Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

मतगणना चलिरहेकै बेला पर्सा–३ का उम्मेदवार छोटेलाल यादवले किन गरे पार्टी परित्यागको घोषणा?

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ मा मतगणना जारी रहेका बेला नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार छोटेलाल यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

यादवले आफ्नो आधिकारिक फेसबुकमार्फत पार्टी छाडेको घाेषण गरेपछि उनीमाथि विभिन्न किसिमकाे आराेपहरु लाग्न सुरु भएकाे छ । पार्टी परित्याग गरेकाे फेसबुक स्टाटस सार्वजनिक भएपछि उनीमाथि पार्टी परिवर्तन तथा मत प्रभावित गर्ने प्रयास गरेको आरोप लाग्न थालेको हाे ।

स्थानीय राजनीतिक वृत्तमा फैलिएको चर्चाअनुसार यादवले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी परिवर्तन गरेको संकेत दिएका हुन् । मतगणना चलिरहेकै समयमा यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ ।

यादवले आफू निर्वाचित नहुने अवस्था देखेपछि आफ्नो पक्षमा आउने मत अन्य उम्मेदवारतर्फ मोड्ने प्रयास गरेको तथा केही लाभको लोभमा मत ‘बेचबिखन’ गरेको आरोपसमेत लागेको बताइएको छ । यद्यपि यी आरोपहरू औपचारिक रूपमा पुष्टि भने भएका छैनन्।

यसैबीच, स्थानीय स्तरमा फैलिएको चर्चाअनुसार यादवले हरिनारायण रौनियारसँग मिलेर पूर्वमन्त्री राजकुमारको इशारामा पर्सा क्षेत्र नम्बर–२ र ३ का एमाले उम्मेदवारलाई हराउने रणनीतिमा लागेको भन्ने चर्चा पनि चलिरहेको छ।

तर, यस विषयमा सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन । निर्वाचन अधिकारीहरूका अनुसार मतगणना प्रक्रिया भने नियमित रूपमा जारी रहेको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...