Date
शुक्र, असार ५, २०८३
Fri, June 19, 2026
Home Blog Page 221

मुख्यमन्त्रीको छड्के अनुगमन : ड्राइपोर्ट–परवानीपुर ढाटमा अवैध असुली गर्ने ३ जना पक्राउ

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सोमवार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकखण्डमा रहेकाे ढाटमा छड्के अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहकाे आकस्मिक अनुगमनका क्रममा अवैध रूपमा सवारी कर असुली गर्दै गरेको आरोपमा तीन जनालाई रंगेहात पक्राउ गरिएको छ ।

मुख्यमन्त्री सिंह भारतबाट भित्रिने विशेषगरी भारतीय नम्बर प्लेट भएका गाडीहरूमाथि तोकिएकोभन्दा बढी रकम असुली भइरहेको गुनासो आएका कारण ठाेरीकाे एक कार्यक्रममा सहभागि भएर वीरगंज फर्कने क्रममा अनुगन गर्न ढाटमा पुगेका थिए । अनुगमनका क्रममा ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा राखिएका अस्थायी ढाटहरू (टोल नाका) मा अवैध असुली भइरहेको पाइएपछि तीन जनालाई पक्राउ गरि प्रहरीलाई बुझाएका हुन् ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ । मुख्यमन्त्री सिंहले यस्ता अवैध गतिविधिमाथि प्रदेश सरकारको ‘शून्य सहनशीलता’ नीति रहेको प्रष्ट पार्दै भने, “जनताको गुनासो सुनिन्थ्यो, आज प्रत्यक्ष देखियो । अब बलजफ्ती कर र सवारीसाधनमाथिको दुर्व्यवहार सह्य हुनेछैन।”

प्रदेश सरकारले यसअघि पनि सीमा नाका तथा ढाटहरूमा हुने अवैध असुली नियन्त्रण गर्न पहल गर्दै आएको थियो। सोमवारको छड्के अनुगमनलाई सरकारद्वारा कडा कारबाहीको संकेतका रूपमा हेरिएको छ।

जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ परेकाहरूको नाम विवरण हाललाई गोप्य राखेकाे छ । पक्राउ परेकाहरुकाे बारेमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गाैतम मिश्रले वताए ।

जगरनाथपुरले सार्वजनिक गर्‍यो ४५ करोडको बजेट, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

0

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड ४१ लाख १७ हजार ११ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाकाे वडा नं.–४ सन्ठीस्थित एक विद्यालय प्रांगणमा आयोजित १३ औं अधिवेशन तथा आ.व. २०८२/८३ निति तथा कार्यक्रम तथा बजेट  प्रस्तुतिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले साे बराबरकाे बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा संघीय समानीकरण, सशर्त, विशेष, राजस्व बाँडफाँड लगायतका शीर्षकबाट आउने अनुदान र गाउँपालिकाको आन्तरिक स्रोतसमेत समावेश गरिएको छ । प्रमुख खर्च शिर्षकमा शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा र सामाजिक विकासलाई प्राथमिकता दिइएको छ ।

शिक्षातर्फ १ करोड ६३ लाख, स्वास्थ्यतर्फ १ करोड ६० लाख, कृषिमा ७५ लाख, पशु सेवामा १० लाख ५० हजार, सामाजिक विकासमा १ करोड र गाउँपालिका तथा वडा कार्यालय सञ्चालनमा करिब १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

यस बर्षकाे बजेटमा गाउँपालिकाकाे प्रशासनिक भवन निर्माणकाे लागि रु ३ कराेड छुट्याइएकाे छ । यस्तै नयाँ कार्यक्रममा गाउँपालिका अध्यक्ष सामुदायिक क्लिनिक संचालन, वातावरण संरक्षणका लागि वाटर रिचार्ज सेन्टर निर्माण लगायतका कार्यक्रम पनि बजेटमा समेटिएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा पर्सा–४ का सांसद एवं पूर्व उद्योगमन्त्री रमेश रिजालले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा नघटाउन जनप्रतिनिधिलाई आग्रह गर्दै विकास र जनसेवामा राजनीति नगर्न सुझाव दिए । उनले सामुहिक प्रयासले मात्र विकास सम्भव रहेकाे भन्दै विकास निर्माणकाे काममा सबैले सहयाेग गर्नु पर्ने वताए ।

