Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 228

वीरगञ्जमा शैक्षिक संस्था र विद्यार्थी जोड्न ‘भविष्य मेला’ आयोजना गरिँदै

वीरगञ्ज । पर्सा, बारा, रौतहट र आसपासका क्षेत्रका माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा दिएका विद्यार्थी र तिनका परिवारलाई लक्षित गरी वीरगञ्जमा ‘भविष्य मेला २०२५’ को आयोजना हुने भएको छ ।

आगामी जेठ ३० गते शुक्रवार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने एक दिने शैक्षिक तथा करियर मेलाले तीन हजारभन्दा बढी विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष रूपमा जोड्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम निर्देशक नवीन कार्कीका अनुसार, ‘भविष्य मेला’ केवल शैक्षिक प्रदर्शनी नभई विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक र व्यक्तिगत भविष्य निर्माण गर्ने परिवर्तनकारी मञ्च हो । “मेलाले वीरगञ्ज र आसपासका क्षेत्रमा शैक्षिक जागरूकता र सामाजिक-आर्थिक प्रगतिका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ,” कार्कीले भने ।

‘भविष्य’ शब्दले नेपाली भाषामा आशा र सम्भावनाको प्रतीक बोकेको छ, र मेलाले यही भावनालाई आत्मसात् गर्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यतर्फ डोर्‍याउने लक्ष्य राखेको कार्कीको भनाइ छ ।

मेलाको मुख्य उद्देश्य पर्सा, बारा, रौतहटका ग्रामीण र सहरी क्षेत्रका विद्यार्थीहरूलाई विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा र व्यावसायिक शिक्षालगायत विभिन्न शैक्षिक क्षेत्रबारे जानकारी प्रदान गर्नु हो । “हामी विद्यार्थीहरूलाई उनीहरूको रुचि, क्षमता र दीर्घकालीन आकाङ्क्षासँग मेल खाने शैक्षिक संस्था छनोट गर्न मार्गदर्शन प्रदान गर्नेछौँ,” कार्कीले थपे । मेलाले शैक्षिक समानता प्रवर्द्धन, करियर तयारीमा प्रोत्साहन र स्थानीय समुदायको सामाजिक-आर्थिक उन्नतिमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

‘भविष्य मेला’ शैक्षिक संस्थाहरूका लागि आफ्ना कार्यक्रम र सुविधाहरू प्रदर्शन गर्ने सुनौलो अवसर हो । मेलामा सहभागी संस्थाहरूले आफ्ना शैक्षिक कोर्स, प्रयोगशाला, पुस्तकालय, खेलकुद सुविधा, उद्योग साझेदारी, अन्तर्राष्ट्रिय आदानप्रदान र विशेष छात्रवृत्ति योजनाहरू प्रस्तुत गर्न सक्नेछन् । “मेलाले शैक्षिक संस्थाहरूलाई तीन हजारभन्दा बढी प्रेरित विद्यार्थी र अभिभावकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नेछ,” कार्कीले भने । विशेष छात्रवृत्ति, शुल्क छुट र प्राथमिक भर्ना सुविधाले विद्यार्थी भर्ना प्रक्रियालाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

“करियर कार्यशाला, प्रत्यक्ष प्रदर्शनी र पूर्व विद्यार्थीका सफलताका कथाहरूमार्फत संस्थाहरूले आफ्नो शैक्षिक नेतृत्व र विश्वसनीयताको छवि निर्माण गर्न सक्नेछन्,” कार्कीले बताए । मेलाले ग्रामीण र विपन्न समुदायका विद्यार्थीहरूलाई मेरिट र आवश्यकतामा आधारित छात्रवृत्ति, किफायती शैक्षिक कार्यक्रम र वित्तीय सहायता प्रदान गरी शैक्षिक समानता सुनिश्चित गर्नेछ ।

कार्कीले पर्सा, बारा, रौतहट र आसपासका क्षेत्रमा उच्च माध्यमिक शिक्षाबारे विश्वसनीय जानकारी र मार्गदर्शनको अभाव रहेको औँल्याए । “धेरै विद्यार्थी र अभिभावक शैक्षिक विकल्प, छात्रवृत्ति र करियर सम्भावनाबारे अनभिज्ञ छन् । भविष्य मेलाले यस्तो सूचनाको खाडललाई सम्बोधन गर्नेछ,” उनले भने । मेलाले विद्यार्थीहरूलाई उनीहरूको रुचि र आर्थिक अवस्थासँग मेल खाने शैक्षिक संस्था छनोट गर्न सहयोग गर्नेछ भने शैक्षिक संस्थाहरूलाई योग्य र प्रेरित विद्यार्थीहरूसँग जोड्ने अवसर प्रदान गर्नेछ ।

