Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

भाथामा मान्छे मरेको हल्ला मात्र, भर्र्याङ्को रेलिङ्ग भाचेर १२ घाइते

spot_img
spot_img

वीरगन्ज । पर्साको प्रसिद्ध दुधेश्वरनाथ (भाथा) मा एक जना पनि मृत्यु भएको छैन । मन्दिर जाने भर्र्याङ्को रेलिङ्ग भाचेर १२ जना जति घाइते मात्र भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको ।

जस मध्ये समान्य घाइते १० जनाको भाथाको स्वास्थ्य सिबिर मै उपचार गराई घर फर्केका छन भने गम्भी घाइते २ जनालाई उपचारका लागि वीरगन्ज लगिएको छ । साउनको तेस्रो सोमारी आज तेरस र पन्चमी परेका कारण भक्तजनहरु भिड बढेको थियो भने भिडका कारण नै भर्र्याङ्को रेलिङ्ग भाचेर दुर्घटना भएको प्रत्यक्षदर्शी शत्रुधन गिरिले वताए ।

बिहान ६:३० बजे दुर्घटना भए पछि केही बेर जल्ल चढाउन जाने भक्तजनहरुलाई रोकिएको थियो र पछि पुन सुचारु भएको उनले जानकारी गराए । बिहानै देखि भाथामा भर्र्याङ भत्किएर ठूलो दुर्घटना भएको र केहिको मृत्यु भएको हल्ला चले पनि त्यसो केही नभएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...