Date
आइत, साउन ३, २०८३
Sun, July 19, 2026

वीरगन्जबाट तिनजना फोटो पत्रकार मनोनित

spot_img
spot_img

वीरगन्ज, ८ बैशाख ।

“नेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार २०७५” का लागि वीरगन्जका ३ जना फोटो पत्रकार मनोनयनमा परेका छन् । राष्ट्रिय फोटो पत्रकार समूहको आयोजना यही बैशाख १३ गते वितरण हुने सो पुरस्कारका लागी विभिन्न सञ्चार माध्यममा कार्यरत वीरगन्जका तीन जना पत्रकार मनोनयनमा परेका हुन् । १५ बिधामा प्रत्येक बिधाका लागि ५ जना गरि ७५ जना मनोनीत भएकोमा वीरगन्जबाट पन्कज श्रेष्ठ, सफल खतिवडा र तिवारी यादव मनोनीत भएका छन् ।

फोटोका लागि राजनीति, दैनिक जिवन, महिला, पर्यटन तथा संस्कृति, खेलकुद, मनोरञ्जन, आर्थिक, अनलाइन लगायतका गरि १५ वटा बिधा रहेका छन् । प्रत्येक बिधाबाट उत्कृष्ट ५ मा पर्ने सफल फोटो पत्रकारहरुलाई सोमबार कार्यक्रम आयोजना गरेर प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव प्रदीपराज वन्तले फोटो पत्रकारहरुको हौसला बढाउन समुहले विगत ३ बर्षदेखि विभिन्न संघसंस्थासंग सहकार्य गरि पुरस्कार प्रदान गर्दै आइरहेको बताए । प्रत्येक बिधामा उत्कृष्ट हुनेलाई २५ हजार नगदसहित ,प्रमाणपत्र ,ट्रफि तथा सबै बिधाबाट उत्कृष्ट हुने ५० हजार नगद सहित ,प्रमाणपत्र ,ट्रफि वितरण गरिने आयोजक संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारले बताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नयाँ आर्थिक बर्ष सुरु भएपनि पर्साका आधा दर्जन भन्दा बढी पालिकाले ल्याएनन् बजेट

वीरगंज । पर्सा जिल्लाका आधा दर्जनभन्दा बढी स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट हालसम्म सार्वजनिक गर्न सकेका छैनन् । असार मसान्तभित्र अनिवार्य...

बाढी प्रभावित क्षेत्रको सांसद कानु र नेता पटेलद्वारा स्थलगत अवलोकन

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील कानुले वर्षाका कारण उत्पन्न बाढी तथा डुबानबाट प्रभावित क्षेत्रको स्थलगत अवलाेकन गर्दै दीर्घकालीन...

कार्यवाहक प्रमुख आलमको पहलमा सबैठवाको ४ वर्षदेखिको नाला विवाद समाधान

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २३ सबैठवामा विगत चार वर्षदेखि विवादका कारण अवरुद्ध रहेको नाला (ढल निकास) कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको सक्रिय पहलमा...