Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

वीरगन्जमा दुई पक्ष बिच विवाद हुदा गोली चल्यो

spot_img
spot_img

वीरगन्ज । पर्खाल निर्माणको विषयमा विवाद हुँदा वीरगन्ज महानगरपालिकाको वडा नं. १८ भवानीपुरमा मङ्गलबार गोली चलेको छ । स्थानीय मोहन साहले टयाक्टर राख्ने पक्की टहरा बनाउने क्रममा छिमेकी वृजेश कुमार पटेल संग विवाद हुदा गोली चलेको हो । साहले सडकमै टहरा बनाउन लागेको भन्दै पटेलले अवरोध गर्न खोजेपछि विवाद भएको थियो । विवाद चर्केपछि मोहन साहका छोरा कुन्दन साहले गोली चलाएका हुन् ।

पटेल र साहबीच झगडा हुँदा साहका छोरा कुन्दनलले घरमा राखेको इजाजत प्राप्त १२ बोरको बन्दुक निकालेर गोली चलाएको प्रहरीले जनाएको छ । गोली चले पनि मानवीय क्षति भने नभएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए । गोली चलाउने कुन्दन र उनका बुबा मोहन साहलाई प्रहरीले पक्राउ गरिसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी गराए ।

घटनास्थलबाट प्रहरीले फायर भएको १ राउण्ड कार्टिज (गोलीको खोका) फेला पारेको छ । गोली चलेको खबर पाएलगत्तै घटना स्थलमा प्रहरी पुगेको थियो । प्रहरीले मोहन साहको घरमा खानतलासी गर्दा एउटा १२ बोर बन्दुक र त्यसमा लाग्ने ४ राउण्ड गोली पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...