Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

सुरक्षामा उत्कृष्ट योगदान गरेका सई गौरव दास सम्मानित

spot_img
spot_img

वीरगंज । श्री दुर्गा मन्दिर पूजासमिति, गंगा पिपरा (रौतहट) ले दुर्गा पूजा मेला उत्सवको क्रममा शान्ति–सुरक्षा, ट्राफिक व्यवस्था र भीड नियन्त्रणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै इलाका प्रहरी कार्यालय गंगापिपराका प्रहरी नायब निरीक्षक (सई) गौरव कुमार दासलाई प्रशंसा–पत्र प्रदान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि गंगा पिपरा गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंह र विशेष अतिथि प्रहरी उपरीक्षक (एसपी) नेत्र मणि गिरी रहेकाे कार्यक्रममा उनलाई प्रशंसा पत्रले सम्मान गरिएकाे थियाे । उनीहरूले नायब निरीक्षक दासको नेतृत्वमा कार्यरत सम्पूर्ण प्रहरी टोलीले मेलाको समयमा देखाएको तत्परता, व्यावसायिकता र सेवाभावको प्रशंसा गर्दै निरन्तर यसैगरी सहयोगात्मक भूमिका निभाइरहन शुभकामना व्यक्त गरे ।

समितिका अध्यक्ष शैलेन्द्र कुमार सिंह र सचिव छोटान सिंहले संयुक्त रूपमा प्रशंसा–पत्र प्रदान गर्दै दुर्गा पूजा मेला सफल बनाउन प्रहरी प्रशासनको उल्लेखनीय योगदान प्रति धन्यवाद ज्ञापन गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढे

सेढवा । मौसम परिवर्तनसँगै पर्साको ग्रामीण भेगमा रुघाखोकी, भाइरल ज्वरो तथा टाइफाइडलगायतका रोगका बिरामीको संख्या बढ्न थालेको छ । बिहान–बेलुका चिसो र दिउँसो गर्मी...

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना...

विश्वकप लिग–२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ...