Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026
Home Blog Page 135

निर्वाचनमा हारे पनि पर्सा–२ को विकासका लागि निरन्तर सक्रिय रहने रिमा यादवको प्रतिबद्धता

0

वीरगंज । नेकपा (एमाले)को तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले निर्वाचनपछि मतदाता, अभिभावक, युवा तथा महिलालाई धन्यवाद दिएकी छन्।

उनले मतदानमार्फत आफूलाई गरिएको विश्वास, दिइएको माया र सहयोगका लागि सबैप्रति आभार व्यक्त गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उम्मेदवार यादवले लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने भएकाले नागरिकले आफ्नो मतमार्फत व्यक्त गरेको निर्णयलाई आफूले पूर्ण रूपमा सम्मान गर्ने उल्लेख गरेकी छन्।

उनले निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशिल साह कानुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेकी छन्।

यादवले पर्सा–२ को विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र आधारभूत पूर्वाधारलाई मजबुत बनाउन इमान्दारिता पूर्वक काम हुने विश्वास व्यक्त गरेकी छन्।

आफू राजनीतिमा सेवा भावले प्रवेश गरेको उल्लेख गर्दै उनले पर्सा–२ का जनताको सेवा, हकअधिकार र विकासका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । साथै उनले सबै मतदातालाई मनदेखि नै धन्यवाद दिएकी छन्।

मतगणना चलिरहेकै बेला पर्सा–३ का उम्मेदवार छोटेलाल यादवले किन गरे पार्टी परित्यागको घोषणा?

0

वीरगंज । पर्सा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा मतगणना जारी रहेका बेला नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार छोटेलाल यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

यादवले आफ्नो आधिकारिक फेसबुकमार्फत पार्टी छाडेको घाेषण गरेपछि उनीमाथि विभिन्न किसिमकाे आराेपहरु लाग्न सुरु भएकाे छ । पार्टी परित्याग गरेकाे फेसबुक स्टाटस सार्वजनिक भएपछि उनीमाथि पार्टी परिवर्तन तथा मत प्रभावित गर्ने प्रयास गरेको आरोप लाग्न थालेको हाे ।

स्थानीय राजनीतिक वृत्तमा फैलिएको चर्चाअनुसार यादवले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी परिवर्तन गरेको संकेत दिएका हुन् । मतगणना चलिरहेकै समयमा यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ ।

यादवले आफू निर्वाचित नहुने अवस्था देखेपछि आफ्नो पक्षमा आउने मत अन्य उम्मेदवारतर्फ मोड्ने प्रयास गरेको तथा केही लाभको लोभमा मत ‘बेचबिखन’ गरेको आरोपसमेत लागेको बताइएको छ । यद्यपि यी आरोपहरू औपचारिक रूपमा पुष्टि भने भएका छैनन्।

यसैबीच, स्थानीय स्तरमा फैलिएको चर्चाअनुसार यादवले हरिनारायण रौनियारसँग मिलेर पूर्वमन्त्री राजकुमारको इशारामा पर्सा क्षेत्र नम्बर–२ र ३ का एमाले उम्मेदवारलाई हराउने रणनीतिमा लागेको भन्ने चर्चा पनि चलिरहेको छ।

तर, यस विषयमा सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन । निर्वाचन अधिकारीहरूका अनुसार मतगणना प्रक्रिया भने नियमित रूपमा जारी रहेको छ।

पर्सा–१ मा हरि पन्त र पर्सा–२ मा सुशिल कानु दोब्बरभन्दा बढी मतान्तरले विजयी

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीका अनुसार रास्वपाका पन्तले नेकपा (एमाले)का उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्। पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन्।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्द किशोर प्रसाद श्रीवास्तव (नन्दु श्रीवास्तव)ले १ हजार २७२, जनता समाजवादी पार्टी (जसपा) नेपालका रामनरेश प्रसाद यादवले १ हजार २०१ तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अजय चौरसियाले ५३७ मत प्राप्त गरेका छन्।

उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह (पराग)ले ४१५, स्वतन्त्र उम्मेदवार विशाल कुमारले ३८१, जनमत पार्टीका ओमप्रकाश सर्राफले ३४१ र पिपुल फस्ट पार्टीका जाबेद एकबाल हैदरले २५२ मत प्राप्त गरेका छन्।

