Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पर्सामा सशस्त्र प्रहरीद्वारा ९ किलोभन्दा बढी चरेश बरामद, एक भारतीय नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साको टोलीले ठूलो परिमाणको चरेश बरामद गरेको छ ।

सशस्त्र प्रहरी सहायक निरीक्षक नितेश कुमार साह कानुको कमाण्डमा खटिएको ७ जनाको मोबाईल टोलीले छिपहरमाई गाउँपालिका–४ बन्जारीस्थित भिष्वा–जानकी टोला सडकखण्डमा चेकजाँच गर्ने क्रममा भारततर्फ लैजाँदै गरिएको ९ किलो ५२२ ग्राम चरेश बरामद गरेको हो ।

बिआर २२ जे ३५५० नम्बरको होण्डा साइन मोटरसाइकलमा फल्स बटम बनाई लुकाइछिपाइ लैजाँदै गरिएको उक्त चरेश १९ वटा प्लास्टिकका प्याकेटमा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार घटनामा संलग्न भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, बेतिया कोईरी टोला वार्ड नं. ३७ का ३१ वर्षीय गुलाम मोहमदलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ ।

पक्राउ परेकाको साथबाट आधार कार्ड र कार्बोन कम्पनीको कीप्याड मोबाईल फोन समेत बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...