Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

बालुवाटार जग्गा प्रकरण सम्बन्धि वीरगंजमा खबरदारी कार्यक्रम सम्पन

spot_img
spot_img

वीरगंज , ७ बैशाख
बालुवाटार र ह्यात जग्गा प्रकरण सम्बन्धि खबरदारी कार्यक्रम शनिबार वीरगंजको घण्टाघरमा सम्पन भएको छ । विवेकशिल साँझा पार्टी प्रदेश नं. २ को आयोजना भएको कार्यक्रमका सहभागिहरुले बोलौ साथी बोलौ भ्रष्टाचारीको पोल खोलौ, ठुला माछा कता ? बालुवाटार छ जता, जस्ता नारा लेखेको टोपी लगाएर विरोध प्रदर्शन गरेका थिए ।

विवेकशिल साझा पार्टीका नेता विजय यादवको अध्यक्षतामा भएको खबरदारी कार्यक्रममा पार्टीका युवा नेताहरुले खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता विजय यादवले कांग्रेस र एमालेका नेताका कारण देशमा भ्रष्टाचार मौलाएको आरोप लगाउदै अब देश विकासको लागि युवा पुस्ताह अगाडी आउनुपर्ने बताएका थिए । युवा नेता यादवले देशमा बर्षौ देखि शासन गर्दै आएका कांग्रेस र एमालेका नेताहहरु एकले अर्कालाई दोष थुपार्ने गरेको भएपनि भ्रष्टाचारीलाई कारवाही हुन नदिन एक हुने गरेको आरोप लगाए ।

कार्यक्रममा विवेकशिल साझा पार्टीका युवा नेताहरु धनिलाल प्रसाद, अकलेश पंडित, विकास पटेल, हासिम अंसारी, राजन गुप्ता ,रंजित साह लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...