रकारितासगैं समाजिक कार्यमा पनि यो संस्थाले आवद्ध भएर अगाडी बढिरहेको देखेर आफुलाई खुशी लागेको बताए ।

सो अवसरमा पहिलो पटक रक्तदान गरेर आफु साह्रै खुशी लागेको रक्तदाता सोनी दासले बताईन । उनले समाजिक कार्यमा पुरुषसंगै महिलाहरुलाई पनि लाग्न आवश्यक रहेको बताइन ।

रक्तदान कार्यक्रममा उधोग बाणिज्य संघ वीरगंजका अध्यक्ष अनिल अग्रवाल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युराज खडका, जनमत पार्टी पर्साका संयोजक ओप्रकाश सरार्फ, समाजसेवी नन्दकिशोर गोयल, प्रकाश थारु, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक निरोज चौलागाई, श्रीपुरका प्रमुख प्र्रहरी निरिक्षक श्याम कुमार बस्नेत, संस्थाका महासचिव बिरेन्द्र साह, सदस्यहरु ओमप्रकाश सरार्फ, मुकेश कुमार यादव, दिपेश ठाकुर, उपेन्द्र पटेल, सुनिल ओझा लगायतको उपस्थिती रहेकाे थियाे । 

जसपा नेपालका पाँच निर्वाचित वडा सदस्यले गरे जसपा प्रवेश

वीरगंज । पर्सा जिल्लामा जनता समाजवादी पार्टी नेपालको (जसपा नेपाल) नेतृत्वसँग असन्तुष्ट पाँच जना वडा सदस्यहरूले शनिबार औपचारिक रूपमा जनता समाजवादी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।

पर्सागढी नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित राजकुमार गुरुङ, रुस्तम हवारी, लाल साह देवी र तेतरी देवीले जसपा नेपाल परित्याग गर्दै जसपामा प्रवेश गरेका हुन् । यस्तै, वीरगंज महानगरपालिका वडा नम्बर ११ का वडा सदस्य जगन महतोले पनि पार्टी परित्याग गर्दै जसपामा सामेल भएका छन् ।

नवप्रवेशी जनप्रतिनिधिहरूले जसपा नेपालको नेतृत्वले बारम्बार जनआकाङ्क्षाको धोका गरेको, सत्ता स्वार्थका लागि अनैतिक सम्झौता गरेको र सङ्गठनलाई कमजोर बनाएको टिप्पणी गर्दै पार्टी परित्याग गरेको बताएका छन् ।

खानेपानी मन्त्री प्रदीप यादवले नवप्रवेशी वडा सदस्यहरूलाई स्वागत गर्दै पार्टीको निरन्तर विस्तार र बलियो सङ्गठन निर्माणप्रति प्रतिबद्धता व्यक्त गरे । उनले भने, “जसपा नेपालको नेतृत्वबाट निराश भएका नेताहरू र जनप्रतिनिधिहरू जसपामा प्रवेश गर्नु भइरहेको छ । यो केवल सुरुवात हो । पर्सा जिल्लाका अन्य नेताहरू र पदाधिकारीहरू पनि चाँडै नै हाम्रो पार्टीमा सामेल हुनुहुन्छ ।”

जसपाको उपमहासचिव समेत रहेका मन्त्री यादवले जसपा नै अबको राजनीतिक शक्ति केन्द्र भएको दाबी गर्दै भने, “देशलाई सही नेतृत्व दिन र जनताको हकहितका मुद्दामा इमानदार रूपमा काम गर्न चाहने सबैलाई म जसपामा प्रवेश गर्न आह्वान गर्दछु ।”

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री यादवले जसपा नेपालका नेताहरूले सत्ता स्वार्थका लागि पटक-पटक सम्झौता गरेको र जनताको विश्वास गुमाएको आरोप पनि लगाए । “सत्ताको लागि नेतृत्वले अनैतिक सम्झौता गर्ने र आफ्ना सदस्यहरूको चासो बेवास्ता गर्ने प्रवृत्तिले नै हामीले नयाँ पार्टीको आवश्यकता महसुस गर्दै जसपा गठन गर्‍यौँ । अब जसपा नेपालका सबै इमानदार नेता तथा कार्यकर्ताहरूलाई हाम्रो साथमा आउन आह्वान गर्छु,” उनले भने ।

