Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

छिपहरमाईमा नेपाली कांग्रेसको कार्यकर्ता भेला सम्पन्न, सयौंद्वारा पार्टी प्रबेश

spot_img
spot_img

वीरगंज, ७ बैशाख ।
पर्साको छिपहरमाई गाउँपालिकामा शनिबार नेपाली कांग्रेसको कार्यकर्ता भेला सम्पन्न भएको छ । छिपहरमाई गाउँपालिकाको वडा नं. ४, बन्जारी स्थित रहेको छिपहरमाईकोे स्थानमा भएको गाउँपालिका स्तरिय कार्यकर्ता भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले नेकपा नेतृत्वको सरकार भष्ट्रचारमा लिप्त भइसकेको आरोप लगाए । सरकारको नतृत्व गरिरहेका नेकपाका महासचिव जस्तो गरिमामय पदमा रहेका व्यक्ति भुमाफिया हुनु कुरा सरकारी जग्गा हडप्न कार्यमा सरकारको सलग्नता भएको शंका उत्पन भएको उनको भनाई थियो ।

कार्यक्रमका बिशिष्ठ अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले फोरममा ठेक्दारहरु जितेका कारण जिल्ला र प्रदेशमा विकास गती लिन नसकेको वताए । उनले भने ‘फोरमबाट चुनाव जितेका ठेक्दार कै कारण लामो समय देखी तिलावे पुल निर्माण नहुनु र दिनहु पर्सेली जनता दुःख पाउनु त्यसको मात्र उदहारण हो’ ।

नेपाली कांग्रेसको छिपहरमाई गाउँपालिका संयोजक धुरेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी, नेता बशिष्ट नारायण कुर्मी, किशोरी साह, क्षेत्रिय सभापति रमेश पाण्डे, सचिव श्रीकान्त यादव, कालिकामाई गाउँपालिका संयोजक राजिन्द्र कुर्मी, मनिकान्त गुप्ता लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा पार्टी प्रबेश समेत गरेका थिए । नेपाली कांग्रेस प्रबेश गर्ने रसुल मियाँ तेली, सुदामा साह तेली, नौसाद आलम, संजय अंसारी, लालबाबु साह कानु, वकिल मियाँ धोबी, विनोद साह कानु लगायतकालाई पार्टीका नेताहरुले अविरको टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...