Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

वीरगन्जमा दुई पक्ष बिच विवाद हुदा गोली चल्यो

spot_img
spot_img

वीरगन्ज । पर्खाल निर्माणको विषयमा विवाद हुँदा वीरगन्ज महानगरपालिकाको वडा नं. १८ भवानीपुरमा मङ्गलबार गोली चलेको छ । स्थानीय मोहन साहले टयाक्टर राख्ने पक्की टहरा बनाउने क्रममा छिमेकी वृजेश कुमार पटेल संग विवाद हुदा गोली चलेको हो । साहले सडकमै टहरा बनाउन लागेको भन्दै पटेलले अवरोध गर्न खोजेपछि विवाद भएको थियो । विवाद चर्केपछि मोहन साहका छोरा कुन्दन साहले गोली चलाएका हुन् ।

पटेल र साहबीच झगडा हुँदा साहका छोरा कुन्दनलले घरमा राखेको इजाजत प्राप्त १२ बोरको बन्दुक निकालेर गोली चलाएको प्रहरीले जनाएको छ । गोली चले पनि मानवीय क्षति भने नभएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए । गोली चलाउने कुन्दन र उनका बुबा मोहन साहलाई प्रहरीले पक्राउ गरिसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी गराए ।

घटनास्थलबाट प्रहरीले फायर भएको १ राउण्ड कार्टिज (गोलीको खोका) फेला पारेको छ । गोली चलेको खबर पाएलगत्तै घटना स्थलमा प्रहरी पुगेको थियो । प्रहरीले मोहन साहको घरमा खानतलासी गर्दा एउटा १२ बोर बन्दुक र त्यसमा लाग्ने ४ राउण्ड गोली पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...