वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीका अनुसार रास्वपाका पन्तले नेकपा (एमाले)का उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्। पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन्।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन्। अन्य उम्मेदवारमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्द किशोर प्रसाद श्रीवास्तव (नन्दु श्रीवास्तव)ले १ हजार २७२, जनता समाजवादी पार्टी (जसपा) नेपालका रामनरेश प्रसाद यादवले १ हजार २०१ तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अजय चौरसियाले ५३७ मत प्राप्त गरेका छन्।
उज्यालो नेपाल पार्टीका रामकिशोर सिंह (पराग)ले ४१५, स्वतन्त्र उम्मेदवार विशाल कुमारले ३८१, जनमत पार्टीका ओमप्रकाश सर्राफले ३४१ र पिपुल फस्ट पार्टीका जाबेद एकबाल हैदरले २५२ मत प्राप्त गरेका छन्।
त्यसैगरी श्रम संस्कृति पार्टीका वसिम शेषले ९०, आम जनता पार्टीका विश्वराज पटेलले ५४, नेपाल जनता पार्टीका सुरेश प्रसाद साह कानुले ४६, जन अधिकार पार्टीका महेश कुमार पासवानले ३४, नेपाल मजदुर किसान पार्टीले १५ तथा नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का शंकर कुमार कर्णले ११ मत प्राप्त गरेका छन्।
पर्सा क्षेत्र नम्बर–१ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेकोमा ६१ हजार ३ सय ६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाको सुरुदेखि नै स्पष्ट अग्रता बनाएका पन्तले अन्ततः ठूलो मतान्तरसहित विजय हासिल गरेका हुन्।
यसैगरी पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशिल कुमार कानु १८ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्।
वडाध्यक्ष पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका कानुले नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वमन्त्री अजय कुमार चौरसियालाई १८ हजार ८५० मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्। निर्वाचन कार्यालयका अनुसार कानुले ३० हजार ७४० मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी चौरसियाले ११ हजार ८९० मत पाएका छन्।
त्यसैगरी नेकपा (एमाले)की उम्मेदवार रिमा कुमारी यादवले ११ हजार ६०५ मत प्राप्त गरिन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोक कुमार अग्रवालले २ हजार ६४२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिना जैसवालले १ हजार ६९९, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मनोज कुमार चौधरीले ९१३ मत प्राप्त गरेका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीका अमिताभ बचन दासले ३३०, जनमत पार्टीका श्याम प्रसाद गुप्ताले २२८, आम जनता पार्टीकी रंजु कुमारी साहले २०३ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाल जनता पार्टीका सन्तोष कुमार पटेलले १७८, उज्यालो नेपाल पार्टीका कृष्ण मुरारी प्रजापतिले १४८, स्वतन्त्र उम्मेदवार लक्ष्मी नारायण गुप्ताले १०० तथा श्रम संस्कृति पार्टीका पुन्देश्वर प्रसाद यादवले ८३ मत प्राप्त गरेका छन्।
पर्साका यी दुई क्षेत्रमा रास्वपाले ठूलो मतान्तरसहित जीत हासिल गरेसँगै जिल्लाको राजनीतिक समीकरणमा नयाँ सन्देश गएको विश्लेषण गरिएको छ।