त्यसैगरी श्रम संस्कृति पार्टीका वसिम शेषले ९०, आम जनता पार्टीका विश्वराज पटेलले ५४, नेपाल जनता पार्टीका सुरेश प्रसाद साह कानुले ४६, जन अधिकार पार्टीका महेश कुमार पासवानले ३४, नेपाल मजदुर किसान पार्टीले १५ तथा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का शंकर कुमार कर्णले ११ मत प्राप्त गरेका छन्।

पर्सा क्षेत्र नम्बर–१ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेकोमा ६१ हजार ३ सय ६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाको सुरुदेखि नै स्पष्ट अग्रता बनाएका पन्तले अन्ततः ठूलो मतान्तरसहित विजय हासिल गरेका हुन्।

यसैगरी पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशिल कुमार कानु १८ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्।

वडाध्यक्ष पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका कानुले नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री अजय कुमार चौरसियालाई १८ हजार ८५० मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्। निर्वाचन कार्यालयका अनुसार कानुले ३० हजार ७४० मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी चौरसियाले ११ हजार ८९० मत पाएका छन्।

त्यसैगरी नेकपा (एमाले)की उम्मेदवार रिमा कुमारी यादवले ११ हजार ६०५ मत प्राप्त गरिन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक कुमार अग्रवालले २ हजार ६४२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिना जैसवालले १ हजार ६९९, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मनोज कुमार चौधरीले ९१३ मत प्राप्त गरेका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीका अमिताभ बचन दासले ३३०, जनमत पार्टीका श्याम प्रसाद गुप्ताले २२८, आम जनता पार्टीकी रंजु कुमारी साहले २०३ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाल जनता पार्टीका सन्तोष कुमार पटेलले १७८, उज्यालो नेपाल पार्टीका कृष्ण मुरारी प्रजापतिले १४८, स्वतन्त्र उम्मेदवार लक्ष्मी नारायण गुप्ताले १०० तथा श्रम संस्कृति पार्टीका पुन्देश्वर प्रसाद यादवले ८३ मत प्राप्त गरेका छन्।

पर्साका यी दुई क्षेत्रमा रास्वपाले ठूलो मतान्तरसहित जीत हासिल गरेसँगै जिल्लाको राजनीतिक समीकरणमा नयाँ सन्देश गएको विश्लेषण गरिएको छ।

झापा–५ मा बालेन शाहको ऐतिहासिक जीत, केपी ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

0

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका छन् । ओलीले १८ हजार ७२४ मत प्राप्त गरेका छन् ।

यसैगरी, यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समिर तामाङले ९ हजार २३३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मंधरा चिमरियाले १ हजार ८२१ मत ल्याएकी छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लम्मी प्रसाद संग्रौलाले १ हजार ५३६ मत र नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले १ हजार ४६१ मत प्राप्त गरेका छन् ।

यस वर्षको प्रतिनिधि सभा निर्वाचनमा झापा–५ सबैभन्दा बढी चर्चामा रहेको निर्वाचन क्षेत्रमध्ये एक थियो । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएपछि यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर देशभर चासो र चर्चा बढेको थियो ।

पर्सा–२ मा रास्वपाका सुशिल कुमार कानु विशाल मतान्तरले विजयी

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल कुमार कानु १८ हजार भन्दा बढी मतान्तरले विजयी भएका छन्।

वडाध्यक्षबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका कानुले नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्व मन्त्री अजय कुमार चौरसियालाई १८ हजार ८५० मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन् । निर्वाचन कार्यालयका अनुसार कानुले ३० हजार ७४० मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी चौरसियाले ११ हजार ८९० मत पाएका छन्।

त्यसैगरी नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवले ११ हजार ६०५ मत प्राप्त गरिन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक कुमार अग्रवालले २ हजार ६४२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिना जैसवालले १ हजार ६९९, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मनोज कुमार चौधरीले ९१३, प्रगतिशील लोकतान्त्रिक पार्टीका अमिताभ बचन दासले ३३०, जनमत पार्टीका श्याम प्रसाद गुप्ताले २२८, आम जनता पार्टीकी रंजु कुमारी साहले २०३ मत प्राप्त गरे।

