Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

परिणाम स्वीकार्दै प्रदीप यादवद्वारा विजयी हरि पन्तलाई बधाई, जनताको सेवामा निरन्तर रहने प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचनमा पराजित भएपछि नेकपा (एमाले)का उम्मेदवार तथा पूर्वमन्त्री प्रदीप यादवले निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गरेका छन्।

यादवले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै लोकतन्त्रको सुन्दरता जनताको मतलाई सर्वोच्च मान्नुमा रहेको उल्लेख गरेका छन् । उनले सोही विश्वासका साथ नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट सूर्य चुनाव चिह्न लिएर प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सहभागी भएको बताए।

यसपटक अपेक्षित परिणाम हासिल गर्न नसके पनि आफूले निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गरेको उल्लेख गर्दै यादवले जनताको निर्णय सधैं आफ्नो लागि मार्गदर्शक रहने बताएका छन्।

निर्वाचन यात्रामा साथ दिने सम्पूर्ण मतदाता, समर्थक, अग्रज, साथीभाइ, युवाशक्ति तथा शुभेच्छुकहरूप्रति उनले हृदयदेखि कृतज्ञता व्यक्त गरेका छन्। साथै निर्वाचन अभियानमा दिनरात खटिने सबै साथीहरू र सहयोगीहरूको मेहनत, समर्पण र साथले आफ्नो यात्रा अर्थपूर्ण बनेको उनले उल्लेख गरेका छन्।

यसैबीच उनले प्रतिनिधि सभा सदस्यमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त)लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन्। क्षेत्र र राष्ट्रको हितका लागि पन्तले उत्कृष्ट काम गर्ने विश्वास समेत व्यक्त गरेका छन्।

निर्वाचनमा हार भए पनि जनताको सेवा गर्ने आफ्नो प्रतिबद्धता अडिग रहने भन्दै यादवले समाज र राष्ट्रको समृद्धिका लागि निरन्तर समर्पित रहने बताएका छन्। साथै उनले फेरि एकपटक सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...