अध्यक्ष यादवको अध्यक्षता रहेको अधिवेशनमा उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपाली कुशवाहा, बिहारी महताे नुनिया, अयाेध्या पटेल, कार्यपालिका सदस्य, वडा सदस्य र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

पर्सामा पारिवारिक विवादका कारण श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

वीरगंज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ मा श्रीमानले आफ्नै श्रीमतीको घाँटी थिची हत्या गरेको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार २०८२ असार ७ गते राति करिब १२:४५ बजे २२ वर्षीय लालबाबु खातुनको घाँटी थिची हत्या गरिएको थियो। प्रारम्भिक अनुसन्धानबाट घटनामा संलग्न मृतकका श्रीमान् सफी राज मियाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको थियो। मृतकको शव नारायणी अस्पताल वीरगंजमा पोस्टमार्टमका लागि पठाइएको छ।

प्रहरीले घटनाको प्रमुख कारण पति–पत्नीबीचको मनमुटाव र घरेलु विवाद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। श्रीमतीले बाहिरीबाट काम गरेर घर आउदा आफूलाई बेवास्ता गरेको गुनासो गर्दै विवादमा हत्या गरेको श्रीमानले बताएका छन्।

पक्राउ परेका श्रीमानलाई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

जगरनाथपुरका उत्कृष्ट विद्यार्थीलाई विद्यालय पोशाक वितरण

वीरगंज । जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले पालिकाभित्रका २८ वटा विद्यालयमा अध्ययनरत प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गरेका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरेका छन् ।

शिक्षालाई प्राथमिकतामा राख्दै प्रेरणादायी वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष यादवले जानकारी दिएका छन्। उनले भने, “विद्यार्थीहरूमा अझ लगनशीलता र आत्मविश्वास बढाउने विश्वासका साथ यस्तो कार्यक्रम अघि बढाइएको हो। उत्कृष्ट विद्यार्थीहरू देशको उज्यालो भविष्य हुन्, त्यसैले यस्ता प्रोत्साहनात्मक कार्यक्रमलाई निरन्तरता दिइनेछ।”

विद्यालय परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष यादवसहित पालिकाका पदाधिकारी, विद्यालयका शिक्षक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले पोशाक प्राप्त गर्दा खुशी व्यक्त गरेका थिए।

पर्सा जिल्ला अदालतद्वारा जनमतकी सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

वीरगंज । जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अदालतले १६ जेठमा पर्सा प्रहरीको अनुरोधमा पुर्जी जारी गरेको हो ।

गुलेरिया नगरपालिका–५, बर्दियाकी स्थायी बासिन्दा रायमाझीमाथि पर्साका आशा कुमारी चौहानले बैंकिङ कसुरसम्बन्धी उजुरी दर्ता गरेकी थिइन् । चौहानका अनुसार रायमाझीले २ लाख ७५ हजार रुपैयाँ सापटी लिएर पटक–पटक माग्दा पनि रकम नतिरेपछि एभरेष्ट बैंकको चेक दिएकी थिइन् । तर, उक्त चेक रकम अभावका कारण बाउन्स भएको उजुरीमा उल्लेख छ ।

पर्सा प्रहरीका एक अधिकृतका अनुसार, “उहाँविरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको हो, कानुनी प्रक्रिया अघि बढाउँदैछौं ।” हालसम्म सांसद रायमाझीसँग सम्पर्क गर्न खोज्दा मोबाइलमा सम्पर्क हुन सकेको छैन।

यस विषयमा जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले भने, “पक्राउ पुर्जी जारी भएको भन्ने हामीले पनि सुनेका हौं। तर यो उहाँको व्यक्तिगत लेनदेनको विषय भएकाले पार्टीमा औपचारिक छलफल भएको छैन। यसमा पार्टीको संलग्नता छैन।”

