Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

पर्सामा मदिरा बिक्री–वितरण र सेवनमा प्रतिबन्ध

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय, पर्साले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको सूचना जारी गरेको छ ।

कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक स्थानमा मदिराजन्य पदार्थको बिक्री–वितरण र सेवनबाट शान्ति–सुरक्षामा पर्न सक्ने असरलाई मध्यनजर गरिएको हो ।

निर्वाचन आयोग, नेपालद्वारा प्रकाशित विज्ञप्ति, गृह मन्त्रालयबाट प्राप्त निर्देशन तथा जिल्ला सुरक्षा समितिको मिति २०८२।११।१४ गतेको निर्णयअनुसार मिति २०८२।११।१५ गतेदेखि लागू हुने गरी निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको जनाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जारी गरेको सूचनामार्फत कोही कसैले उक्त निर्णयको उल्लङ्घन गरी मदिरा बिक्री–वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। सूचनामा सम्बन्धित सबैलाई निर्णयको पालना गर्न आग्रह समेत गरिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...