Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

वीरगंजमा सुनचाँदी व्यवसायीको घरमा राजस्व अनुसन्धान कार्यालयको छापा

spot_img
spot_img

वीरगंज । राजस्व अनुसन्धान कार्यालय बारा, पथलैया स्थित कार्यालयले वीरगञ्ज महानगरपालिका–९, गीता मन्दिर रोड नजिकै रहेको सुनचाँदी व्यवसायी अभिषेक सर्राफको घरमा छापामारी गरेको छ।

राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माको नेतृत्वमा खटिएको टोलीले अभिषेक ज्वेलर्सका सञ्चालक सर्राफको घर, कारोबार स्थल र गोदाममा राजस्व चुहावटको सूचनाका आधारमा खानतलासी गरेको हो।

अधिकृत शर्माका अनुसार, छानबिनका क्रममा कारोबारसँग सम्बन्धित कागजात, खाता, विद्युतीय माध्यम र अन्य प्रमाणहरू कब्जामा लिइएका छन् । उनले भने, “राजस्व चुहावट भएको सूचनाको आधारमा यो खानतलासी गरिएको हो । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम आवश्यक कागजात, मालसामान तथा प्रमाणहरू कब्जामा लिएर छानबिन भइरहेको छ।”

छापामारीका क्रममा संचालक सर्राफलाई नियन्त्रणमा लिएर सुनचाँदी व्यवसायी संघको रोहवरमा आवश्यक सोधपुछ र चेकजाँच भइरहेको जनाइएको छ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको थियाे । राजस्व अनुसन्धान कार्यालयको टोलीले कब्जामा लिएको सुनचाँदी तथा सम्बन्धित वस्तुहरूको विवरण संकलन कार्य भइरहेकाे वताएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...