Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

पर्सागढीमा सयौं नेता–कार्यकर्ता एमाले प्रवेश, रीमा यादवलाई जिताउने घोषणा

spot_img
spot_img

वीरगंज । पर्सागढी नगरपालिकामा विभिन्न दल परित्याग गरी सयौं नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । नवप्रवेशीहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रीमा कुमारी यादवलाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार वीरगंज–१० का एमाले नेता प्रमोद गुप्ता, अंगद गुप्ता र अजय गुप्ताको पहलमा आयोजित कार्यक्रममा जनमत पार्टी र नेपाली कांग्रेस परित्याग गरेका नेता–कार्यकर्ताहरू एमालेमा समाहित भएका हुन् । जनमत पार्टीका पर्सागढी नगर सचिव सिकेन्द्र मण्डलको नेतृत्वमा सयभन्दा बढी नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका थिए । त्यसैगरी नेपाली कांग्रेसका स्थानीय नेता श्याम चौधरी र अवधलाल साह कानुको नेतृत्वमा पनि दर्जनभन्दा बढी नेता एमालेमा आबद्ध भएका छन् ।

पार्टी प्रवेश गर्नेहरूमा जेन्जी नेता कमलेश कुमार साह, सरोज कुमार पटेल, मुन्ना देवी, राजकुमारी देवीलगायत रहेका छन् । उनीहरूलाई एमालेका केन्द्रीय सदस्य विजय सरावगी, प्रदेश उपाध्यक्ष बिचारी यादवसहितका नेताहरूले अबिर–टिका र गम्छा ओढाएर स्वागत गरेका थिए ।

यस्तै, पर्सागढी नगरपालिका वडा नम्बर–४ हरदासपुर थरुवान टोलमा जनता समाजवादी पार्टी, नेपाल परित्याग गरी २५१ जना युवा तथा महिलाहरू एमालेमा प्रवेश गरेका छन् । आयोजित कार्यक्रममा जिल्ला उप–सचिव नबिजान अंसारी, एमाले नेता प्रदुमन प्रसाद यादव, सफीदेवान, अशोक यादव तथा रमेश यादवलगायत नेताहरूले नवप्रवेशीहरूलाई टिका र गम्छा लगाएर स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै नेताहरूले एमालेको नीति, विचार र विकासमुखी एजेण्डाबाट प्रभावित भई ठूलो संख्यामा युवाहरू तथा महिलाहरू पार्टीमा आबद्ध भएको बताए । नवप्रवेशीहरूले राष्ट्र निर्माण, सुशासन र समृद्धिका लागि एमाले नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्दै पर्सा–२ की उम्मेदवार रीमा यादवको पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

एमाले नेताहरूले पछिल्लो पार्टी प्रवेशले पर्सा क्षेत्रमा एमालेको जनाधार थप बलियो भएको दाबी गर्दै आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा स्थानीय कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...