Date
बिहि, साउन २८, २०८३
Thu, August 13, 2026

वीरगंजमा चार करोड लगानीमा फोहोरमैला प्रशोधन प्लान्ट निर्माणको त्रिपक्षीय सम्झौता

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन ऐतिहासिक कदम चालेको छ। आज वीरगञ्ज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्या नेपाल प्रा.लि. बीच करिब चार करोड रुपैयाँको लगानीमा फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार महानगरको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा पूर्ण रूपमा निजी लगानीमा अत्याधुनिक फोहोर प्रशोधन प्लान्ट निर्माण गरिनेछ। निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगञ्ज महानगरपालिकालाई हस्तान्तरण गरिनेछ। सम्झौतामा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठ र जिरो वेस्ट इनिसिएटिभ नेपालका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

सम्झौता पश्चात् वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले भने, “वीरगञ्जलाई फोहोरमुक्त र हरित शहर बनाउने हाम्रो दीर्घकालीन लक्ष्य हो। यो परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ युगको सुरुवात गर्नेछ। अब फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढ्दैछ।”

महानगरका अनुसार, डम्पिङ साइटमा बन्ने यो प्लान्टले शहरभरिबाट संकलित फोहोरलाई प्रशोधन गरी प्लास्टिकजन्य फोहोर पुनःप्रयोगमा ल्याउने र जैविक फोहोरबाट मल उत्पादन गर्ने योजना रहेको छ। यसले फोहोर व्यवस्थापन प्रणालीमा स्थायी सुधार ल्याउने, वातावरणीय प्रदूषण घटाउने र हरित अर्थतन्त्रतर्फ योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी महर्जनले भने, “यो परियोजना सम्पन्न भएपछि वीरगञ्ज ‘फोहोरमुक्त, स्वच्छ र हरित शहर’ बन्ने दिशामा ठोस र दीर्घकालीन कदम अघि बढ्नेछ। हाम्रो उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत यो लगानी गरेको हो। नाफामुखी व्यापारसँगै हामी समाज र वातावरण दुवैप्रति उत्तरदायी रहन चाहन्छौं।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम...

युवाको जोश र सोचलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : अध्यक्ष सरार्फ

वीरगंज । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले युवालाई राष्ट्र निर्माणको वर्तमान शक्ति र परिवर्तनका प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने...

वीरगंजका विद्यालयमा दुई दिन बिहान कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढेपछि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन अनिवार्य रूपमा बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको...