Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

निर्वाचनमा हारे पनि पर्सा–२ को विकासका लागि निरन्तर सक्रिय रहने रिमा यादवको प्रतिबद्धता

spot_img
spot_img

वीरगंज । नेकपा (एमाले)को तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले निर्वाचनपछि मतदाता, अभिभावक, युवा तथा महिलालाई धन्यवाद दिएकी छन्।

उनले मतदानमार्फत आफूलाई गरिएको विश्वास, दिइएको माया र सहयोगका लागि सबैप्रति आभार व्यक्त गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उम्मेदवार यादवले लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने भएकाले नागरिकले आफ्नो मतमार्फत व्यक्त गरेको निर्णयलाई आफूले पूर्ण रूपमा सम्मान गर्ने उल्लेख गरेकी छन्।

उनले निर्वाचनमा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशिल साह कानुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेकी छन्।

यादवले पर्सा–२ को विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र आधारभूत पूर्वाधारलाई मजबुत बनाउन इमान्दारिता पूर्वक काम हुने विश्वास व्यक्त गरेकी छन्।

आफू राजनीतिमा सेवा भावले प्रवेश गरेको उल्लेख गर्दै उनले पर्सा–२ का जनताको सेवा, हकअधिकार र विकासका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । साथै उनले सबै मतदातालाई मनदेखि नै धन्यवाद दिएकी छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...