Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

भाथामा मान्छे मरेको हल्ला मात्र, भर्र्याङ्को रेलिङ्ग भाचेर १२ घाइते

spot_img
spot_img

वीरगन्ज । पर्साको प्रसिद्ध दुधेश्वरनाथ (भाथा) मा एक जना पनि मृत्यु भएको छैन । मन्दिर जाने भर्र्याङ्को रेलिङ्ग भाचेर १२ जना जति घाइते मात्र भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको ।

जस मध्ये समान्य घाइते १० जनाको भाथाको स्वास्थ्य सिबिर मै उपचार गराई घर फर्केका छन भने गम्भी घाइते २ जनालाई उपचारका लागि वीरगन्ज लगिएको छ । साउनको तेस्रो सोमारी आज तेरस र पन्चमी परेका कारण भक्तजनहरु भिड बढेको थियो भने भिडका कारण नै भर्र्याङ्को रेलिङ्ग भाचेर दुर्घटना भएको प्रत्यक्षदर्शी शत्रुधन गिरिले वताए ।

बिहान ६:३० बजे दुर्घटना भए पछि केही बेर जल्ल चढाउन जाने भक्तजनहरुलाई रोकिएको थियो र पछि पुन सुचारु भएको उनले जानकारी गराए । बिहानै देखि भाथामा भर्र्याङ भत्किएर ठूलो दुर्घटना भएको र केहिको मृत्यु भएको हल्ला चले पनि त्यसो केही नभएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...