Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

मिनी संसदकाे बैठकमा यश कारण राेए नेपाल र भट्टराई

spot_img
spot_img

काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखेको थियो । कार्यक्रममा नेकपाका वरिष्ठ नेता पूर्व प्रधामन्त्री माधवकुमार नेपाल पनि उपस्थित थिए ।

नेता नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य हुन् । कार्यक्रमको सुरुमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुले मन्त्री भट्टराईलाई बधाईसँगै सुझावहरु पनि दिए । वरिष्ठ नेता नेपालले पनि बधाईसँगै भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको रुपमा गर्नुपर्ने कामको बारेमा सुझाव दिए । बधाई तथा शुभकामना ग्रहणपछि मन्त्री भट्टराई बोले । उनले नेता नेपालसँगको सम्झना गरे । भट्टराईले नेपालसँगको सम्बन्ध गुरु–चेलाको सम्बन्ध रहेको बताए ।

भट्टराईले २०४३ सालको घटना सम्झिदै भने, ‘२०४३ सालमा पार्टीले पञ्चायत निर्वाचनलाई जनपक्षीय उम्मेदवारमार्फत उपयोग गर्ने नीति अनुसार म काठमाडौंमा खटिएको थिएँ । रात–दिन नभनी, खाइ–नखाई खटिइएछ । त्यसैको असरले होला, म निकै बिरामी परें । शिक्षण अस्पतालमा ६० दिन बसें । डाक्टरले आशा मारिसकेका थिए । ६० दिनको बसाईको क्रममा माधव नेपाल मलाई भेट्न आउनु भयो । त्यतिबेला उहाँको नाम माधव नेपाल थिएन । जब उहाँले मलाई स्पर्श गर्नुभयो, मलाई जीवनप्रति आशा पलायो । सायद त्यो बाँच्ने आधार थियो ।’

भट्टराई विगतको कुरा गर्दा गर्दै भावुक भए । उनको बोली रोकियो । केही छिन भक्कानिएर पुराना सम्झनाहरु सुनाए । भट्टराईले नेता नेपाल राजनीतिमा आफ्नो अभिभावक रहेको बताए । भट्टराई रोक्किएपछि नेता नेपाल पनि भावुक भए । नेपालको आँखा रसायो । नेता नेपालले आफ्नोे अगाडि रहेको ‘टिस्यु’ पेपरले आँखा पुछे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...