Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

वीरगंज मेलामा ग्याङ फाइटः २४ वर्षीय युवकको मृत्यु, ६ जना नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । वीरगंज मेलामा मंगलबार राति ग्याङ फाइट हुँदा एक जनाको ज्यान गएको छ । मेलाको प्रमुख स्थल माईस्थान चौक र घडिअर्वा पोखरी बीचको गीता मन्दिर नजिक दुई समूहबीच भएको झडपमा अन्दाजी २४ वर्षीय ‘गोल्डेन’ नामक युवकको मृत्यु भएको पर्सा प्रहरीले पुष्टि गरेको छ ।

पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, दुई समूहबीचको हानाहानमा गम्भीर घाइते भएका गोल्डेनलाई उपचारका लागि नारायणी अस्पताल लैजाने क्रममा राति नै मृत्यु भएको हो ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएको छ । तर अनुसन्धानको क्रममा भएकाले उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।
“झगडाको वास्तविक कारण अझै खुलेको छैन । नियन्त्रणमा लिइएकाहरुसँग सोधपुछ भइरहेको छ,” प्रवक्ता बस्नेतले जानकारी दिए ।

घटनापछि मेलाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ । दशैं तिहार लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत मेलाका लागि ११ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीको दाबी भए पनि मेलाको मुख्य चोक नजिकै भएको घटनामा एक युवकको ज्यान जानुले सुरक्षा व्यवस्थामाथि ठुलो प्रश्न उठाएको छ ।

मृतक गोल्डेनको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...