मेलामा विद्यार्थी र अभिभावकका लागि थुप्रै सुविधा उपलब्ध हुनेछन् । निःशुल्क डिम्याट खाता (शेयर कारोबारका लागि विद्युतीय शेयर जम्मा गर्ने खाता), निःशुल्क बैंक खाता, निःशुल्क आँखा जाँच शिविर र निःशुल्क नेपाली टेलिकमको सिम कार्ड वितरण गरिनेछ । मेरिट र आवश्यकतामा आधारित छात्रवृत्ति, स्टेशनरी किट, शैक्षिक किताब र टेक ग्याजेट (जस्तै इयरबड, यूएसबी ड्राइभ) प्रदान गरिनेछ । बैङ्कहरूसँगको साझेदारीमा निःशुल्क बैंक खाता र डिम्याट खाता खोल्ने सुविधाले विद्यार्थीहरूलाई वित्तीय साक्षरता र भविष्यको योजनाबारे प्रेरित गर्नेछ ।

वीरगञ्जका निजी र सामुदायिक विद्यालयहरूले मेलामा सहभागिता जनाउँदै छन् । स्थानीय समुदाय, स्कुल र वित्तीय संस्थासँगको सहकार्यले मेलालाई थप प्रभावकारी बनाउने अपेक्षा छ । स्थानीय युवा नेता राकेश यादवले यस्ता कार्यक्रमले वीरगञ्जका विद्यार्थीलाई स्थानीय स्तरमै अवसर प्रदान गरी बाहिर जानबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । “भविष्य मेलाले वीरगञ्जलाई शैक्षिक केन्द्रको रूपमा स्थापित गर्नेछ र क्षेत्रीय शैक्षिक पारिस्थितिक तन्त्रलाई सुदृढ बनाउनेछ,” उनले भने ।

“स्थानीय व्यवसाय, मिडिया र समुदायसँगको सहकार्यले वीरगञ्जको आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नेछ,” कार्कीले थपे । मेलाले स्थानीय समुदायको सामाजिक-आर्थिक प्रगतिमा योगदान पुर्‍याउने र विशेष गरी ग्रामीण र विपन्न समुदायका विद्यार्थीहरूलाई शैक्षिक अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।

“भविष्य मेला २०२५ नेपालका युवालाई उज्ज्वल भविष्यतर्फ डोर्‍याउने परिवर्तनकारी आन्दोलन हो । शैक्षिक संस्थाहरू, स्थानीय समुदाय र व्यवसायहरूको सहभागिताले मेलालाई थप प्रभावकारी बनाउनेछ,” कार्कीले जोड दिए । मेलाले वीरगञ्जलाई क्षेत्रीय शैक्षिक हबको रूपमा स्थापित गर्दै स्थानीय युवाहरूलाई आत्मनिर्भर र सशक्त बनाउने अपेक्षा गरिएको छ ।

स्थानीयहरूले मेलाको अवधारणा र उद्देश्यको प्रशंसा गरेका छन् । “मेलाले हाम्रा विद्यार्थीलाई आफ्नो गृह नगरमै गुणस्तरीय शिक्षा र करियर अवसरहरूबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्नेछ,” स्थानीय अभिभावक सुनिता कुमारीले भनिन् ।

‘भविष्य मेला २०२५’ मा सहभागी हुन वीरगञ्ज र आसपासका विद्यार्थी, अभिभावक, शैक्षिक संस्था र स्थानीय व्यवसायलाई आयोजकले हार्दिक निमन्त्रणा गरेको छ । मेला शैक्षिक जागरूकता, करियर मार्गदर्शन र सामुदायिक सहकार्यको उत्कृष्ट मञ्च बन्ने विश्वास गरिएको छ ।

७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो : ओली

२५ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेरहदको विषय फेल खाइसकेको टिप्पणी गरेका छन् ।

अनेरास्ववियुको २४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘७० वर्ष उमेरका कुरा आयो । ७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? ४ वर्ष घटाउन भएन क्यारे उमेर,’ ओलीले भनेका छन् ।
उमेरले भन्दा पनि स्वास्थ्य र कार्यक्षमताले हुन्छ कि हुँदैन भन्ने मुख्य कुरा रहेको उनको भनाइ थियो ।

‘स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो । चीनमा दुईपटक मात्रै अध्यक्ष हुन पाउने नियम बनाएको थियो,’ ओलीले भने, ‘सि जिङ पिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ६५ लगाउनुभएको, अहिले ७२ पुगिसक्नु भयो, सि जिङ पिङ ।’