त्यसैगरी नेपाल जनता पार्टीका संतोष कुमार पटेलले १७८, उज्यालो नेपाल पार्टीका कृष्ण मुरारी प्रजापतिले १४८, स्वतन्त्र उम्मेदवार लक्ष्मी नारायण गुप्ताले १००, श्रम संस्कृति पार्टीका पुन्देश्वर प्रसाद यादवले ८३ मत पाएका छन्।

बारा–४ मा रास्वपाका रहबर अन्सारी २९ हजारभन्दा बढी मतान्तरले विजयी

0

वीरगंज । बारा निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रहबर अन्सारी फराकिलो मतान्तरले विजयी भएका छन्।

पूर्वराज्यमन्त्री तथा निर्वतमान प्रदेश सभा सदस्य समेत रहेका अन्सारीले कुल ४१ हजार २०० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनले नेकपा (एमाले)का उम्मेदवार तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किशान श्रेष्ठ)लाई २९ हजार ५६१ मतान्तरले पराजित गरेका छन्।

निर्वाचन परिणामअनुसार एमालेका श्रेष्ठले ११ हजार ६३९ मत मात्रै प्राप्त गरेका छन्। उनी यस क्षेत्रकाे निर्वतमान सांसद समेत हुन् ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालका सन्जु साह कानुले ७ हजार ५९३, नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले ७ हजार ११३ तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अजय कुशवाहाले २ हजार ६७ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमध्ये राष्ट्रिय एकता दलका विनय यादवले १ हजार २३, राष्ट्रिय निर्माण दलका समिम मियाँ अन्सारीले ८८१, आम जनता पार्टीका उमेश कुमार कुशवाहाले ८३३ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलिप कुमार शर्माले ८०९ मत प्राप्त गरेका छन्।

त्यस्तै राष्ट्रिय परिवर्तन पार्टीका सर्वेन्द्र खनालले ४६४, उज्यालो नेपाल पार्टीका सन्तोष कुमार गुप्ताले २२०, श्रम संस्कृति पार्टीका गोपाल बहादुर खत्रीले १४४ तथा स्वतन्त्र उम्मेदवार भोला मियाँले १३४ मत प्राप्त गरेका छन्।

फराकिलो मतान्तरसहितको अन्सारीको विजयले बारा–४ मा रास्वपा र अन्सारीकाे प्रभाव थप मजबुत भएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

बारा–३ मा रास्वपाका अरविन्द साह ३० हजारभन्दा बढी मतान्तरले विजयी

0

वीरगंज । बारा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार इन्जिनियर अरविन्द साह ३० हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्।

उद्यमी तथा ग्रामीण विकास क्षेत्रमा सक्रिय समाजसेवीका रूपमा परिचित साहले आफ्नो पहिलो संसदीय निर्वाचनमै उत्कृष्ट प्रदर्शन गर्दै फराकिलो मतान्तरसहित विजय हासिल गरेका हुन्।

निर्वाचन परिणामअनुसार साहले कुल ४० हजार ६ सय ९७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत मात्रै प्राप्त गरेका छन्। दुवैबीचको मतान्तर ३० हजार ६ सय ४५ रहेको छ।

मन्सुर पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सह–महामन्त्री हुन्। उनी गगन थापाको नेतृत्वमा सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सह–महामन्त्रीमा निर्वाचित भएका थिए।

तेस्रो स्थानमा जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्वसांसद रामबाबु यादव रहेका छन्। उनले ६ हजार ८ सय ८४ मत प्राप्त गरेका छन्।

यसैगरी, पूर्वमन्त्री तथा यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद ज्वाला कुमारी साह (नेकपा एमाले) ले ५ हजार २ सय ७१ मत प्राप्त गरेकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने साहलाई पार्टीको जिल्ला कमिटीको निर्णय विपरीत टिकट दिइएको बताइन्छ।

जनमत पार्टीका प्रमोद प्रसाद गुप्ता भने ३ हजार ८ सय १९ मतमा सीमित भएका छन्। पटक–पटक दल परिवर्तन गरेका गुप्ताले अन्तिम समयमा जनमत पार्टीबाट चुनाव लडेका थिए।

इन्जिनियर अरविन्द साह नेपालका सफल डिजिटल भुक्तानी प्लेटफर्म ‘खल्ती’ डिजिटल वालेट, स्प्यारो एसएमएसलगायतका आइटी कम्पनी सञ्चालन गर्ने जानकी टेक्नोलोजीका सह–संस्थापक हुन्। ग्रामीण विकास र प्रविधिमा आधारित उद्यमशीलताका क्षेत्रमा सक्रिय साह पहिलो प्रयासमै संसद प्रवेश गरेका हुन्।

