Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 141

जगरनाथपुर गाउँपालिकाद्वारा ५०% अनुदानमा चैती धानकाे बिउ वितरण

0

 वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा चैती धानको बिउ वितरण गरेको छ । गाउँपालिका अन्तर्गतका ६ वटै वडाका ३ सय जना कृषकलाई हालसम्म १२ टन बिउ वितरण गरिसकिएको गाउँपालिकाको कृषि शाखा प्रमुख दाया चौहानले जानकारी दिए ।

कृषि उत्पादन वृद्धि, समयमै रोपाइँ र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कृषि शाखाले जनाएको छ । अनुदानमा उपलब्ध गराइएको उन्नत जातको बिउले चैती धानखेती विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ ।

गाउँपालिकाले आगामी दिनमा पनि उत्पादनमुखी तथा कृषकमैत्री कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । कृषकहरुले अनुदान कार्यक्रमले लागत घटाउन र उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

वीरगंज १० मा सय जना युवा एमाले प्रवेश, रिमा यादवलाई जिताउन गरे प्रतिबद्धता

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. १० मा बिहीबार नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

एमाले वडा कमिटी घडिअर्वाद्वारा आयोजित कार्यक्रममा सय जना भन्दा बढीले विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेको एमालेका पिन्टु उपाध्यायले जानकारी दिए। नवप्रवेशीहरूलाई एमालेका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नं. २ का इन्चार्ज विजय सरावगी सहितका नेताहरूले अविरको टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सरावगीले युवाहरूको प्रवेशले वीरगञ्ज–१० मा एमाले झन् बलियो बनेको बताए। उनले आगामी निर्वाचनमा पर्सा क्षेत्र नं. २ की जेनेरेशन–जी र युवा उम्मेदवार रिमा कुमारी यादवलाई विजयी गराउन सबैलाई सक्रिय भूमिका खेल्न आग्रह गरे। साथै, उनले एमालेको चुनाव चिन्ह ‘सूर्य’मा मतदान गर्न अपिल गरे।

एमाले वडा नं. १० का अध्यक्ष मुकेश पटेलको अध्यक्षता तथा सरावगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले वीरगञ्ज महानगर कमिटीका पूर्व अध्यक्ष नवराज शर्मा, नेता अजय गुप्ता लगायतले मन्तव्य राख्दै यसपटकको निर्वाचनमा एमालेको जित आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रममा एमालेमा प्रवेश गर्ने युवाहरूले पर्सा क्षेत्र नं. २ की उम्मेदवार रिमा कुमारी यादवलाई विजयी गराउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्।

लक्ष्मीपुरमा रमेश रिजालको घरदैलो, उत्साहजनक सहभागिता

0

वीरगंज । नेपाली कांग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले जगरनाथपुर गाउँपालिका वडा नं. २ लम्मीपुरमा बिहीबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् । चुनावी अभियानलाई तीव्र बनाउँदै रिजाल मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष भेटघाट र संवादमा सहभागी भएका थिए ।

कार्यक्रमका क्रममा उम्मेदवार रिजालले स्थानीय बासिन्दासँग विकास निर्माणका योजना, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयमा विस्तृत छलफल गरेका थिए । मतदातासँगको संवादमा उनले विगतमा सम्पन्न गरेका विकासे कामहरूको विवरण प्रस्तुत गर्दै अधुरा तथा बाँकी योजनाहरूलाई निर्वाचन जित्नासाथ प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयले क्षेत्रको समग्र विकास, सडक स्तरोन्नति, सिंचाइ सुविधा, खानेपानी व्यवस्थापन तथा युवाका लागि रोजगारी सिर्जनामा विशेष ध्यान दिन आग्रह गरेका थिए । त्यसप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै रिजालले जनताको सुझावलाई आफ्नो प्राथमिक कार्यसूचीमा समावेश गर्ने विश्वास दिलाए।

घरदैलो कार्यक्रममा क्षेत्रीय नेता, स्थानीय अगुवा, पार्टीका कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा देखिएको जनसहभागिताले कांग्रेसप्रति क्षेत्रको समर्थन मजबुत बन्दै गएको स्थानीय नेताहरूले बताएका छन्।

रिजाल यसअघि सोही क्षेत्रबाट निर्वाचित भइसकेका नेता हुन्। सालीन र असल व्यक्तित्वका रूपमा परिचित उनी पर्सामा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्न सक्ने नेताका रूपमा उनको पहिचान रहेको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ।

पर्सामा मदिरा बिक्री–वितरण र सेवनमा प्रतिबन्ध

0

वीरगंज । जिल्ला प्रशासन कार्यालय, पर्साले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको सूचना जारी गरेको छ ।

कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक स्थानमा मदिराजन्य पदार्थको बिक्री–वितरण र सेवनबाट शान्ति–सुरक्षामा पर्न सक्ने असरलाई मध्यनजर गरिएको हो ।

निर्वाचन आयोग, नेपालद्वारा प्रकाशित विज्ञप्ति, गृह मन्त्रालयबाट प्राप्त निर्देशन तथा जिल्ला सुरक्षा समितिको मिति २०८२।११।१४ गतेको निर्णयअनुसार मिति २०८२।११।१५ गतेदेखि लागू हुने गरी निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको जनाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जारी गरेको सूचनामार्फत कोही कसैले उक्त निर्णयको उल्लङ्घन गरी मदिरा बिक्री–वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। सूचनामा सम्बन्धित सबैलाई निर्णयको पालना गर्न आग्रह समेत गरिएको छ।

पर्सा–३ मा रुपेश पाण्डेयको उम्मेदवारी कायम, सर्वोच्च अदालतबाट कारण देखाउ आदेश

0

वीरगंज । नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश कुमार पाण्डेयको उम्मेदवारी कायम रहने भएको छ। सर्वोच्च अदालतका इजलास नम्बर–७ का न्यायाधीश मेघराज पाखरेलले पाण्डेयविरुद्ध दायर उत्प्रेषण मुद्दामा कारण देखाउ आदेश जारी गरेपछि पाण्डेकाे उम्मेदवारी कायम रहने भएकाे हाे ।

पाण्डेयविरुद्ध सोही क्षेत्रका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलाल प्रसाद यादवले निर्वाचन आयोग कान्तिपथ काठमाडौं समेतलाई विपक्षी बनाउँदै उम्मेदवारी खारेज गर्न माग गरी रिट दायर गरेका थिए । रिटमा बैंक ऋण नतिरेको विषय उठाउँदै कर्जा सूचना केन्द्रको कालोसूचीसम्बन्धी प्रसंग उल्लेख गरिएको थियो ।

यसअघि निर्वाचन आयोगले कर्जा सूचना केन्द्रबाट प्राप्त विवरणका आधारमा पाण्डेसँग स्पष्टीकरण मागेको थियो । उजुरी परेपछि आयोगले कानुनी प्रक्रिया अघि बढाएको र त्यसै सन्दर्भमा सर्वोच्च अदालतमा मुद्दा पुगेको जनाइएको छ।

यता एमाले पक्षले भने पाण्डेको बढ्दो जनसमर्थन देखेपछि विपक्षी शक्तिहरूले अनावश्यक दु:ख दिनकाे लागि आयोग र अदालतको ढोका ढकढक्याएको आरोप लगाएको छ । उम्मेदवारी दर्तापछि ‘कालोसूची’सम्बन्धी हल्ला सामाजिक सञ्जाल र स्थानीय तहमा फैलाइएको दाबी गरिएको छ ।

एमाले नेतृत्वले यसलाई राजनीतिक रूपमा चरित्र हत्या गर्ने प्रयासको संज्ञा दिएको छ । उम्मेदवार पाण्डेले बैंकिङ विषयलाई चुनावी हतियार बनाइनु लोकतान्त्रिक अभ्यासको उपहास भएको बताए । “निर्वाचन आयोग बैंकको लेनदेन हेर्ने निकाय होइन, चुनाव लड्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो,” उनले प्रतिक्रिया दिए।

एमाले पर्साका इन्चार्ज प्रभु हजराले पनि विपक्षी दलहरू जनमतबाट पराजयको सम्भावना देखेपछि अदालतको आड लिएको आरोप लगाए। “जनताको मतबाट हार्ने निश्चित देखेपछि केही शक्तिहरू रिटमार्फत उम्मेदवार हटाउन खोजिरहेका छन्,” उनले भने।

वीरगंजमा निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिताबारे अभिमुखीकरण सम्पन्न

0

वीरगंजमा । निर्वाचन रिपोर्टिङलाई मर्यादित, निष्पक्ष र जिम्मेवार बनाउन केन्द्रित एक दिने अभिमुखीकरण कार्यक्रम बुधबार वीरगञ्जमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको आयोजनामा भएको कार्यक्रममा मधेस प्रदेशका आठवटै जिल्लाका जिल्ला शाखाका अध्यक्ष, पदाधिकारी तथा फिल्डमा सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण महासंघको मधेस प्रदेश समितिले गरेको थियो ।