त्यस्तै, उनले उमेरका कारणले नभइ अन्य धेरै फ्याक्टर र आवश्यकताहरू हुने उनले बताए । उनले माधव नेपाल र झलनाथ खनाललाई ७० वर्षे उमेर पुगेर नहटाएको जिकिर गरे ।

‘उमेरले होइन अरु थुप्रै फ्याक्टर हुँदा रहेछन् । आवश्यकताहरू थुप्रै हुँदा रहेछन् । मै हुन्छु भन्ने होइन । कुनै एउटा जडसुत्रको रुपमा हेर्ने होइन,’ ओलीले भने, ‘माधव नेपाललाई ७० पुगेर हटाएको होइन, झलनाथलाई ७० पुगेर हटाएको होइन । हटाउनुपर्ने हुँदो रहेछ । ७० पुगेर पनि हटाउन मिल्दो रहेनछ, मनमोहनजीलाई ७८ वर्षसम्म पनि हामीले हटाएनौं । उमेर पुगेर बितेर जानुभयो । हामीले हटाएनौं ।’

राजसंस्था पुनरस्थापनाको आन्दोलन जारी छ : प्रवक्ता चन्द

वीरगंज । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी रहने बताउनुभएको छ ।

स्व. श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहदेव सरकारको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै प्रवक्ता चन्दले यस्तो बताउनुभएको हो ।

वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमाचोकस्थित वीरेन्द्र शालिक प्रांगणमा आयोजित कार्यक्रममा उहाँले जारी आन्दोलनलाई कसैले दायाँ–बायाँ गर्न खोजे ठीक नहुने चेतावनी दिंदै मुलुकको वर्तमान दयनीय अवस्थाबाट उकास्न राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य भएको बताउनुभयो ।

उहाँले स्व. राजा वीरेन्द्रको जीवनीबारे पनि चर्चा गर्दै स्व. राजाबाट जारी भएको संविधान २०४७ अहिलेको अवस्थाबाट मुलुकलाई उकास्न पुनः स्थापित गर्नुको विकल्प नरहेको बताउँदै स्व. श्री ५ वीरेन्द्रप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय बजरंग दलका अध्यक्ष राजु जयसवालले स्व. राजा वीरेन्द्रको जीवनीबारे चर्चा गर्दै मुलुकलाई विदेशी दलालहरुको चंगुलबाट उकास्न संविधान २०४७ अर्थात् राजसंस्था र हिन्दु अधिराज्य पुनः स्थापनाको कुनै विकल्प नरहेको दावी गर्नुभयो ।

समाजसेवी पशुपति विक्रम शाहको अध्यक्ष्Fतामा आयोजित कार्यक्रममा राष्ट्रवादी नेताहरुसहित आम जनमानसको सहभागिता रहेको थियो ।

शहरकाे अलपत्र तार व्यवस्थापन गर्न सरोकारवालासंग जिप्रकाले छलफल गर्ने

वीरगंज । वीरगंज महानगरपालिका तथा अन्य शहरहरुमा अलपत्र अवस्थामा रहेका केवल (तार) हरुको व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सरोकारवाला निकायहरुवीच छलफल गर्ने भएको छ ।

शहरहरुमा अलपत्र अवस्थामा रहेका तारहरुको प्रभावकारी व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ११ बजे छलफल गर्न लागेको हो ।

शहरहरुमा अलपत्र अवस्थामा रहेका केवल (तार) हरुको व्यवस्थापन नहुँदा शहरी सौन्दर्यमा असर परेको जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत दिपक पटलले जारी गरेको पत्रचारमा उल्लेख छ ।

यस्तै शहरमा अव्यवस्थित अवस्थाका तारहरुका कारण सडक यात्रु तथा सवारी साधन वाहकहरुको आवागमन समेत प्रभावित बन्न पुगेको र आगलगी जस्ता घटनाहरु समेत घट्ने गरेका छन ।

१२ लाख हुण्डी रकम सहित दुईजना पक्राउ

वीरगंज । पर्सा प्रहरीले विशेष सूचनाको आधारमा आईतबार १२ लाख हुण्डी रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकाहाँ मैनपुर गाउँपालिका २ निवासी २५ बर्षीय सुरेश कुमार बर्णवाल र भारत विहार जिल्ला बेतीया बकुलहर निवासी १९ बर्षीय सत्यम कुमार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार आईतबार अपरान्ह प्रहरी चौकी परवानीपुर पर्साबाट खटिएको टोलीले सवारी साधन नियमित चेकजाँच गर्ने क्रममा मधेश प्रदेश ०३–०२९ प ४९७४ नम्बरको रातो कालो १५० सिसिको पल्सर मोटरसाईकलमा उनीहरुलाई पक्राउ गरेको हो ।

पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालका अनुसार पक्राउ परेका बर्णवालको साथबाट कालो रंगको ब्यागभित्र लुकाइ छिपाई राखेको अवस्थामा नेपाली एक हजार दरका सात लाख ७१ हजार र पाँच सय दरका नोट आठ सय ५८ थान अर्थात ४ लाख २९ हजार गरी १२ लाख बरामद भएको हो ।

पक्राउ परेकाहरुलाई हिरासतमा राखेर मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा अदालतबाट तीन दिनको म्याद थप गरेर थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरिक्षक लम्सालले बताए ।

जापानमा सम्पन्न नेपाल फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्डमा निजगढकी खतिवडा सम्मानित

वीरगंज । नेपाल फेसन एण्ड इन्टरमेन्ट इनटरनेशनल अवार्डको चौथो संस्करण यसै साता जापानको राजधानी टोकियोमा सम्पन्न  भएको छ । हिमालयन मुभीज प्रोडकस्न हाउस काठमाडौंको आयोजनामा सन २०२५ को संस्करण स्वरुप फेसन तथा मनोरंजन एवं सामाजिक क्षेत्रका ब्यतित्वहरुको योगदानको कदर स्वरुप अवार्ड समहारो गरिएको हो ।

जापानका एन.आर.एन अध्यक्ष नबिन न्युरेको प्रमुख अतिथित्यतामा सम्पन्न कार्यक्रममा जापानका बिजनेस एसोसियन अध्यक्ष सहित अन्य बिशिस्ट ब्यतिहरुको पनि सहभागी रहेको थियाे । अवार्ड कार्यक्रममा आकर्षक फेसन सो राखिएको थियो भने एक दर्जन भन्दा बढी नेपाल तथा जापानका मनोरंजन एवं सामाजिक क्षेत्रका ब्यतित्वहरुलाई एवार्डद्वारा सम्मान गरिएको कार्यक्रम प्रस्तोता तथा प्रोग्राम म्यानेजर कोमलनाथ खतिवडाले जानकारी दिए ।

कार्यक्रममा निजगढ बाराकी सजना खतिवडाले सोसियल वेलफेयर एयाक्टिभिस्ट अवार्ड २०२५ को अवार्ड हासिल गरेकी हिमालयन मुभीज प्रोडकस्न हाउसका सि.इ.ओ. तथा चर्चित फेसन कोरियोग्राफर हिमानी शुब्बाले जानकारी दिइन । सम्मानित हुने खतिवडा मिस बिउटिसियन नेपाल २०२० का बिजेता हुन, उनिले यश अघि २०२४ मा इजिप्टको कायोरोमा सम्पन्न प्रोडक्सन हाउसको तेस्रो संस्करणमा चर्चित सौन्दर्य विशेषज्ञ अवार्डबाट सम्मानित भएकी थिइन ।

निजगढ-५ बागदेब निबासी सजना छाया नेपाल गैर सरकारी संस्थामा आबद्ध रहि समाजमा लक्षित समुहका महिलाहरूलाई आत्मनिर्भर बनाउने दिशामा मार्गदर्शन गर्दै, बाताबरण जगेर्ना लगायतका अन्य क्रायक्रम मार्फत सेबा प्रदान गर्दै आएको छिन ।

विशेष गरी ग्रामीण भेगका महिलाहरूलाई सीप विकास तालिम, मानसिक सशक्तिकरण कार्यक्रम र सामाजिक सचेतना अभियानमा संलग्न गराउँदै आएको उनको योगदानको उच्च मूल्याङ्कन गरिएको हो ।

अवार्ड सम्मान ग्रहण गर्दै समहारो कार्यक्रममा सजनाले भनिन्, “यो सम्मान मेरो लागि मात्र होइन, म जस्ता सामाजिक सेवामा संलग्न सबै महिलाहरूको हौसलाको लागि प्रेरणादायक हुनेछ ।  यस सम्मानले मलाई अझ धेरै जिम्मेवारीका साथ समाजको सेवा गर्न हौसला प्रदान गरेको छ ।”

यस कार्यक्रममार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभाहरूको पहिचान उजागर हुनुका साथै सामाजिक तथा सांस्कृतिक आदानप्रदानमा टेवा पुगेको आयोजक संस्थाको विश्वास रहेको छ ।

