Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेपाल सरकार नै श्रिसिया बासीलाई आर्थिक नाकाबन्दी लगायो : सांसद यादव

spot_img
spot_img

काठमाडौँ  / वीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सियाको घर जग्गा रोक्का राखेर मधेशी भएकै कारण सुकुम्वासी बनाउन खोजेको सांसद प्रदिप यादवले आरोप लगाएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले २ वर्षदेखी घर जग्गा रोका राखेर अधिग्रहणको नाममा मधेशी भएकै कारण उठिबास लगाउन खोजको आरोप लगाएका हुन् ।

मधेसी भएकै कारण विना क्षतिपुर्ति घर, घडेरी, जग्गा सबै रोक लगाएका कारण स्थानीय कुनैपनी व्यापार व्यवसाय वा छोरी बेटीको विवाहका लागी समेत ऋण लिन नसक्ने अवस्थामा बनाएको प्रति सांसद यादवले दुःख व्यक्त गरेका थए ।

बिना कुनै ठोस कदम उठाई ६२ बिघा भन्दा बढी जह्गा अधिग्रहण गरि आर्थिक नाकाबन्दि जस्तो हाल श्रीसियाका स्थानीय बासिन्दा संग सरकारले गरेको छ , अनेकौ बहाना लागे भएको जग्गा रोका का कारण त्यहाँका स्थानीयहरु आर्थिक संकटबाट जुझ्न बाध्य छन् भन्दै सांसद यादव सदनको धयान आकर्षण गराए छन् |

नेपाल सरकारले नयाँ आईसिपि संगसंगै स्मार्ट सिटी बनाउनुपर्ने अवधारण अघि सारेको थियो तर कुनै काम नै अगाडी नबढाई स्थानीयमाथि आर्थिक नाकाबन्दी गरेको उनको आरोप थियो ।

स्मार्ट सिटि बनाउनु परे त्यसको विस्तृत काम अगाडी बढाउनु पर्ने हैनभने किनबेच फुकुवा गर्नुपर्ने नेपाल सरकार समक्ष माग गर्नुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...