Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

मिनी संसदकाे बैठकमा यश कारण राेए नेपाल र भट्टराई

spot_img
spot_img

काठमाडौं । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बधाई तथा शुभकामना दिने कार्यक्रम राखेको थियो । कार्यक्रममा नेकपाका वरिष्ठ नेता पूर्व प्रधामन्त्री माधवकुमार नेपाल पनि उपस्थित थिए ।

नेता नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य हुन् । कार्यक्रमको सुरुमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुले मन्त्री भट्टराईलाई बधाईसँगै सुझावहरु पनि दिए । वरिष्ठ नेता नेपालले पनि बधाईसँगै भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको रुपमा गर्नुपर्ने कामको बारेमा सुझाव दिए । बधाई तथा शुभकामना ग्रहणपछि मन्त्री भट्टराई बोले । उनले नेता नेपालसँगको सम्झना गरे । भट्टराईले नेपालसँगको सम्बन्ध गुरु–चेलाको सम्बन्ध रहेको बताए ।

भट्टराईले २०४३ सालको घटना सम्झिदै भने, ‘२०४३ सालमा पार्टीले पञ्चायत निर्वाचनलाई जनपक्षीय उम्मेदवारमार्फत उपयोग गर्ने नीति अनुसार म काठमाडौंमा खटिएको थिएँ । रात–दिन नभनी, खाइ–नखाई खटिइएछ । त्यसैको असरले होला, म निकै बिरामी परें । शिक्षण अस्पतालमा ६० दिन बसें । डाक्टरले आशा मारिसकेका थिए । ६० दिनको बसाईको क्रममा माधव नेपाल मलाई भेट्न आउनु भयो । त्यतिबेला उहाँको नाम माधव नेपाल थिएन । जब उहाँले मलाई स्पर्श गर्नुभयो, मलाई जीवनप्रति आशा पलायो । सायद त्यो बाँच्ने आधार थियो ।’

भट्टराई विगतको कुरा गर्दा गर्दै भावुक भए । उनको बोली रोकियो । केही छिन भक्कानिएर पुराना सम्झनाहरु सुनाए । भट्टराईले नेता नेपाल राजनीतिमा आफ्नो अभिभावक रहेको बताए । भट्टराई रोक्किएपछि नेता नेपाल पनि भावुक भए । नेपालको आँखा रसायो । नेता नेपालले आफ्नोे अगाडि रहेको ‘टिस्यु’ पेपरले आँखा पुछे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...