समानुपातिक प्रणालीमार्फत प्रदेशसभा सदस्य बनेकी रायमाझी यसअघि जसपाबाट सांसद बनेकी थिइन् । उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री र माओवादी केन्द्रका मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा कृषि मन्त्रीसमेत भइसकेकी छन् ।

जीराभवानीको ३६ करोडको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साकाे जीराभवानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३६ करोड रुपैयाँको अनुमानित बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार वडा नम्बर ३ को वडा कार्यालय सभाहलमा आयोजित कार्यक्रममार्फत गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

उक्त नीति तथा कार्यक्रममा शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको उल्लेख छ । गाउँपालिका भित्रका दुईवटा माध्यमिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षा निरन्तर सञ्चालन गरिने भएको छ । साथै, आगामी फागुनभित्र पालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने र कार्तिक/मंसिरभित्र १० शैयाको आधारभूत अस्पताल सञ्चालनमा ल्याउने योजना रहेको उपाध्यक्ष चौधरीले जानकारी दिइन्।

कृषि क्षेत्र सुधारका लागि उत्पादन गरिएका अन्नबालीको बजार र मूल्य व्यवस्थापनमा जोड दिइएको छ। रासायनिक मल, उन्नत बीउ, कीटनाशक औषधि जस्ता कृषिउपकरण समयमा किसानलाई उपलब्ध गराउने तथा उचित मूल्य दिलाउने नीति अवलम्बन गरिने भएको छ।

सिचाइका लागि ८० लाख रुपैयाँको विद्युत प्रसारण कार्य चलिरहेको र आगामी वर्ष प्रदेश सरकारसँग माग गरिएका ५ करोड रुपैयाँ बराबरका आयोजनाबाट सम्पूर्ण किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले बताए । उनले नदी-खोला समेट्ने सिचाइ योजना ल्याइने र जल स्रोतको संरक्षण तथा संवर्द्धनमा पनि पालिका सक्रिय हुने बताए ।

गाउँपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ९ करोड, शर्तसहितको अनुदानबाट १८ करोड, राजस्व बाँडफाँडबाट ८ करोड र आन्तरिक स्रोतबाट १ करोड जुटाई कुल ३६ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको हो।

गाउँपालिका अध्यक्ष अनोज चौधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, वडाध्यक्ष रामशरण ख्वास थारु, महादेव महतो थारु र कार्यपालिका सदस्य सरोज चौरसियाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत शिवराज फूयालले गरेका थिए ।

गाउँपालिकाको भवन पुरानो आर्मी ब्यारेककै जग्गामा निर्माण हुन्छ : अध्यक्ष यादव

वीरगंज । पर्साको सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष जसवन्त यादवले कृषि,शिक्षा र स्वास्थ्यसंगसंगै सडक,नाला लगायतका भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् ।

सृजनाशील महिला सिप विकास केन्द्रको समन्वयमा सखुवा प्रसौननी गाँउपालिकाकाले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नागरिकका प्रश्नहरुको जवाफ दिने क्रममा गाँउपालिका अध्यक्ष यादवले यस्तो बताएका हुन् । अध्ध्यक्ष यादवले केन्द्र र प्रदेश सरकारबाट सिमित बजेट र स्रोत साधन आउँदाका बाबजुदपनि पालिकाले जनताको आवश्यकता र चाहनालाई प्राथमिकतामा राखेर विभिन्न विकास निर्माणका कामहरु गरिरहेको जिकिर गरे ।

अध्यक्ष यादवले चालु आर्थिक वर्षमा गाँउपालिकामा भएका विभिन्न योजना र त्यसबाट प्राप्त उपलब्धिहरु बरे सविस्तार जानकारप्नि गराए । आँफु अघिको नेतृत्त्वले आफ्नो कार्यकालमा गरेको काम र आँफु नेतृत्वमा आएपछिको तीन वर्षे कार्यकालमा भएका कामको मुल्यांकन जनताले गरिरहेको भन्दै यादवले भने,‘ म आउनुभन्दा पहिले पालिकामा के कति विकास निर्माणको काम भयो ? अनि म आएपछि के कति विकासको काम भएको छ ? जनताले देखिरहेका छन् ।’

