Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

नेपाल सरकार नै श्रिसिया बासीलाई आर्थिक नाकाबन्दी लगायो : सांसद यादव

spot_img
spot_img

काठमाडौँ  / वीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सियाको घर जग्गा रोक्का राखेर मधेशी भएकै कारण सुकुम्वासी बनाउन खोजेको सांसद प्रदिप यादवले आरोप लगाएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले २ वर्षदेखी घर जग्गा रोका राखेर अधिग्रहणको नाममा मधेशी भएकै कारण उठिबास लगाउन खोजको आरोप लगाएका हुन् ।

मधेसी भएकै कारण विना क्षतिपुर्ति घर, घडेरी, जग्गा सबै रोक लगाएका कारण स्थानीय कुनैपनी व्यापार व्यवसाय वा छोरी बेटीको विवाहका लागी समेत ऋण लिन नसक्ने अवस्थामा बनाएको प्रति सांसद यादवले दुःख व्यक्त गरेका थए ।

बिना कुनै ठोस कदम उठाई ६२ बिघा भन्दा बढी जह्गा अधिग्रहण गरि आर्थिक नाकाबन्दि जस्तो हाल श्रीसियाका स्थानीय बासिन्दा संग सरकारले गरेको छ , अनेकौ बहाना लागे भएको जग्गा रोका का कारण त्यहाँका स्थानीयहरु आर्थिक संकटबाट जुझ्न बाध्य छन् भन्दै सांसद यादव सदनको धयान आकर्षण गराए छन् |

नेपाल सरकारले नयाँ आईसिपि संगसंगै स्मार्ट सिटी बनाउनुपर्ने अवधारण अघि सारेको थियो तर कुनै काम नै अगाडी नबढाई स्थानीयमाथि आर्थिक नाकाबन्दी गरेको उनको आरोप थियो ।

स्मार्ट सिटि बनाउनु परे त्यसको विस्तृत काम अगाडी बढाउनु पर्ने हैनभने किनबेच फुकुवा गर्नुपर्ने नेपाल सरकार समक्ष माग गर्नुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...