Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

पर्सागढीमा सयौं नेता–कार्यकर्ता एमाले प्रवेश, रीमा यादवलाई जिताउने घोषणा

spot_img
spot_img

वीरगंज । पर्सागढी नगरपालिकामा विभिन्न दल परित्याग गरी सयौं नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । नवप्रवेशीहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रीमा कुमारी यादवलाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार वीरगंज–१० का एमाले नेता प्रमोद गुप्ता, अंगद गुप्ता र अजय गुप्ताको पहलमा आयोजित कार्यक्रममा जनमत पार्टी र नेपाली कांग्रेस परित्याग गरेका नेता–कार्यकर्ताहरू एमालेमा समाहित भएका हुन् । जनमत पार्टीका पर्सागढी नगर सचिव सिकेन्द्र मण्डलको नेतृत्वमा सयभन्दा बढी नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका थिए । त्यसैगरी नेपाली कांग्रेसका स्थानीय नेता श्याम चौधरी र अवधलाल साह कानुको नेतृत्वमा पनि दर्जनभन्दा बढी नेता एमालेमा आबद्ध भएका छन् ।

पार्टी प्रवेश गर्नेहरूमा जेन्जी नेता कमलेश कुमार साह, सरोज कुमार पटेल, मुन्ना देवी, राजकुमारी देवीलगायत रहेका छन् । उनीहरूलाई एमालेका केन्द्रीय सदस्य विजय सरावगी, प्रदेश उपाध्यक्ष बिचारी यादवसहितका नेताहरूले अबिर–टिका र गम्छा ओढाएर स्वागत गरेका थिए ।

यस्तै, पर्सागढी नगरपालिका वडा नम्बर–४ हरदासपुर थरुवान टोलमा जनता समाजवादी पार्टी, नेपाल परित्याग गरी २५१ जना युवा तथा महिलाहरू एमालेमा प्रवेश गरेका छन् । आयोजित कार्यक्रममा जिल्ला उप–सचिव नबिजान अंसारी, एमाले नेता प्रदुमन प्रसाद यादव, सफीदेवान, अशोक यादव तथा रमेश यादवलगायत नेताहरूले नवप्रवेशीहरूलाई टिका र गम्छा लगाएर स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै नेताहरूले एमालेको नीति, विचार र विकासमुखी एजेण्डाबाट प्रभावित भई ठूलो संख्यामा युवाहरू तथा महिलाहरू पार्टीमा आबद्ध भएको बताए । नवप्रवेशीहरूले राष्ट्र निर्माण, सुशासन र समृद्धिका लागि एमाले नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्दै पर्सा–२ की उम्मेदवार रीमा यादवको पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

एमाले नेताहरूले पछिल्लो पार्टी प्रवेशले पर्सा क्षेत्रमा एमालेको जनाधार थप बलियो भएको दाबी गर्दै आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा स्थानीय कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...