महासंघकी केन्द्रीय महिला उपाध्यक्ष नितु पंडितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पूर्व सचिव दिपेन्द्र चौहान, लेखा समिति संयोजक केशी लामिक्षाने, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा अध्यक्ष ओमप्रकाश खनाल, बारा अध्यक्ष रमेश सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

अभिमुखीकरणका क्रममा सहभागी पत्रकारहरूलाई चार समूहमा विभाजन गरी निर्वाचन आचारसंहिता पालनासम्बन्धी विषयमा विस्तृत छलफल गराइएको थियो । विशेषगरी निर्वाचन अवधिमा प्रकाशित हुने समाचारले आमजनतामा पार्ने प्रभाव, मतदाताको धारणा निर्माणमा सञ्चारमाध्यमको भूमिका तथा तथ्यपरक र सन्तुलित रिपोर्टिङको आवश्यकता बारे केन्द्रित बहस भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा वक्ताहरूले निर्वाचन रिपोर्टिङका क्रममा सत्यता, सन्तुलन र जिम्मेवारी कायम राख्नु पत्रकारको मुख्य दायित्व भएकोमा जोड दिएका थिए ।

अपौनी र हरपतगन्जमा परागको घरदैलो, स्थानीयबाट उत्साहजनक स्वागत

0

वीरगंज । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज आफ्नै गाउँ वीरगञ्ज महानगरपालिका वडा नम्बर–२० अन्तर्गत अपौनी र हरपतगन्जमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

घरदैलोका क्रममा स्थानीयवासीहरूले फूलमाला तथा गम्छा लगाई उम्मेदवार सिंहलाई भव्य स्वागत गरेका थिए । कार्यक्रममा गाउँवासीको उल्लेखनीय सहभागिता देखिएको थियो ।

भेटघाटका क्रममा स्थानीय तथा युवाहरूले देशलाई शिक्षित, सक्षम र इमान्दार युवा नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्दै “गाउँ मात्र होइन, समग्र नेपालका लागि सोच्ने र काम गर्ने युवा सांसद चाहिएको छ” बताएका थिए ।

स्थानीयवासीहरूले वडा अध्यक्षका रूपमा निर्वाचित भई विकास निर्माणका कामसँगै महानगरभित्र देखिएका विकृति तथा भ्रष्टाचारका विषयमा आवाज उठाएको भन्दै सिंहको प्रशंसा गरेका थिए । उनीहरूले आगामी निर्वाचनमा पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता जनाए ।

कार्यक्रमपछि उम्मेदवार सिंहले गाउँवासीहरूको माया, स्नेह र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि जनताकै बीचमा रहेर गुनासा सुन्ने र विकासका कार्यमा निरन्तर अग्रसर रहने बताए ।
“म पुराना पार्टी र उम्मेदवार जस्तो हुने छैन । जित–हार आफ्नो ठाउँमा हुन्छ, तर म नेता भएर होइन, सम्पूर्ण जनताको सेवक बनेर काम गर्नेछु,” सिंहले भने ।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पर्सागढीमा सयौं नेता–कार्यकर्ता एमाले प्रवेश, रीमा यादवलाई जिताउने घोषणा

0

वीरगंज । पर्सागढी नगरपालिकामा विभिन्न दल परित्याग गरी सयौं नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । नवप्रवेशीहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रीमा कुमारी यादवलाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार वीरगंज–१० का एमाले नेता प्रमोद गुप्ता, अंगद गुप्ता र अजय गुप्ताको पहलमा आयोजित कार्यक्रममा जनमत पार्टी र नेपाली कांग्रेस परित्याग गरेका नेता–कार्यकर्ताहरू एमालेमा समाहित भएका हुन् । जनमत पार्टीका पर्सागढी नगर सचिव सिकेन्द्र मण्डलको नेतृत्वमा सयभन्दा बढी नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका थिए । त्यसैगरी नेपाली कांग्रेसका स्थानीय नेता श्याम चौधरी र अवधलाल साह कानुको नेतृत्वमा पनि दर्जनभन्दा बढी नेता एमालेमा आबद्ध भएका छन् ।

पार्टी प्रवेश गर्नेहरूमा जेन्जी नेता कमलेश कुमार साह, सरोज कुमार पटेल, मुन्ना देवी, राजकुमारी देवीलगायत रहेका छन् । उनीहरूलाई एमालेका केन्द्रीय सदस्य विजय सरावगी, प्रदेश उपाध्यक्ष बिचारी यादवसहितका नेताहरूले अबिर–टिका र गम्छा ओढाएर स्वागत गरेका थिए ।

