Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

यौन तथा प्रजनन अधिकार सम्बन्धि अभिमुखिकरण सम्पन्न

spot_img
spot_img

वीरगंज, ७ बैशाख ।
महिलाहरुको आंग खस्ने समस्या एवं यौन तथा प्रजनन अधिकार सवाल बिस्तारित सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । वातावरणिय कृर्षि तथा बिकास केन्द्र काठमाण्डौको सहयोगमा र गैरसरकारी संस्था महासंघ नेपाल पर्साको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

महिला प्रजनन अधिकार कार्यक्रम अन्तर्गत सुरु भएको अभिमुखिकरणमा पर्साका डेढ दर्जन गैरसरकारी संस्थाका दुई/दुई जना प्रतिनिधी गरी ३६ जनाको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिती पर्साको सभाहालमा भएको अभिमुखिकरणमा प्रशिक्षिका ईश्वरी नेपाल, प्रशिक्षक सुमेश भटराई र उमेश यादवले प्रशिक्षण दिएका थिए ।

गैरसरकारी संस्था महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको समापन समारोहमा गैरसरकारी संस्था महासंघ पर्साका सचिव चन्देश चौहान, सलाहकार समितिका सदस्य जयनारायण चौधरी, सहभागिको तर्फबाट गणेश महरा, माल्ती कुशवाहा, रोशनी साहले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन महासंघ पर्साका कोषाध्यक्ष मनोज कुमार गुप्ताले गरेका थिए ।

ngo federation_2_kalikatimes

यस्तै महिला प्रजनन अधिकार कार्यक्रम अन्तर्गत नै आइतबार पर्साका १४ वटा स्थानिय तहका प्रमुख, उपप्रमुख प्रमुख प्रशासकिय अधिककृतहरु र पत्रकारहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम हुने महासंघका प्रदेश सदस्य नरेश जयसवालले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...