Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

लाेक सेवा विरुद्ध आन्दोलन जारी

spot_img
spot_img

काठमाडौँ । लोक सेवा आयोगले स्थानीय तहका लागि आवश्यक कर्मचारीको विज्ञापन प्रकाशित गर्दा सङ्घीयताको मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत खुलाएको भन्दै आदिवासी जनजाति, मधेसी, पिछडिएका समुदायले विरोध जारी राखेको छ ।

आरक्षण बचाऔँ आन्दोलनका लागि सोमबार सामाखुसी रानीबारीमा नेपाल तामाङ घेदुङको नेतृत्वमा आन्दोलन परिचालन समिति बनेको छ ।

सामाखुसी तामाङ परिवार कोषको सदस्यहरूसँग आयोजित छलफलपछि समितिको संयोजक रामकृष्ण ब्लोन, सचिवालय सदस्य रामभक्त बोम्जन तोकिएको घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिनुभयो ।

आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्र तथा पहिचानमा आधारित सङ्घ संस्थाहरूले ‘आरक्षण बचाऔँ आन्दोलन’का लागि ऐक्यबद्ध भई विरोध गरिरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...