Date
शनि, भदौ १३, २०८३
Sat, August 29, 2026
Home Blog Page 1133

ट्याक्सी र जीप एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

0

वीरगंज, २४ कात्तिक । बाराको निजगढमा अाज बिहान ट्याक्सी र जीप एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा भक्तपुरका २८ वर्षीय ट्याक्सी चालक समुन्द्र श्रेष्ठ, निजगढ नगरपालिका -७ का २५ वर्षका आकाश माझी र सोही ठाउँका २५ वर्षका विशाल माझी छन्। उनीहरु सबै ट्यक्सीमै सवार थिए।

निजगढ-७ पर्ने भावरा पुल नजिक  ग २ च २३२५ नम्बरको ट्याक्सी र बा २ ज २११७ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किएको थियाे।   रौतहटबाट ग्रामीण बाटो हुँदै पूर्व पश्चिम राजमार्ग निस्किन लागेको ट्याक्सीले गति नियन्त्रण गर्न नसक्दा राजमार्गमा गुडिरहेको जिपसँग ठोक्किन पुगेको जिल्ला ट्राफिक प्रहरी बाराले जनाएको छ।

चितवनबाट तरकारी बोकी पूर्वतिर गइरहेको बोलेरोमा ट्याक्सी अनियत्रित भएर राजमार्गमा ठोकिन पुगेको ट्राफिक  प्रहरी निरीक्षक विकास बमले बताए।          

दुर्घटनापछि बाेलेरो जीपका चालक फरार छन्। दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाको टोलीले घाइतेलाई अस्पताल पुर्‍याएको थियो।

दुर्घटनामा  परेर घाइते भएका २८ वर्षीय नरेश माझी र २१ वर्षीय अर्जुन माझीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

छठ पश्चात राजपाले संविधन संशोधनको लागि सडक संघर्ष गर्ने

0

बारा, २३ कात्तिक ।
२०७५ कार्तिक २१ गतेको केही इलष्लिभ मिडियामा राजपा नेपाल र फोरम जस्तो मधेश आन्दोलन हाक्ने दलहरु आज त्यही मधेश विरोधी एमाले पार्टी संघ कोइ संघीय सरकारमा रहेर त कोई संघीय सरकारलाई समर्थन गरेर रमाई रहेका र मधेशको मुद्धा हराउँदै गइरहेको समाचार आएको प्रति राजपा नेपाल, बाराको गम्भीर ध्यानकर्षन भएको जनाएको छ ।

मधेशी, थारु लगायतका जनताहरुमा भ्रम न होस् भनी आज राजपा नेपाल बाराका प्रवक्ता अरुण कुमार सिंहले प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले चुनावमा सहभागी हुँदाको बखत त्यसलाई चुनौती स्वीकार गरी सहभागी भएको र हाम्रो आन्दोलन जारी नै रहेको छ भनाई लाई स्मरण गराएका छन ।

वर्तमानको राजनिीती संदर्भमा प्रधानमंत्री के.पी. ओली सँग दुई तिहाईको बहुमत छ यो सरकारले नेपालको संविधान २०७२ संशोधन गर्न सक्छ र हाम्रो मांगहरु सम्बोधन हुन्छ भनेर प्रधानमंन्त्री सँग संविधान संशोधन सांसद रेशम चौधरीको सपथ ग्रहन तथा आन्दोलनबाट आएका मांगहरु लगायतका विषयहरुमा सहमती, सम्झौता गरी सरकारलाई समर्थन गरेको प्रेस विज्ञप्ती मार्फत वताएका छन ।

प्रदेश नं. २ को सरकारको सवालमा राजपा नेपाललाई स्पष्ट रुपमा मधेशी जनताले मतदान गरी सरकार बनाउने म्यान्डेड दिएको हुँदा मधेशी जनताको भावनालाई कदर गर्दै संघीय समाजवादी फोरम नेपाल संगको सहकार्यमा प्रदेश सरकारको निर्माण भएको प्रेष विज्ञप्तीमा लेखिएको छ ।

सिंह द्वारा जारी विज्ञप्तीमा लेखिएको छ एमाले र कांग्रेसको दायामायाको सरकार होइन प्रदेश सरकार । स्पष्ट रुपमा मधेशी जनताको सरकार हो र प्रदेश नं. २ बासीको हीतको लागि सदैव तत्पर रहने र बाधा आएमा त्यसलाई चिरदै अगाडी बढने राजपा नेपालको स्पष्ट निती रहेको छ ।

