Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

तिन महिना ढिलाे धोबीनीको ११औं गाउँसभा सम्पन्न, ३३ करोड ८८ लाखकाे बजेट पारित

spot_img
spot_img

वीरगंज । तिन महिना ढिलाे पर्साको धोबीनी गाउँपालिकाकाे ११औं गाउँसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न गाउँ सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ३३ करोड ८८ लाख ८८ हजार ९ सय ८१ रुपैयाँ बराबरको बजेट पारित गरेको हाे ।

गाउँपालिकाकी उपाध्यक्ष मंजु देवी पटेलको आदेशअनुसार प्रमुख प्रशासनिक अधिकृत कृष्ण प्रसाद खतिवडाले बजेट प्रस्तुत गरेका थिए । धोबीनी गाउँपालिका कार्यालयकाे सभा हलमा भएकाे सभाकाे गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले उद्घाटन गरेका थिए ।

गाउँ सभालाई सम्बाेधन गर्दै अध्यक्ष चौहानले स्वास्थ्य, शिक्षा, कृषि, महिला तथा बालबालिका, पर्यटन र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याइएकाे वताए । उनले राजनीतिक समस्याका कारण गाउँसभा ढिला भए पनि अब विकास र जनताको काम छिटो हुने प्रतिबद्धता जनाए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडाले इमानदारीपूर्वक काम गर्दै धोबीनीलाई स्वच्छ र समृद्ध नमूना गाउँपालिका बनाउने प्रतिवद्धता जनाए ।

गाउँपालिका अध्यक्ष चौहानको अध्यक्षतामा सम्पन्न गाउँ सभामा उपाध्यक्ष मंजु देवी कुर्मिन, वडाअध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, गाउँसभा सदस्य, शिक्षक, स्थानिय पत्रकार, सुरक्षाकर्मीलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठीले गरेका थिए ।

गाउँ सभा ढिलाे भएका कारण यस बर्षकाे दशैंमा गाउँपालिका अन्तर्गतका शिक्षक र कर्मचारीहरुले तलब पाएका छैनन् । अब गाउँ सभा सम्पन्न भई बजेट समेत पारित भईसकेका कारण तिहारमा कर्मचारीहरुले बाकी रहेकाे ६ महिनाकाे तलब पाउनुकाे साथै विकास निर्माणकाे काम सुचारु हुने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...