Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

लक्ष्मीपुरमा रमेश रिजालको घरदैलो, उत्साहजनक सहभागिता

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले जगरनाथपुर गाउँपालिका वडा नं. २ लम्मीपुरमा बिहीबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् । चुनावी अभियानलाई तीव्र बनाउँदै रिजाल मतदाताको घरदैलोमै पुगेर प्रत्यक्ष भेटघाट र संवादमा सहभागी भएका थिए ।

कार्यक्रमका क्रममा उम्मेदवार रिजालले स्थानीय बासिन्दासँग विकास निर्माणका योजना, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका विषयमा विस्तृत छलफल गरेका थिए । मतदातासँगको संवादमा उनले विगतमा सम्पन्न गरेका विकासे कामहरूको विवरण प्रस्तुत गर्दै अधुरा तथा बाँकी योजनाहरूलाई निर्वाचन जित्नासाथ प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयले क्षेत्रको समग्र विकास, सडक स्तरोन्नति, सिंचाइ सुविधा, खानेपानी व्यवस्थापन तथा युवाका लागि रोजगारी सिर्जनामा विशेष ध्यान दिन आग्रह गरेका थिए । त्यसप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै रिजालले जनताको सुझावलाई आफ्नो प्राथमिक कार्यसूचीमा समावेश गर्ने विश्वास दिलाए।

घरदैलो कार्यक्रममा क्षेत्रीय नेता, स्थानीय अगुवा, पार्टीका कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा देखिएको जनसहभागिताले कांग्रेसप्रति क्षेत्रको समर्थन मजबुत बन्दै गएको स्थानीय नेताहरूले बताएका छन्।

रिजाल यसअघि सोही क्षेत्रबाट निर्वाचित भइसकेका नेता हुन्। सालीन र असल व्यक्तित्वका रूपमा परिचित उनी पर्सामा प्रभावशाली नेताका रूपमा चिनिन्छन्। राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्न सक्ने नेताका रूपमा उनको पहिचान रहेको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...