अब जे हुन्छ नगद हुन्छ, उधारो केही हुदैन यस देशको ७ वटा प्रदेश मध्ये २ नं. प्रदेश बाहेक ६ वटै प्रदेश र केन्द्रमा दुई तिहाई बहुमतको एमालेको नेतृत्वमा रहेको सरकारले बलत्कारीको संरक्षण, गम्भीर प्रकारका अपराधीको आममाफी, समयमा काम नगर्ने ठेकेदारहरुको संरक्षण जस्ता कामहरु गर्न मात्र व्यस्त रहेको आरोप समेत विज्ञप्ती मार्फत लगाइएको छ ।

यसलाई देश र मधेशका जनताहरु राम्ररी नियाली रहेका छन् र राजपा नेपालले दिएको समर्थन फिर्ता लिन अन्तीम तयारीमा रहेको छ र यस्ता भ्रष्टवादीहरुको जमातको सरकार सँग मधेशी, थारु लगायतका जनताहरुको मांंग पुरा न हुने कुरा स्पष्ट भैसकेको हुँदा हिन्दुहरुको महान पर्व छठ पश्चात् राजपा नेपालले के.पी. ओलीले न सोचेको किसीमको सडक संघर्षको माध्यमबाट मांग सम्बोधन तथा संविधान संशोधन गराउन सासाकलाई बाध्य पार्ने गरी तयारीमा रहेको जनाइएको छ ।

प्रत्येक बर्ष झै यस बर्ष पनि पकहामैनपुरको धोरेमा एैतिहासिक मेला लाग्ने

0

पकहामैनपुर, २३ कार्तिक ।
प्रत्येक बर्ष झै यस बर्ष पनि पर्साको पकहामैनपुर गाउपालिकाको वडानम्बर १ धोरेमा एैतिहासिक मेला लाग्ने भएको छ । प्रत्येक बर्ष छठ पुजाको भोली पल्ट भब्यताका साथ मेला लाग्ने ईतिहास रहेको स्थानियवासीहरु बताएका छन । सयौ बर्ष अगाडी देखी छठको भोली पल्ट लाग्दै आएको मेला कुश्ती प्रतियोगीताले धोरे मेला प्रसिद्ध रहेको छ ।

मेलाका लागी आज भएकोे गाउभेलाले स्थानिय सामाजसेवी सुरेश मेहताको अध्यक्षतमा ९ सदस्यी मुल आयोजक मेला समिती गठन गरेको छ । मेला आयोजक समितीको अध्यक्षमा सुरेश मेहता, सदस्यहरुमा सोही वडाका वासी तथा पुर्ब उधोगराज्य मंत्री मेघराज सहनी, वडाअध्यक्ष अम्बिका सहनी, नागेन्द्रयादव, उमेश यादव, योधा प्रसाद लगायत ९ जन मुल समितीमा रहेका छन ।

मुल समिती लगायत बिभिन्न समितीहरु पनि सर्वसम्मत चयन गरिने मेला समितीका अध्यक्ष सुरेश मेहताले बताउनु भएको छ । अध्यक्ष मेहताका अनुसार धोरे मेला एैतिहासिक रहेकोले यसलाई जोगाउन र संरक्षण गर्न हामा्रे पिढीको जिम्मेवारी रहेकोले मेलालाई ब्यवस्थित र मर्यादित बनाउन हामी सबै धोरेवासीको कर्तब्य रहेको बताउनु भएको छ ।

मेलामा आउने पाहुनाहरुको कुनै पनि किसिम्मको समस्या हुन नदिने प्रतिबद्धता गर्नु भएको छ । मेला कुश्ती प्रतियोगीताले प्रसिद्ध रहेकोले भारतको दिल्ली, पंजाव, हरियाणा, बनारस, छावनी, बागहा, बेतिया, लगायतका ठाउबाट नमुना र नाम गरेका पहलवानहरु बोलाइने बताए ।

यसै गरी नेपालको काठमाण्डौ, नवलपरासी, मकवानपुर, बारा, रौतहट, सर्लाही, महोतरी र पर्साका स्थानिय सम्मपुर्ण पहलावानहरुलाई आमन्त्रीत गरिने बताए । मेलामा हजारौको संख्यामा आउने दर्शकहरुले धैर्यधारण गरी मनोरंजन गर्ने समेत बिश्वास रहेको अध्यक्ष मेहताले बताएका छन ।

