Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

वीरगंजमा मानवसेवा आश्रमद्वारा गर्भवती महिला उद्धार

spot_img
spot_img

वीरगंज । वीरगंजमा शनिबार राति एक अज्ञात गर्भवती महिलालाई उद्धार गरी मानवसेवा आश्रममा राखिएको छ।

वडा प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भुलेंद्र गिरि र समाजसेवी प्रकाश थारुले अन्दाजी ३० वर्षकी ती महिलालाई मानवसेवा आश्रम वीरगञ्ज शाखामा पुर्‍याएका हुन्। महिलाले आफ्नो नाम, थर र ठेगाना प्रष्ट बताउन नसकेकी कारण आश्रममार्फत उनको पहिचान खुलाउने प्रयास भइरहेको आश्रमले जनाएको छ।

मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ताका अनुसार महिलालाई नारायणी अस्पतालमा हेमा थापाको निगरानीमा स्वास्थ्य जाँच र उपचार गरिनेछ भने मानसिक स्वास्थ्य परीक्षण तथा उपचार डा. भरत गोइतको देखरेखमा हुनेछ।

उद्धार गरिएको महिला हाल सुरक्षित अवस्थामा रहेको आश्रमले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...