गाँउपालिकाको प्रशासनिक भवन कुनै व्याक्ति वा पूर्व जनप्रतिनिधीको जग्गामा कुनैपनि हालतममा बन्न नदिने भन्दै अध्यक्ष यादवले भने,‘ भवनकै विषयलाई लिएर अहिलेपनि मैले दुई वटा मुद्धा खेपिरहेको छु । तर ठोकुवानका साथ भन्छु गाँउपालिकाको भवन पूरानो आर्मी ब्यारेककै जग्गामा बन्छ ।कुनै व्याक्ति वा पूर्व जनप्रतिनिधीको जग्गामा म बन्न दिन्न ।’

पूरानो आर्मी ब्यारेकको जग्गामा निर्माणधिन गाँउपालिकाको प्रशासनिक भवन आफ्नो यहि कार्यकालमा सकाएर सञ्चालनमा ल्याउने दाबी उनले गरे । अध्यक्ष यादवले गाँउपालिकाको बजेट वा स्रोत साधनको दुरुपयोग वा अनियमितता हुन नदिने दाबीपनि गरे । उनले भने,‘ कहि कतै दुरुपयोग वा अनियमितता भएको छ भने प्रमाणसहित मकहाँ आउनु होला, त्यसमा संलग्न जनप्रतिनिधि वा कर्मचारी जो भएपनि कारबाहीको दायरामा आउँछ ।’

कार्यक्रममा केहि व्याक्तिहरुले आफ्नो असन्तुष्टि जनाएपछि अध्यक्ष यादवले उनिहरुप्रति लक्षित गर्दै विकास निर्माणको सवालमा राजननीति नगर्न आग्रपनि गरे । उनले भने,‘ हामी राजनीति गर्ने नेताहरुपनि हौं । हाम्राबीच राजनीतिक मतभेद छ । त्यसका लागि बहश गर्ने अन्य प्लेटफर्मपनि छन् । यदि गाँउपालिकासंग जोडिएका तपाईहरुका केहि असन्तुष्टि ,प्रश्न छन् भने यहि कार्यक्रममा राख्नुहोस् त्यसको तथ्यपूर्ण जवाफ दिन म तयार छु । तर कार्यक्रममा भाँडभैलो हुने गरी अराजक शैलीमा प्रस्तुत नहुनुसे आग्रह छ ।’

दीपनारायण आदर्श माध्यमिक विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा सहभागीहरुले विद्यालयका दिवास खाजा, इन्धन, गाँउपालिकामा भएको खानानास्ता इत्यादिमा भएको खर्चबारे राखेको प्रश्नको जवाफ दिदैं प्रमुख प्रशासकिय अधिकृत रामबाबु कुशवाहाले जवाफ दिएका थिए ।

गाउँपालिका अध्यक्ष यादवकै अध्यक्षता तथा उपाध्यक्ष शर्मिला विष्ट र प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्षहरु बासुदेव महतो, चिरञ्जीवी महतो थारु, मोजामिल मियाँ अन्सारी, असेश्वर प्रसाद यादव, गाँउकार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरु, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय नागरिक, कर्मचारी,सञ्चारकर्मी लगायतकाको सहभागिता रहेको थियो।

न्यायाधीश थारुका पिएसओ असई साहमाथि पनि छानबिन

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुसीराम थारूका तत्कालीन व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) प्रहरी सहायक निरीक्षक (असई) मुन्ना साहमाथि पर्सा प्रहरीले छानबिन सुरु गरेको छ।

प्रहरी स्रोतका अनुसार असई साहलाई जिल्ला प्रहरी कार्यालय पर्सा तानेर औपचारिक छानबिन प्रक्रिया अगाडि बढाइएको हो। उनलाई छानबिनका लागि केन्द्रबाट पत्र प्राप्त भएपछि प्रक्रिया अघि बढाइएको जनाइएको छ। दोष पुष्टि भएमा विभागीय कारबाहीको सिफारिस गरिने प्रहरी स्रोतले जनाएको छ।

गत २९ वैशाखमा नेकपा बहुमतका कार्यकर्ताले न्यायाधीश थारूमाथि मोसो प्रहार गरेका थिए। सोही समयमा पिएसओ साह छुट्टीमा रहेकाले सुरक्षाको अभाव भएको आरोप लागेको थियो।

