Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

पर्सा–१ मा रास्वपाका हरि पन्त दोब्बर मतान्तरले विजयी, अरु उम्मेदवारले कसले कति पाए मत?

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीका अनुसार रास्वपाका पन्तले नेकपा (एमाले)का उम्मेदवार पूर्व मन्त्री प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन् । पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन्।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्द किशोर प्रसाद श्रीवास्तव (नन्दु श्रीवास्तव) ले १ हजार २७२, जनता समाजवादी पार्टी (जसपा) नेपालका रामनरेश प्रसाद यादवले १ हजार २०१, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अजय चौरसियाले ५३७ मत प्राप्त गरेका छन्।

उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह (पराग) ले ४१५, स्वतन्त्र उम्मेदवार विशाल कुमारले ३८१, जनमत पार्टीका ओमप्रकाश सर्राफले ३४१, पिपुल फस्ट पार्टीका जाबेद एकबाल हैदरले २५२ मत प्राप्त गरेका छन्।

त्यस्तै श्रम संस्कृति पार्टीका वसिम शेषले ९०, आम जनता पार्टीका विश्वराज पटेलले ५४, नेपाल जनता पार्टीका सुरेश प्रसाद साह कानुले ४६, जन अधिकार पार्टीका महेश कुमार पासवानले ३४, नेपाल मजदुर किसान पार्टीले १५ तथा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का शंकर कुमार कर्णले ११ मत प्राप्त गरेका छन्।

पर्सा क्षेत्र नम्बर–१ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेकोमा ६१ हजार ३ सय ६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणनाको सुरुदेखि नै स्पष्ट अग्रता बनाएका पन्तले अन्ततः ठूलो मतान्तरसहित विजय हासिल गरेका हुन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...