Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सा–३ मा रुपेश पाण्डेयको उम्मेदवारी कायम, सर्वोच्च अदालतबाट कारण देखाउ आदेश

spot_img
spot_img

वीरगंज । नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश कुमार पाण्डेयको उम्मेदवारी कायम रहने भएको छ। सर्वोच्च अदालतका इजलास नम्बर–७ का न्यायाधीश मेघराज पाखरेलले पाण्डेयविरुद्ध दायर उत्प्रेषण मुद्दामा कारण देखाउ आदेश जारी गरेपछि पाण्डेकाे उम्मेदवारी कायम रहने भएकाे हाे ।

पाण्डेयविरुद्ध सोही क्षेत्रका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलाल प्रसाद यादवले निर्वाचन आयोग कान्तिपथ काठमाडौं समेतलाई विपक्षी बनाउँदै उम्मेदवारी खारेज गर्न माग गरी रिट दायर गरेका थिए । रिटमा बैंक ऋण नतिरेको विषय उठाउँदै कर्जा सूचना केन्द्रको कालोसूचीसम्बन्धी प्रसंग उल्लेख गरिएको थियो ।

यसअघि निर्वाचन आयोगले कर्जा सूचना केन्द्रबाट प्राप्त विवरणका आधारमा पाण्डेसँग स्पष्टीकरण मागेको थियो । उजुरी परेपछि आयोगले कानुनी प्रक्रिया अघि बढाएको र त्यसै सन्दर्भमा सर्वोच्च अदालतमा मुद्दा पुगेको जनाइएको छ।

यता एमाले पक्षले भने पाण्डेको बढ्दो जनसमर्थन देखेपछि विपक्षी शक्तिहरूले अनावश्यक दु:ख दिनकाे लागि आयोग र अदालतको ढोका ढकढक्याएको आरोप लगाएको छ । उम्मेदवारी दर्तापछि ‘कालोसूची’सम्बन्धी हल्ला सामाजिक सञ्जाल र स्थानीय तहमा फैलाइएको दाबी गरिएको छ ।

एमाले नेतृत्वले यसलाई राजनीतिक रूपमा चरित्र हत्या गर्ने प्रयासको संज्ञा दिएको छ । उम्मेदवार पाण्डेले बैंकिङ विषयलाई चुनावी हतियार बनाइनु लोकतान्त्रिक अभ्यासको उपहास भएको बताए । “निर्वाचन आयोग बैंकको लेनदेन हेर्ने निकाय होइन, चुनाव लड्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो,” उनले प्रतिक्रिया दिए।

एमाले पर्साका इन्चार्ज प्रभु हजराले पनि विपक्षी दलहरू जनमतबाट पराजयको सम्भावना देखेपछि अदालतको आड लिएको आरोप लगाए। “जनताको मतबाट हार्ने निश्चित देखेपछि केही शक्तिहरू रिटमार्फत उम्मेदवार हटाउन खोजिरहेका छन्,” उनले भने।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...