उनको विजयले बारा–३ मा नयाँ पुस्ताको नेतृत्व र परिवर्तनको सन्देश दिएको स्थानीयले बताएका छन्।

परिणाम स्वीकार्दै प्रदीप यादवद्वारा विजयी हरि पन्तलाई बधाई, जनताको सेवामा निरन्तर रहने प्रतिबद्धता

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा पराजित भएपछि नेकपा (एमाले)का उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गरेका छन्।

यादवले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लोकतन्त्रको सुन्दरता जनताको मतलाई सर्वोच्च मान्नुमा रहेको उल्लेख गरेका छन् । उनले सोही विश्वासका साथ नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट सूर्य चुनाव चिह्न लिएर प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी भएको बताए।

यसपटक अपेक्षित परिणाम हासिल गर्न नसके पनि आफूले निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको उल्लेख गर्दै यादवले जनताको निर्णय सधैं आफ्नो लागि मार्गदर्शक रहने बताएका छन्।

निर्वाचन यात्रामा साथ दिने सम्पूर्ण मतदाता, समर्थक, अग्रज, साथीभाइ, युवाशक्ति तथा शुभेच्छुकहरूप्रति उनले हृदयदेखि कृतज्ञता व्यक्त गरेका छन्। साथै निर्वाचन अभियानमा दिनरात खटिने सबै साथीहरू र सहयोगीहरूको मेहनत, समर्पण र साथले आफ्नो यात्रा अर्थपूर्ण बनेको उनले उल्लेख गरेका छन्।

यसैबीच उनले प्रतिनिधि सभा सदस्यमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त)लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन्। क्षेत्र र राष्ट्रको हितका लागि पन्तले उत्कृष्ट काम गर्ने विश्वास समेत व्यक्त गरेका छन्।

निर्वाचनमा हार भए पनि जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता अडिग रहने भन्दै यादवले समाज र राष्ट्रको समृद्धिका लागि निरन्तर समर्पित रहने बताएका छन्। साथै उनले फेरि एकपटक सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

पर्सा–१ मा रास्वपाका हरि पन्त दोब्बर मतान्तरले विजयी, अरु उम्मेदवारले कसले कति पाए मत?

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीका अनुसार रास्वपाका पन्तले नेकपा (एमाले)का उम्मेदवार पूर्व मन्त्री प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन् । पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन्।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्द किशोर प्रसाद श्रीवास्तव (नन्दु श्रीवास्तव) ले १ हजार २७२, जनता समाजवादी पार्टी (जसपा) नेपालका रामनरेश प्रसाद यादवले १ हजार २०१, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अजय चौरसियाले ५३७ मत प्राप्त गरेका छन्।

उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह (पराग) ले ४१५, स्वतन्त्र उम्मेदवार विशाल कुमारले ३८१, जनमत पार्टीका ओमप्रकाश सर्राफले ३४१, पिपुल फस्ट पार्टीका जाबेद एकबाल हैदरले २५२ मत प्राप्त गरेका छन्।

त्यस्तै श्रम संस्कृति पार्टीका वसिम शेषले ९०, आम जनता पार्टीका विश्वराज पटेलले ५४, नेपाल जनता पार्टीका सुरेश प्रसाद साह कानुले ४६, जन अधिकार पार्टीका महेश कुमार पासवानले ३४, नेपाल मजदुर किसान पार्टीले १५ तथा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का शंकर कुमार कर्णले ११ मत प्राप्त गरेका छन्।

पर्सा क्षेत्र नम्बर–१ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेकोमा ६१ हजार ३ सय ६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणनाको सुरुदेखि नै स्पष्ट अग्रता बनाएका पन्तले अन्ततः ठूलो मतान्तरसहित विजय हासिल गरेका हुन्।

काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

0

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्।

निर्वाचन आयोगको आधिकारिक परिणामअनुसार, पाण्डेले कुल १८,७५७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११,१७१ मत ल्याए।

अन्य उम्मेदवारहरूमा नेपाली कांग्रेसका रमेश अर्यालले ६,००० मत र नेकपा एमालेका रामेश्वर फुयालले ३,८१६ मत प्राप्त गरेका छन्।