भारतमा कोरोना संक्रमण पुनः तीव्र: वीरगंज नाकामा स्वास्थ्य जाँच कडाइ

वीरगंज । भारतमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र गतिमा फैलिन थालेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाल–भारतको मुख्य नाका वीरगंज–रक्सौलमा देखिएको छ। यात्रुहरूका लागि स्वास्थ्य जाँच कडाइका साथ सुरु गरिएको छ ।

सोमबार वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंज नाकामा स्थापना गरिएको हेल्थ डेस्कको निरीक्षण गर्नुभएको छ। उहाँले भारतमा संक्रमितको संख्या दिनानुदिन बढिरहेको अवस्थामा नेपालमा संक्रमणको जोखिम घटाउन विशेष सतर्कता अपनाउनु पर्ने आवश्यकता औँल्याउनुभयो ।

महानगरले हेल्थ डेस्कलाई अझ प्रभावकारी बनाउन तयारी तीव्र पारेको छ। मास्क, स्यानिटाइजर, तापक्रम मापन उपकरण लगायत सामग्रीको कुनै कमी हुन नदिन विशेष व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिनुभयो। हेल्थ डेस्कको निरन्तर अनुगमन भइरहेको उहाँले बताउनुभयो ।

स्वास्थ्यकर्मी इब्राना खातुनका अनुसार, हाल रक्सौलबाट नेपाल प्रवेश गर्ने प्रत्येक यात्रुको तापक्रम स्क्रिनिङ अनिवार्य गरिएको छ। हेल्थ डेस्कको सरसफाइ र आवश्यक मर्मतसम्भार पनि सुरु गरिएको छ।

प्रशासकीय अधिकृत कर्णले भारतमा पुनः सक्रिय भइरहेको कोभिड संक्रमणको कारण नेपाल प्रवेशद्वारमा सतर्कता बढाउनुको विकल्प नरहेको बताए । अहिले नै आवश्यक तयारी नगरे संक्रमण बढ्ने जोखिम रहेकाले महानगर तयारी अवस्थामा रहेको उहाँले स्पष्ट पार्नुभयो ।

हाल हेल्थ डेस्कमा ७ जना स्वास्थ्यकर्मीहरू खटेर यात्रुहरूको स्वास्थ्य स्क्रिनिङ गरिरहेका छन् ।

मधेश प्रदेश मै सबभन्दा पहिले पर्साकाे कालिकामाई गाउँपालिकाकाे निति तथा कार्यक्रम प्रस्तुत

0

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाले मधेश प्रदेश मै पहिलाे आर्थिक बर्ष २०८२/०८३ काे निति तथा कार्यक्रम प्रस्तुत गरेकाे छ ।

गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष राजमती बरैनीले अगामी आर्थिक बर्षकाे निति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रत्येक बर्ष असार १० गते भित्र ल्याइ सक्नु पर्ने निति तथा कार्यक्रम यस बर्ष कालिकामाई गाउँपालिकाले मधेश प्रदेश मै सबभन्दा पहिला ल्याएकाे प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले वताए ।

गाउँपालिका कार्यालयकाे सभा हलमा भएकाे निति तथा कार्यक्रम प्रस्तुतीकरण कार्यक्रमकाे गाउँपालिका अध्यक्ष गुप्ताले उद्घाटन गरेका थिए ।

निति तथा कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले यस बर्ष पनि शिक्षा तथा कृषिलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याइएकाे वताए । उनले यस बर्ष समय मै निति तथा कार्यक्रम ल्याउन सहयाेग गर्ने सबैलाई धन्यावाद समेत दिए ।

प्रस्तुत निति तथा कार्यक्रममा स्थानीय तहका अधिकार कार्यान्वयनका लागि आवश्यक पर्ने निति, कानुन तथा संरचनाहरु निर्माण गरिने, स्थानीय नेतृत्वको विकास गरिने, विकासका लाभहरुलाई सामानुपातिक, समावेशी र न्यायोचित तरीकाले जनतामा वितरण गरिने, स्थानीय तहको सेवा प्रवाहमा जनताको पहुँच अभिवृद्धि गरिने राखिएकाे छ ।

यसैगरी भौतिक पूर्वाधार तथा संरचना विकास तर्फ दिगो नतिजामूलक विकासको लागि आवश्यक गुरुयोजना (Master Plan) तयार गरी अगामी वर्ष आवधिक गाँउ विकास योजना, भु-उपयोग योजना एवं प्रकोप व्यवस्थापन योजना निर्माण गरी कार्यान्वयनमा जोड दिईने उल्लेख गरिएकाे छ ।