नवप्रवेशी सदस्यहरूलाई जिम्मेवारीका साथ अगाडि बढ्न प्रेरित गर्दै उनले भने, “अब हामी सबै मिलेर पार्टीको सिद्धान्त र उद्देश्यअनुरूप जनताको जीवनस्तर सुधार्न र देशको समृद्धिको यात्रा अगाडि बढाउन प्रतिबद्ध छौँ । यो बृहत् विस्तार हाम्रो सामूहिक प्रयास र जनताको चाहनाप्रति थप जिम्मेवारीको सङ्केत हो ।”

जनता समाजवादी नेपालको यस अभियानले पर्सा जिल्लामा पार्टीको जनधार विस्तारमा ठूलो टेवा पुर्‍याउने विश्वास लिइएको छ । नवप्रवेशी वडा सदस्यहरूको सामूहिक सहभागिताले पार्टीभित्र सकारात्मक ऊर्जा भरेको भन्दै यादवले जसपाको भविष्य उज्ज्वल रहेको उल्लेख गरे ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष एवम् बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली, मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी लगायतको पनि सहभागिता रहेको थियो ।

मन्त्री यादवद्वारा रेडियो सिमाञ्चलकाे उद्घाटन, रेडियाे अवाज विहिनकाे अवाज बनाेस् दिए शुभकामना

वीरगंज । नेपाल पाेष्ट मिडिया प्रालिद्वारा संचालित रेडियो सिमाञ्चलकाे शनिबार उद्घाटन भएकाे छ । वीरगंजकाे भारतिय राजदुवास नजिक संचालनमा आएकाे रेडियाेकाे एक कार्यक्रमकाे बिच नेपाल सरकारकाे खानेपानी मन्त्री प्रदिप यादवले उद्घाटन गरेका हुन् ।

रेडीयाे उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्री यादवले रेडियाे सिमाञ्चल आवाज विहिनको आवज बनोस् भन्दै शुभकामना दिए । उनले रेडियोको संख्या बढेसंगै चुनौती समेत बढेको वताए । उनले रेडियोमा जनशक्ति लगायतकाे समस्या देखिएकाे वताए ।

रेडियोको प्रभावकारिता अझै पनि कायमै रहेको वताउँदै मन्त्री यादवले रेडियोलाई बचाउन र जोगाउन जरुरी रहेको वताए  । उनले रेडियोकाे नेपालकाे भाषा, संस्कृत र विभिन्न आन्दोलनमा योगदान रहेको वातए । उनले मधेश आन्दोलनमा पनि रेडियोको भुमिका महत्वपूर्ण रहेको वताए ।

प्रेस स्वतन्त्रतामाथि सरकारकाे हस्तक्षेप बढेकाे कार्यक्रममा उठेकाे सवाल माथि बाेल्दै मन्त्री यादवले प्रेस स्वतन्त्रता सधै कायम रहने वताए । उनले भने “संविधानकाे अक्षरस पालना हुन्छ, संविधान माथि सरकार कहिले जादैन । संविधानमा प्रेस स्वतन्त्रता उल्लेख रहेकोले सरकारबाट कहिले प्रेसमाथि हस्तक्षेप हुँदैन प्रेस स्वतन्त्रता कायम रहन्छ ।’

मन्त्री यादवले वर्षौपहिले बनेर सञ्चालनमै नआई अलपत्र अवस्थामा रहेका मधेस प्रदेशका २ सय ८० वटा ओभर हेड ट्यांक सञ्चालनमा ल्याउनका लागि काम थालिसकेको बताए । ती ओभर हेड ट्यांक सञ्चालनमा ल्याउनका लागि मन्त्रीस्तरीय निर्णय गरेर आवश्यक बजेटको स्टिमेट तयार पारिसकेको उनले बताए ।