उक्त दिन न्यायाधीश थारू इजलासमा प्रवेश गरेपछि असई साह छुट्टी लिएर बाहिर निस्किएका थिए, जुन समयमा मोसो प्रहारको घटना भएको थियो।

न्यायाधीश थारू उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा एक्ला न्यायाधीश थिए, जसको सुरक्षार्थ असई स्तरका पिएसओ तोकिएका थिए। अन्य न्यायाधीशहरूका पिएसओमा प्रहरी जवान वा हवल्दार तोकिएका छन्।

थारू नेतृत्वको इजलासले गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला सुनाएको थियो। उक्त फैसलापछि न्यायालयमा सुरक्षा चुनौती थपिएको र पिएसओको भूमिकाप्रति प्रश्न उठेको बताइएको छ।

वीरगंजमा ११औं अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा सम्पन्न, मुख्यमन्त्री सिंहको सहभागिता

वीरगंज । वीरगञ्ज — ११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले शनिबार बिहान शंकराचार्य गेटमा भव्य योग कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह प्रमुख अतिथिको रूपमा सहभागी भए।

साताव्यापी कार्यक्रमअन्तर्गतको समापन समारोहमा सयौंको संख्यामा सहभागीहरू उपस्थित थिए । योग प्रशिक्षकहरूको नेतृत्वमा सामूहिक योग अभ्यास गरिँदै, स्वास्थ्य सचेतना अभिवृद्धिका लागि जनसमुदायलाई प्रेरित गरिएको थियो।

मुख्यमन्त्री सिंहले योगलाई “सबै रोगको अचुक औषधि” भन्दै दैनिक जीवनशैलीमा योगको समावेश आवश्यक रहेको बताए। उनले भने, “योग स्वास्थ्यको सुरक्षाकवच हो, जसले शारीरिक र मानसिक सन्तुलन कायम गर्छ।”

भारतीय महावाणिज्यदूत देवी सहाय मिनाले कार्यक्रमका सहभागीहरूप्रति स्वागत व्यक्त गर्दै योगको ऐतिहासिक पृष्ठभूमि र अन्तर्राष्ट्रिय महत्त्वबारे प्रकाश पारे। उनले “एक पृथ्वी, एक स्वास्थ्य” भन्ने नाराले मानव र प्रकृतिको समन्वयलाई जोड दिएको बताए।

कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोदकुमार जयसवाल, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, सुरक्षा निकायका प्रमुख, पतञ्जली योग समिति, नेपाल-भारत मैत्री संघलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन भारतीय महावाणिज्य दूतावासका राजनीतिक कन्सुल संजयकुमारले गरेका थिए । सहभागीहरूले “वसुधैव कुटुम्बकम्” को भावनाले निर्देशित योग अभियानले नेपाल-भारत सम्बन्ध थप प्रगाढ बनाएको र समाजमा योगप्रतिको चेतना बढाएको धारणा व्यक्त गरेका थिए।

वीरगंज ११ मा बृक्षाराेपण कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ११ स्थित श्री नेपाल राष्ट्रिय विद्यापिठ माद्यमिक विद्यालय श्रीपुरमा शनिबार बृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंज महानगरपालिका वडा नं. ११ काे कार्यालयकाे संयाेजन र सिवांश व्यवसायिक प्रा.लि. जगरनाथपुर गा.पा. ६ पर्साकाे आयाेजनामा बृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रम अन्तर्गत विद्यालयकाे फिल्डका विभिन्न प्रजातिका १२० वटा विरुपा राेपिएकाे आयाेजकले जनाएकाे छ  ।

वडाध्यक्ष अजय कुमार बरैकाे अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर कुर्मीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वडा सचिव उमेश शर्मा, वडा सदस्य मुस्किम हवारी, जगन लाल महताे, गाैदमी देवी, शिक्षक बृजमाेहन प्रसाद कानु, असलम अन्सारी, आयाेजक संस्थाका रामानन्द ठाकुर लगायतकाे उपस्थिती हरेकाे थियाे ।