दिपावलीको अवसरमा छिपहरमाईमा कुश्ती प्रतीयोगीता सम्पन्न

0
लालबाबु बानिया/पोखरिया, २३ कात्तिक ।
पर्साको छिपहरमाई गाउँपालिकामा दिपावलीको अवसरमा विहिबार कुश्ती प्रतीयोगीता सम्पन्न भएको छ । पर्साको छिपहरमाई गापा वडा नम्बर ३ जयमंगलापुरमा  कुश्ती प्रतीयोगीता सम्पन्न भएको हो । प्रतीयोगीताको उद्घाटन गापा प्रमुख मनोज कुमार गुप्ताले गर्नुभएको थियो ।
प्रतीयोगीताको उद्घाटन गर्दै उहाँले कुश्तीबाट बुद्धिको विकास हुनुका साथै शरीर पनि दुरुस्त रहने भएकोले मानिसको स्वस्थ जिवनका लागि पनि कुश्ती प्रतीयोगीताको महत्व रहेको बताउनुभयो । उहाँले गाउँपालिकामा प्रत्येक वर्ष लाग्ने मेलामा आगामी वर्षदेखी गाउँपालिकाको तर्फबाट अनिवार्य रुपमा कुश्ती प्रतीयोगीताको आयोजना गराउने प्रतीबद्धता समेत जनाउनु भयो ।
प्रतीयोगीतामा नेपाल र भारतका महिला तथा पुरुष पहलवानहरुको सहभागीता रहेको थियो । प्रतीयोगीतामा बनारसकी खुशी यादवलाई खुश्बु गुप्ताले पराजीत गरेकी छन् । नेपालको मिर्जापुका लक्ष्मण पहवानले भारत बनारशका जगदीश पहलपानलाई पराजीता गरेका थिए ।
त्यसैगरी अयोध्याका सुमित दास बैरागीले गोरखपुरका जितेन्द्रू पहलवानलाई पराजीत गरेका थिए । त्यस्तै नेपालका रामाकान्त यादवले कुशी नगरका राजेश पहलवानलाई पराजीता गरेका थिए । नेपालका अवधेश पहलवानले जगदीश पहलवानलाई , विहारका जोगेन्द्र पहलवानले भारतका गुड्डु पहलवानलाई पराजीता गरेका थिए ।
ठोरी गाउपालिकाका प्रमुख पिएल श्रेष्ठले  अब ठोरी गाउँपालिकामा पनी कुशती प्रतियोगिता गराउने बताए । वडा अध्यक्ष महेन्द्र कलवार , मौजीलाल साह ,रामबालक गदी , राजवली यादव , नोपली काँग्रेसका नेत दिपेन्द्र सिँह ,ज्ञानबहादुर साह, लगायतको उपस्थिती रहेको थियो ।
प्रतीयोगीतामा विजेता पहलवानलहरुलाई पुरस्कार समेत वितरण गरीएको थियो । यो मेला प्रतेक वर्ष को दिपावलीको भोलि पल्ट लागने गरेकोले सोही अवसर मा अासिस मिश्राको जन्म दिनको खुशीमा कुशती प्रतियोगिता भएको थियो ।

 

दिपावली कै दिन पर्सामा अागलगी, आधा दर्जन घर जलेर नष्ट

0

वीरगंज, २१ कात्तिक ।
धोबिनी गाउँपालिकाको वडा नं. २, भिखमपुरमा बुधबार आगलगी भएको भएको छ । दिपावलि मनाउन बालिएको दियोले भएको आगलगीमा परि ६ जनाको घरगाेठ जलेर नष्ट भएको छ ।

आगलगीमा परि मनोज पटेल, नथुनी पटेल, हिरा महतो चौहान, जगदीश पटेल, भागरिथ पटेल र झगरु राउत कुर्मिको गोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी बल बोडर आउट पोस्ट भिखमपुरका प्रहरी निरीक्षक सोम श्रेष्ठले वताए ।

राती ७ बजेको करिबमा भएको आगलगि स्थानिय, सशस्त्र प्रहरी, जनपत प्रहरी र दमकलको सहयोमा नियन्त्रणमा अाएकाे श्रेष्ठले वताए ।

यस्तै वीरगंज महानगरपालिकाको वडा नं. १७ अलौमा पनि आगलगी भएको छ । आगलगिले सन्त महतो नुनियाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै धोबनी गाउँपालिकाको वडा नंं. ४, लंगडीमा पनि अागलगी भएकाे छ । अागलगिमा शिवशम्भु मुखिया, भोला मुखियाको गोठ जलेर नष्ट भएकाे छ । स्थानियहरुको अनुसार केटाहरूले पटखा जलाइरहेकाे आगोले आगलगी भएको थियो ।