कार्यक्रमका बिशिष्ट अतिथी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गलत समाचार सम्प्रेषण गरेर जनतामा भ्रम फैलाउने काम नगर्न पत्रकारहरुसंग आग्रह गरे । उनले नेता र जनप्रतिनिधिलाई सुझाव दिने पत्रकारले ती सुझाव आँफुमापनि लागू गर्नुपर्नेमा जाेड दिए ।

पत्रकारिता गर्नेले सकरात्मक साेच राख्न जरुरी रहेकाे भन्दै मेयर सिंहले भने,`जसरी पत्रकार र पत्रकारिता अहिले समस्यमा छन् , वीरगंज महानगर चलाउनपनि त्यस्तै समस्या भइरहेको छ । याे कुरा पत्रकारलेपनि बुझिदन आग्रह गर्छु।´

पत्रकार समाजले भाेगिरहेकाे पिडाकाे आवाज बन्नुपर्ने भन्दै उनले भने,`मलाई विगतमा दुख परेका बेला साथदिनेहरु अहिले मेराे पहिलाे प्राथमिकता रहन्छन् ।´आँफु कानुनी राज्य मान्ने व्याक्ति भएकाे भन्दै उनले भने,`यदि गलत गरेकै रहेछु भने सजाय भाेग्न तयार छु।´

नेपाल पोष्ट मिडिया प्रालिका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहान, मधेस प्रदेश महासचिव श्याम बन्जारा, पर्सा जिल्ला उपाध्यक्ष युवराज खड्का, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य डा.सुबोध गुप्ता, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, रेडियो वीरगंज, टिभि वीरगंज र मधेश दृष्टिका अध्यक्ष ध्रुब साह, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव वृजलाल पासवान, पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकाेटे मगर, पर्सा जिल्ला अध्यक्ष दिपक गाैतम, प्रेस युनियन पर्साका अध्यक्ष विजय चाैहान, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, पेब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सराेज चाैधरी लगायतकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक सन्तोष साहले स्वागत मन्तव्य व्यक्त गरेकाे कार्यक्रमकाे संचालन नेपाल पाेष्ट डेलीका सम्पादक अशाेक संग्राैलाले गरेका थिए ।

उपेन्द्र यादवको अधिनायकवादले पार्टी विभाजन अनिवार्य बनायो : प्रदिप यादव

वीरगंज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी नेपाल (जसपा  नेपाल)  का अध्यक्ष उपेन्द्र यादव नेतृत्वको अधिनायकवादी सोच र सम्झौता गर्ने प्रवृत्तिको कारण जनता समाजवादी पार्टी (जसपा) गठन गरिएको बताउनु भएको छ ।

शुक्रवार वीरगञ्जमा आयोजित जनता समाजवादी पार्टी (जसपा) निकट सङ्घीय शिक्षक फोरमको पर्सा जिल्ला कार्यसमिति र वीरगञ्ज महानगर कमिटी घोषणा कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुँदै मन्त्री यादवले जसपा नेपालको नेतृत्वले अधिनायकवादलाई प्रश्रय दिएर, धोका दिने बानी बसालेर पार्टीको मूल उद्देश्यलाई कमजोर बनाएको कारण जसपाको स्थापना गरिएको बताउनुभएको हो ।

उहाँले भन्नभयो, “जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताको लोभमा मधेससँग दर्जनौँ पटक धोका गरे । पार्टीमाथि तानासाह जस्तो एकलौटी शासन गरे । असह्य भएर हामीले पार्टीबाट छुटिन निर्णय गर्‍यौँ ।” 

मन्त्री यादवले मधेसमा मात्र सीमित रहने योजना नभएको भन्दै जसपा समग्र नेपालमा स्थायी रूपले स्थापित हुने दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयाे, “अब हामी मधेसको मुद्दालाई मात्र होइन, नेपालभरिका नागरिकहरूको हितका लागि पनि काम गर्नेछौँ । जसपाको नीति र दृष्टिकोणले समाजमा नयाँ प्रकारको सकारात्मक परिवर्तन ल्याउनेछ, जहाँ युवा, महिला, र अन्य समावेशी समूहको सहभागिता महत्त्वपूर्ण हुनेछ ।”

