Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

जगरनाथपुर गाउँपालिकामा अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट २०८२ सुरु

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकामा आजदेखि “अध्यक्ष कप २०८२ क्रिकेट टुर्नामेन्ट” प्रतियोगिता सुरु भएको छ ।

गाउँपालिकाको वडा नं. ५ स्थित मेघराज उपाध्याय क्रिकेट खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको वीरगंज महानगरपालिकाका उप–मेयर इमतियाज आलम र जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षता र उप मेयर आलमको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, नेपाली कांग्रेस पर्साका सह–सचिव नवीन सिंह, वडाध्यक्ष बिहारी महतो नुनिया, रामअयोध्या पटेल लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन खेल जगरनाथपुर गाउँपालिकाको वडा नं. २ र वडा नं. ६ बीच भइरहेको छ । प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाका टिमहरूले सहभागिता जनाउने गाउँपालिकाका अधिकृत दया चौहानले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...