Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

अभिषेक सर्राफको घरबाट दुई किलोभन्दा बढी सुन र १० किलो चाँदी बरामद

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलिले वीरगंजबाट ठूलो परिमाणमा सुन, चाँदी र नगद बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा वीरगंज महानगरपालिका–८ माईस्थानस्थित अभिषेक सर्राफको घरमा छापा मार्दा अबैध रूपमा भन्सार छलि ल्याई गोदाममा राखिएको सुन र चाँदी फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

संयुक्त टोलिले बरामद गरेको सुन–चाँदीको मापन गर्दा सुन २ किलाे २५४.८६ ग्राम, चाँदी १० किलाे ३५४.०७ ग्राम, सुन जस्तो देखिने ५५९.१० ग्राम, चाँदी जस्तो देखिने ५५० ग्राम तथा नगद नेपाली रुपैयाँ एक लाख ९ हजार र भारतीय रुपैयाँ ४१‍ हजार ६० फेला परेको हो ।

बरामद गरिएका वस्तुहरू आवश्यक कारबाही तथा अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशको तनावबीच पर्सामा सर्वदलीय बैठक बस्दै, ३ सांसद सहित विभिन्न दलका प्रतिनिधि सहभागि

वीरगंज । सुनसरीको कप्तानगञ्ज घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा बढ्दो तनावका बीच पर्सामा शान्ति, सुरक्षा र सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा...

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...