वीरगंज । नेपाल बार एशोसिएशन अन्तर्गत पर्सा जिल्ला अदालत बार एशोसिएशन वीरगंजकाे अध्यक्षमा अधिवक्ता रामनारायण कुर्मी विजयी भएका छन् ।

असार १३ गते सम्पन्न निर्वाचनमा अधिवक्ता रामनारायण कुर्मी अध्यक्ष पदमा ६१ मत प्राप्त गर्दै विजयी भएकाे प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कमल माेहन पाेखरेलले जानकारी दिए । उनका निकटम प्रतिस्पर्धी अजय कुमार श्रीवास्तवले ३१ मत पाए भने अर्का अध्यक्षका उम्मेदवार श्यामसुन्दर प्रसाद दासले ७ मत पाएका हुन् ।
यसैगरी उपाध्यक्ष पदमा अधिवक्ता अनिरुद्ध कुमार सिंह ५० मतसहित विजयी भए भने सचिव पदमा प्रतिमा कुमारी चाैरसिया ६० मत प्राप्त गर्दै निर्वाचित भइन् । कोषाध्यक्षमा अभय कुमार दास ६३ मत ल्याएर विजयी भएका छन्।
अन्य विजयी सदस्यहरूमा जितेन्द्र पटेल, सुदामा प्रसाद दहित, अशुतोष तिवारी, नरेन्द्र कुमार शाह, रोशनि श्रेष्ठ, विनाेद कुमार दास, श्रीराम राउत कुर्मी, र राजेश्वर कुमार यादव रहेका छन्।


