Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

अभिषेक सर्राफको घरबाट दुई किलोभन्दा बढी सुन र १० किलो चाँदी बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलिले वीरगंजबाट ठूलो परिमाणमा सुन, चाँदी र नगद बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा वीरगंज महानगरपालिका–८ माईस्थानस्थित अभिषेक सर्राफको घरमा छापा मार्दा अबैध रूपमा भन्सार छलि ल्याई गोदाममा राखिएको सुन र चाँदी फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

संयुक्त टोलिले बरामद गरेको सुन–चाँदीको मापन गर्दा सुन २ किलाे २५४.८६ ग्राम, चाँदी १० किलाे ३५४.०७ ग्राम, सुन जस्तो देखिने ५५९.१० ग्राम, चाँदी जस्तो देखिने ५५० ग्राम तथा नगद नेपाली रुपैयाँ एक लाख ९ हजार र भारतीय रुपैयाँ ४१‍ हजार ६० फेला परेको हो ।

बरामद गरिएका वस्तुहरू आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...