गाउँपालिकको हरेक वडालाई जोडने रिङ्ग रोडको सम्भाव्यता अध्ययन गरी सोको निर्माण गर्नयोजना बनाउनले, खानेपानी, विद्युत पोल, ढल र सडकको स्तरोन्नती गरीनुका साथै प्रमुख सडकहरुलाई कम्तिमा ३० (तीस) फिट फराकिलो गरिने, विकास निर्माणमा प्रयोग हुने निर्माण सामाग्री र कच्चा पदार्थ गौउस्तरीय मापदण्ड तोकी सोही बमोजिम मात्र प्रयोगमा ल्याई पूर्वाधार विकासको गुणस्तर कायम गरिने पनि प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख गरेकाे छ ।

प्रत्येक वर्ष उत्कृष्ट कार्य गर्ने उपभोक्ता समितिलाई पुरस्कृत गर्ने र खराब आचरण भएका उपभोक्ता र सहयोगीहरुलाई दण्ड सजाय गर्ने नीति लिई गुणस्तरीय विकास निमार्णमा जोड दिईने, एक गाँउ एक वह उपयोगी पोखरीको अवधारणा अनुसार यस गाँउको सबै पोखरीलाई रमणिय र धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरुयोजना बनाई बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायमा पहल गरिने पनि गाउँपालिकाले जनाएकाे छ ।

यसैगरी शिक्षा तथा खेलकुद मनोरञ्जन तर्फ राष्ट्रिय साक्षरता अभियानलाई प्रभावकारी बनाई यथाशिघ्र निरक्षरता उन्मुलन गरिने, सामुदायिक विद्यालयहरुको भौत्तिक पूर्वाधार विकास र शौचालय निर्माणका लागि आवश्यक अनुदान उपलब्ध गराइने, शिक्षा क्षेत्रको खसकिदो गुणस्तरलाई ध्यानमा राख्दै गाँउका सबै शिक्षण संस्थाहरुको नियमित अनुगमन र नियमन गर्दै गुणस्तरीय शिक्षामा जोड दिईने गाउँपालिकाले जनाएकाे छ ।

गाउँ क्षेत्रका सामुदायिक विधालयहरुमा कक्षा तीन सम्म अनिवार्य रुपमा अंग्रेजी माध्यममा पठन-पाठन गराउन आवश्यक व्यवस्थापन गरिने, शिक्षकहरुकालागि तालिमको व्यवस्था गरिने, छात्राहरुलाई प्रोत्साहन गर्न कक्षा ८ देखि निशुल्क साईकल वितरण गरिनेछ, गाँउका सम्पूर्ण सामुदायिक मा.वि. मा अनिवार्य विधुतीय हाजिरीको व्यवस्था कार्यान्वयनमा ल्याइने, विद्यालयहरुमा कम्प्यूटरर प्रिन्टर उपलब्ध गराइने जस्ता कार्यक्रमहरु पनि गाउँपालिकाले आफ्नाे निति तथा कार्यक्रम समेटेकाे छ ।

यसैगरी कृषि तथा पशु विकास तर्फ निर्वाहमुखि खेती प्रणालीलाई व्यवसायिक कृषि प्रणाली तर्फ उन्मुख गर्न आवश्यक पहल गरिने, आर्गानिक तरकारी खेती तथा प्राङ्गारिक खेति कार्यक्रममा आवश्यक सहयोग गर्दै यस गाँउमा स्वः रोजगार कार्यक्रम संचालन गर्न सम्बन्धित निकायमा पहल गरिने, उन्नत पशुपालन, पशु विमा, बाली बिमा, गोठ तथा भकारी सुधार जस्ता कार्यक्रमहरु संचालनमा विषेश पहल गरिने गाउँपालिकाले जनाएकाे छ ।

निर्वाचनमा जनतासंग गरेको वाचा पुरा गर्दैछु : गाउँपालिका अध्यक्ष कुर्मी

परवानीपुर गाउँपालिका नेपालको सबैभन्दा सानो गाउँपालिका हो । यस पालिकाको पूर्व र दक्षिणमा प्रसौनी गाउँपालिका उत्तरमा जितपुर सिमरा उपमहानगरपालिका र पश्चिममा पर्सा जिल्ला पर्छ । यसको क्षेत्रफल १५.४८ वर्गकिलोमिटर रहेको छ भने यहाँको जनसङ्ख्या २२ हजार ७८७ रहेको छ । यहाँ जम्मा पाँच वटा वडा छन्‌ । २०२५ साल वैशाखमा जन्मिई १० कक्षा उत्तीर्ण गरेर राजनीतिक क्षेत्रमा लाग्नुभएका रामक्षत्रीप्रसाद कुर्मी स्थानीय तह चुनावमा नेकपा (एमाले)बाट निर्वाचित हुनुभयो । उहाँसँग कालिका टाईम्सले गरेको संक्षिप्त कुराकानी :

स्थानीय तहमा निर्वाचित भएको डेढ वर्षभन्दा बढी भयो । तपाईंले यो अवधिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
मुलुकभरि नै कार्यपालिका सदस्य र जनप्रतिनिधिबिच मतभेद हुँदै आएको छ तर मेरो पालिकामा ठिक त्यसको उल्टो रहेको छ । सोही अनुसारको वातावरण निर्माण गरी अगाडि बढ्दै आएको छु । कार्यपालिका सदस्य र जनप्रतिनिधिबिचको सद्भाव कायम छ । पालिकामा भएका जनप्रतिनिधि र कार्यपालिका सदस्य एक ढिका भएर अगाडि बढ्दै आएका छौँ । अल्पमत र बहुमतबाट कुनै पनि निर्णय भएको छैन । हामी कुनै पनि निर्णय सर्वसम्मत रूपमा नै गर्ने गर्छौं । कार्यपालिकामा २८ सदस्य रहेका छन्‌ ।

सबैतिर कर्मचारी र पालिका सदस्यबिच मनमुटाव देखिन्छ । तपाईंको पालिकामा चाहिँ कस्तो छ ?
मैले निर्वाचनअघि गरेका वाचा नै अहिले पूरा गर्दै छु । सुशासन कायम गरेको छु । जनताको शासक होइन सेवक भएर काम गरिरहेको छु । शिक्षा, कृषि, स्वास्थ्य र बाटोमा बढी जोड दिएको छु । जनताको सहभागितामा विकास कार्य अगाडि बढाएको छु ।

तीन वर्षको अवधिमा तपाईंबाट भएका उल्लेख्य काम के के हुन् ?
यसै पालिकाको वडा नं. ३ मा गाउँपालिकाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बजार विस्तार गर्न सो क्षेत्रमा रहेको पालिकाको अधुरो भवन निर्माण गरेको छु । खानेपानीको हाहाकारका बेला डिप बोरिङ गरी पानीको आपूर्ति पूरा गरी सो समस्या निराकरण गरेको छु । वडा नं. ३ को भोजभगत माध्यमिक विद्यालयको अधुरो भवन निर्माण गरी व्यवस्थित गरेको छु ।

गाउँपालिकाको बेवारिस अवस्थामा रहेको चार वटा सार्वजनिक पोखरीलाई ममर्त सम्भार गर्न ठेक्का लगाएको छु । सार्वजनिक जग्गाको संरक्षण गरेको छु ।

हाइवे जग्गामा सभाहल वा ट्रेडिङ सेन्टर निर्माण गरेको छु । पालिकाको बजार ठेक्का नलगाउने प्रवृत्ति अन्त्य गरेको छु । जसले कर, कौडी उठाउँछ, त्यसैले खाने गर्दथ्यो, सो समस्या समाप्त गरेको छु । कबाडी कर ठेक्का लगाएको छु ।
यसै गरी बजार क्षेत्रमा रहेका १४/१५ वटा कोठाबाट जम्मा ३५० रुपियाँका दरले भाडा आउँथ्यो, बिचौलियाले सो पसलबाट पाँच हजारदेखि १३ हजार रुपियाँसम्म भाडा असुल गरी पालिकालाई कम रकम दिने गरेको प्रवृत्ति अन्त्य गरेको छु ।

ककर्टपाता भएको भवनलाई चार हजार, मेन फ्रन्टमा भएको भवनलाई सात हजार र १० हजारमा नयाँ व्यापारीसँग सम्झौता गरेको छु । पुरानो सम्झौता समाप्त गरेको छु ।

सङ्घ र प्रदेशसँग कस्तो समन्वय भइरहेको छ ?
पालिकासँग कुनै समन्वय नगरी भौतिक निर्माण कार्यालयसँग विभिन्न सम्झौता गरी विकास निर्माणलगायतका कार्य गर्दै आएका छौँ । पालिकासँग कुनै राय, सल्लाह, स्टिमेट वा इन्जिनियर नमागेर वा जानकारी पनि नदिएर प्रदेशका मन्त्रीले विकासका कार्य गर्दै आएका छन्‌ । त्यसमा मेरो कुनै आपत्ति छैन, जनतालाई विकास चाहिएको हो । विकास भइरहेको छ ।
सङ्घीय सरकारसँग मेरो व्यक्तिगत सम्बन्ध राम्रो छ, सङ्घ सरकारले बोलेको, भनेको सम्पूर्ण बजेट सहकार्य गरी मैले सहयोग पाउँदै आएको छु । पालिकाभरिका जनताले हामीमाथि गरेको विश्वासको पूरा कदर गर्दै आएको छु । आगामी दिनमा पनि गर्ने छु ।