यस्तै, पर्सागढी नगरपालिका वडा नम्बर–४ हरदासपुर थरुवान टोलमा जनता समाजवादी पार्टी, नेपाल परित्याग गरी २५१ जना युवा तथा महिलाहरू एमालेमा प्रवेश गरेका छन् । आयोजित कार्यक्रममा जिल्ला उप–सचिव नबिजान अंसारी, एमाले नेता प्रदुमन प्रसाद यादव, सफीदेवान, अशोक यादव तथा रमेश यादवलगायत नेताहरूले नवप्रवेशीहरूलाई टिका र गम्छा लगाएर स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै नेताहरूले एमालेको नीति, विचार र विकासमुखी एजेण्डाबाट प्रभावित भई ठूलो संख्यामा युवाहरू तथा महिलाहरू पार्टीमा आबद्ध भएको बताए । नवप्रवेशीहरूले राष्ट्र निर्माण, सुशासन र समृद्धिका लागि एमाले नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्दै पर्सा–२ की उम्मेदवार रीमा यादवको पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

एमाले नेताहरूले पछिल्लो पार्टी प्रवेशले पर्सा क्षेत्रमा एमालेको जनाधार थप बलियो भएको दाबी गर्दै आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा स्थानीय कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

पाेखरियामा रामाकान्त चौरसियाको घरदैलो, विकास र सुशासनमा जोड

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामाकान्त चौरसियाको घरदैलो अभियान तीव्र बनेको छ । घरदैलो तथा भेटघाट कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै आएका चौरसियाले विकास, सुशासन र पारदर्शितालाई मुख्य एजेण्डा बनाएका छन् ।

बुधबार पोखरिया नगरपालिकाका विभिन्न वडाहरूमा आयोजित घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको छ । प्रत्येक टोलमा पुगेर चौरसियाले स्थानीय समस्या, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयमा आफ्ना योजना प्रस्तुत गरेका छन् । उनले मतदातासँग रास्वपाको चुनाव चिह्न ‘घण्टी’मा मतदान गर्न आग्रह गरे ।

अभियानका क्रममा चौरसियाले विगतका राजनीतिक अभ्यासबाट निराश भएका नागरिकलाई वैकल्पिक शक्ति रोज्ने समय आएको उल्लेख गरे । रास्वपाको एजेण्डा नै स्थिरता र समृद्धिको आधार भएको दाबी गर्दै उनले भने, “जनताको प्रत्यक्ष सहभागितामै समृद्ध पर्सा निर्माण सम्भव छ ।”

स्थानीय युवाहरू, महिला समूह तथा ज्येष्ठ नागरिकसँग छलफल गर्दै उनले पर्सा–३ लाई विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे । उनका समर्थकहरूका अनुसार अभियानमा देखिएको बढ्दो सहभागिता र सकारात्मक प्रतिक्रिया चौरसियाप्रति बढ्दो विश्वासको संकेत हो ।

आगामी निर्वाचनमा ‘घण्टी’ छापमा मतदान गरी परिवर्तनको पक्षमा उभिन उनले सम्पूर्ण मतदातासँग अपिल गरेका छन् ।

घरदैलोमा सुशील कुमार कानु, वीरगंजलाई कुशासनमुक्त र व्यवसायमैत्री बनाउने प्रतिबद्धता

0

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले मंगलबार वीरगंज महानगरपालिका–६ माइस्थान तथा वडा नम्बर–९ घण्टाघर–पानमन्डी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन् ।

घरदैलोका क्रममा महानगरका विभिन्न टोलमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले औद्योगिक तथा व्यापारिक सहर वीरगञ्जलाई कुशासनमुक्त बनाई व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए । उनले मतदातालाई रास्वपाको चुनाव चिह्न ‘घण्टी’मा मतदान गर्न आग्रह गरे ।

चार दशकदेखि चल्दै आएको राजनीतिक अभ्यासले जनताको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको उल्लेख गर्दै कानुले समृद्ध नेपाल निर्माणका लागि नयाँ राजनीतिक संस्कार आवश्यक रहेको बताए । “पर्सा देशकै महत्त्वपूर्ण जिल्ला हो, तर यहाँबाट निर्वाचित सांसद र मन्त्रीहरूको बेवास्ताका कारण जिल्लाको विकास अपेक्षाकृत हुन सकेन,” उनले भने, “व्यापार–व्यवसाय, पूर्वाधार र सडकको अवस्था जीर्ण छ । अब प्राथमिकताका साथ सुधार गर्नुपर्छ ।”

निर्वाचित भएमा संघीय, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी योजनाबद्ध विकास अघि बढाइने उनको भनाइ थियो । उनले पर्साको औद्योगिक सम्भावनालाई मध्यनजर गर्दै ठूला विकास आयोजना अघि सार्ने दाबी समेत गरे ।