Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

छिपहरमाईमा नेपाली कांग्रेसको कार्यकर्ता भेला सम्पन्न, सयौंद्वारा पार्टी प्रबेश

spot_img
spot_img

वीरगंज, ७ बैशाख ।
पर्साको छिपहरमाई गाउँपालिकामा शनिबार नेपाली कांग्रेसको कार्यकर्ता भेला सम्पन्न भएको छ । छिपहरमाई गाउँपालिकाको वडा नं. ४, बन्जारी स्थित रहेको छिपहरमाईकोे स्थानमा भएको गाउँपालिका स्तरिय कार्यकर्ता भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले नेकपा नेतृत्वको सरकार भष्ट्रचारमा लिप्त भइसकेको आरोप लगाए । सरकारको नतृत्व गरिरहेका नेकपाका महासचिव जस्तो गरिमामय पदमा रहेका व्यक्ति भुमाफिया हुनु कुरा सरकारी जग्गा हडप्न कार्यमा सरकारको सलग्नता भएको शंका उत्पन भएको उनको भनाई थियो ।

कार्यक्रमका बिशिष्ठ अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले फोरममा ठेक्दारहरु जितेका कारण जिल्ला र प्रदेशमा विकास गती लिन नसकेको वताए । उनले भने ‘फोरमबाट चुनाव जितेका ठेक्दार कै कारण लामो समय देखी तिलावे पुल निर्माण नहुनु र दिनहु पर्सेली जनता दुःख पाउनु त्यसको मात्र उदहारण हो’ ।

नेपाली कांग्रेसको छिपहरमाई गाउँपालिका संयोजक धुरेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी, नेता बशिष्ट नारायण कुर्मी, किशोरी साह, क्षेत्रिय सभापति रमेश पाण्डे, सचिव श्रीकान्त यादव, कालिकामाई गाउँपालिका संयोजक राजिन्द्र कुर्मी, मनिकान्त गुप्ता लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा पार्टी प्रबेश समेत गरेका थिए । नेपाली कांग्रेस प्रबेश गर्ने रसुल मियाँ तेली, सुदामा साह तेली, नौसाद आलम, संजय अंसारी, लालबाबु साह कानु, वकिल मियाँ धोबी, विनोद साह कानु लगायतकालाई पार्टीका नेताहरुले अविरको टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...