पर्सा जिल्लामा मात्र नभई मधेसभरि जसपा नेपालको छिट्टै अन्त्य हुने दाबी गर्दै मन्त्री यादवले थप्नुभयो, “जसपा नेपाल विभाजन हुनु अनिवार्य थियो, किनकि वर्तमान नेतृत्वले मधेसको मुद्दालाई कमजोर बनाउँदै आएको थियो । अब हामीले स्थापित गरेको जसपा जनताको भावनालाई सम्बोधन गर्दै देशभरि सशक्त रूपमा अघि बढ्नेछ ।”

उहाँले पार्टीको नीतिहरू र नवप्रवर्तनलाई सम्बोधन गर्दै यसले समाजका सबै वर्गहरूको जीवनस्तर उकास्न ठोस कदम चाल्ने बताउनुभयो । “हामी राजनीतिक सीमारेखामा सीमित रहन चाहन्नौँ, हाम्रो उद्देश्य जनताको जीवनमा प्रत्यक्ष सुधार ल्याउने हो । जसपाले विकासका कार्यहरूमा केन्द्रित हुँदै स्थानीय समस्या समाधान गर्नेछ र जनताको अपेक्षाहरू पूरा गर्ने दिशामा कदम चाल्नेछ,” उहाँले भन्नुभयो ।

मन्त्री यादवले पर्सामा शिक्षक फाेरमकाे नयाँ नेतृत्वले जसपा पार्टीलाईपनि अझ सशक्त बनाउने विश्वास लिएको बताए ।उनले जनताकाे सेवामा जसपा अझ सकृयताका साथ लाग्ने भन्दै एकताबद्ध संगठन र जन समर्पित नेतृत्वको बलमा साझा उद्देश्यहरू हासिल गर्ने लक्ष्यमा अगाडि बढ्न नेताकार्यकर्तालाई निर्देशनपनि दिए।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पार्टीलाई सुदृढ बनाउन र जसपाको राजनीतिक रणनीतिलाई सशक्त बनाउन एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महिला सशक्तीकरण र युवा नेतृत्व विकासमा विशेष ध्यान दिन आवश्यक छ । त्यस्तै अन्य पिछडिएका समुदायलाई पनि समेटेर सबै वर्गको प्रतिनिधित्व हुने किसिमको पार्टी हामीले स्थापित गर्नुपर्छ ।”

प्रमुख सिंहले कार्यकर्ताहरूलाई चुनाव जित्नका लागि मात्र नभई जनताको हितमा काम गर्न प्रेरित गर्दै भन्नुभयो, “जसपाले जनताको जीवनमा सुधार ल्याउनका लागि हरेक सम्भावनाको खोजी गर्नेछ । अब यो पार्टी सबै तह र वर्गका नागरिकहरूको आवाज बन्नेछ ।”

कार्यक्रममा हरिन्द्र प्रसाद चाैरसियाकाे अध्यक्षतामम संघीय शिक्षक फाेरमकाे ५१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरि घाेषणाा गरियाे। जिल्ला कार्यसमितिको सहअध्यक्षमा पिंकी यादव,सचिवमा रामाधार प्रसाद साह,सहसचिवमा द्वारिका चाैहान र काेषाध्यक्षमा रेणु श्रेष्ठ रहेका छन्।
यस्तै कार्यक्रममा संघीय शिक्षक फाेरमकाे वीरगन्ज महानगर कार्यसमितिपनि घाेषणा गरियाे।

मन्त्री यादवकाे प्रमुख आतिथ्यता तथा वीरगन्ज महानगरपालिकाका मेयर एंव जसपाका केन्द्रीय सदस्य राजेशमान सिंहकाे विशेष आतिथ्यतामा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य माेहन चाैधरी,संघीय परिषद सदस्य विपिन यादव,जिल्ला अध्यक्ष सिंगासन साह तेली,महानगर अध्यक्ष ईश्वरचन्द्र यादव, नेताहरु तबरेज अहमद,असलम आलम,वीरगन्ज-१० का वडाध्यक्ष सुशील साह कानु,वीरगन्ज-३का वडाध्यक्ष बैजुलाल स्वर्णकार लगायतकाकाेपनि सहभागिता थियाे।