कहिले पनि उहाँहरूको विश्वासको कुठाराघात गर्दैनँ । निर्वाचित भएको तीन वर्ष भयो । बाँकी दुई सालमा पालिकाभरिका जनतालाई विकासको अनुभूति हुने गरेर काम गर्ने छु ।

पालिकामा पर्यटन विकासको अवस्था कस्तो छ ?
पर्यटकीय क्षेत्र यस पालिकामा रहेको छैन । सीमासँगै रहेका प्रसौनी गाउँपालिकामा पुरानो बौद्धिमाईको ठुलो मन्दिर रहेको छ । त्यसको भोगचलन हाम्रो पालिकामा रहेको छ तर रेखाङ्कन प्रसौनीमा रहेकाले हामी दुई पालिका समन्वय गरी त्यसमा लगानी गरेर पर्यटकीय स्थल बनाउने योजना बनाएका छौँ । गढीमाई जस्तो वातावरण बनाउन भित्री रूपमा गुरुयोजनामा राखेका छौँ ।

महिला र युवाका लागि कुनै योजना बनाउनुभएको छ ?
महिला र युवाको माग अनुसारको योजना राखेको छु । तालिमको माध्यमले बाख्रापालन, खेतीकिसानी, सिलाइबुनाइ, मुढा निर्माण गर्ने, कुटालगायतका काम गर्दै आएका छन्‌ । युवाका लागि पनि खेलकुदको विकासका लागि सामान उपलब्ध गराएको छु । वडा नं. १ मा पर्याप्त रहेको सार्वजनिक जग्गामा स्टेडियम निर्माण गर्नेछु । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताबाहेक जाडोबाट बच्न, एकल महिला र वृद्धलाई न्यानो कपडा, कम्बल वितरण गर्ने योजना बनाएको छु ।

समाजवादी प्रेस संगठन पर्साकाे पांचाै बैठक सम्पन्न, संगठनलाई थप सुदृढ बनाउने निर्णय

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे पांचाै बैठक साेमबार वीरगंजमा सम्पन्न भएकाे छ । संगठन पर्सका अध्यक्ष शम्भु कुमार सुमनकाे अध्यक्षतामा बसेकाे बैठकले संगठनलाई थप सशक्त बनाउने निर्णय गर्दै पत्रकारहरूको हक, अधिकार र सुरक्षाका सवालमा अडिग रहने प्रतिबद्धता जनाएको छ ।

बैठकमा संगठन विस्तार, सशक्तिकरण र पत्रकारिता क्षेत्रका समसामयिक चुनौतीहरूका विषयमा गम्भीर छलफल गरिएको थियो । बैठकमा सहभागीहरूले एकताबद्ध भएर निष्पक्ष, उत्तरदायी र समावेशी पत्रकारिता अघि बढाउने संकल्प पनि गरेका हुन् ।

बैठकले जिल्लामा सृजना गरिएकाे अनावश्यक विवाद समाधान गरेकाेमा केन्द्रिय समितिका पदाधिकारीहरुलाई धन्यावाद ज्ञापन गरेकाे छ । साथै बैठकले प्रत्येक महिना संगठनका सदस्यहरुले रु एक सय जम्मा गर्ने गरि बचत काेषकाे स्थाना गर्ने निर्णय समेत गरेकाे संगठन पर्साका काेषाध्यक्ष संताेष साहले जानकारी दिए ।

बैठकमा संगठनकाे मधेश प्रदेशकाे इन्चार्जका जिम्मेवारीका केन्द्रिय सचिव बृजलाल पासवान, पार्टीबाट प्रचार प्रसार विभागकाे जिम्मेवारी पाएका संगठनका केन्द्रिय सदस्य रेबिन्द्र कार्कीलाई समेत सम्मान गरिएकाे संगठन पर्साका सचिव विनाेद पटेलले जानकारी दिए ।

वीरगंजकाे घण्टाघरस्थित गेटवे हाेटलमा बसेकाे बैठकमा नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगाेपाल थापा, समाजवादी प्रेस संगठन नेपालका सचिव एवं मधेश प्रदेशका इन्चार्ज बृजलाल पासवान, केन्द्रिय सदस्यद्वय रेविन्द्र कार्की मनाेज पटेल, सल्लाहकार संजय साह लगायतकाे विशेष उपस्थिती रहेकाे थियाे । बैठककाे संचालन संगठन पर्साका सह सचिव श्याम सर्राफले गरेका थिए ।