बाढीपिडीत सोम वहादुर बिकलाई भवन हस्तान्तरण

0

पर्सा, २१ कार्तिक । ठोरी गाउपालिकाको वडा न. ४ फारलाईन निवासी सोम बहादुर बिक ( बिर्ष बहादुर बिक ) लाई आज एक कार्यक्रम बिच वडाध्यक्ष बैई बहादुर पाख्रीनको रोहवरमा निष्ट सोसाईटीले नवनिर्मित भवन हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा निष्टका संयोजक प्रेम श्रेष्ठले बाढीपिडीतको घर बनाउन आर्थिक सहयोग गर्ने निष्टको सम्पुर्ण सदस्यहरु तथा कुसुमवाटीका मध्यवर्ती उपभोत्ता समितीका टंक प्रशाद तिमिल्सीना र खगेन्द्र श्रेष्ठलाई निष्टको अध्यक्ष निरकुमार श्रेष्ठ र आफ्नो तर्फवाट हार्दिक धन्यवाद दिनुभएको थियो ।

नवनिर्मित भवनको चावी निष्टको सदस्य द्वय टिकाराम श्रेष्ठ र हरि श्रेष्ठले हस्तान्तरण गरेका थिए । गत साउनमा आएको बाढीले सोम बहादुर बिकको घर डुवानमा परेर बस्न नसक्ने अवस्था थियो । र विक झुपडिमा वसेर निर्वाह गरिरहेका थिए ।

स्थानीय युवाहरु द्वारा गठन भएको संस्था निष्ट सोसाईटीले २०७४ अशोज २० गते शिलान्यास गरी भवन निर्माण सूरू गरेका थिए ।

रक्त संचार केन्द्रको बार्षिकोत्सवमा रक्तदान कार्यक्रम

0

वीरगंज, २१ कात्तिक ।
नेपनल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र वीरगंजले आफ्नो ४१ औं बार्षिकोत्सव आज रक्तदान कार्यक्रमको आयोजना गरि मनाएको छ ।

रेडक्रस सोसाइटी प्रदेश नं. २ का अध्यक्ष फुलमहम्द मियाँको अध्यक्षतामा भएको कार्यक्रममा डा. प्रमोद सराफ, डा. दिपक शाक्य, शत्रुधन नेपाल, अरबिन्द सिह, प्रकाश थारु, प्रभाकर गुप्ता, कमल चौगाई लगायतकाले सुभकामना मनत्ब्य राखेका थिए ।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले रक्त सञ्चार केन्द्र वीरगंजमा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे, नेवि संघका केन्द्रिय सदस्य सुधीर पटेल लगायतकाले रक्तदान गरेका छ्न र अहिले पनि रक्तदान कार्यक्रम जारी नै रहेको बताईएको छ ।

राजपा द्वारा बहुदरमाईमा शुभकामना अदानप्रदान

0

वीरगंज, २० कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल बहुदरमाइ नगरपालिका इकाई समिति द्वारा दिपावलि एवम छठ पर्वको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश राज्य मन्त्री माननीय डिम्पल झाको प्रमुख आतिथ्य एवम प्रदेश सान्सद माननिय रमेश प्रसाद कुर्मीको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा पार्टीका नेता शिव पटेल, कृष्ण यादव, वडा अध्यक्ष प्रमोद यादव, जितेन्द्र पटेल, राजेशवर पटेल, सोनालाल साह,  लगायतका नेताहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रम वडा सदस्य बिनोद कुमार सिंहको अध्यक्षतामा भएको थियो ।

वीरगंजकाे घण्टाघरमा

0

वीरगंजकाे घण्टाघरमा हिन्दुहरुको महान पर्व दिपावली र छ्ठ पर्वको लागि आवश्यक पर्ने विभिन्न किसिमको माटोको भांडाे बिक्रीको लागि राखिएको दृश्य । तस्बिर : जाकिर हुसेन

३ किलो चांदि सहित भारतिय नागरिक पक्राउ

0

वीरगंज, १९ कात्तिक ।
३ किलो २५० ग्राम अं. रु १ लाख ३८ हजार ४ सय १६ मुल्य बराबारको चांदी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सोमबार विहान ९ः४५ बजेको समयमा वीरगंज १६, शंकराचार्य गेट स्थितबाट भारत, विहार, पुर्वी चम्पारण, थाना रक्सौल, मोजे टोल बस्ने बिर बहादुर प्रसाद साह सोनारलाई चांदीको गर–गहना सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

निजको साथबाट चांदीको पाउजु ३६ जोर, सिक्री १९ थान, गिलास ८ थान, कचौरा ९ थान, चम्चा १२ थान, हनुमान लकेट २३ थान, चावी रिङ ६ थान, ब्रास्लेट ३ थान, मुसरी २७ थान, पायको हुक १ पुरिया बरामद गरिएको प्रहरी उपरिक्षक रेवती ढकालले वताए ।