Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बजेटको बिषयलाई लिएर बिन्दवासिनीमा झडप, ४ घाइते

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ झौवामा सोमबार दुई पक्ष विच झडप भएको छ । स्थानिय हनिफ अंसारी र मकमुल राउत गद्दी बिच बजेटको बिषयमा विवाद हुदा झडप भएको प्रहरीले जनाएको छ । हनिफ वडाध्यक्ष सलमा खातुनको श्रीमान हुन ।

झडपमा परी हनिफ सहित ४ जना घाइते भएका छन । घाइते मध्ये समिम र नगिना खातुनको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको छ । अर्का घाइते हनिफको टाउकोमा र सहरुम राउत गद्दीको खुट्टामा चोट लागेको प्रहरी चौकी प्रसौनी भाठाले जनाएको छ ।

इद्रगाह निर्माणमा भएको खर्चको बिषयलाई लिएर विवाद हुदा झडप भएको स्थानियहरुले वताएका छन । स्थानियका अनुसार इद्रगाह निर्माणको लागि चुनावको समयमा निलम्बीत सांसद हरिनारायण रौनियारले चार हजार इन्टा र ४० वटा पिलहर दिएका थिए ।

यसका साथै इद्रगाह नजिकै रहेको रुख बिक्री गरी रु ६० हजार आम्दनी भएको थियो । तर पछि वडाध्यक्ष सलमाका श्रीमान हनिफले गाउँपालिकाबाट पनि इद्रगाह निर्माणका लागि रु ८ लाख निकास गराएका छन ।

स्थानिय एक जना युवा नाम नलेख्ने शर्तमा भने रौनियारले दिएको इन्टा, पिलर र रुख बिक्री गरेको रकम पनि इद्रगाह निर्माणमा लागेको छ र गाउँपालिकाको बजेट पनि लागेको छ । त्यसैको हिसाब किताब माग्दा हनिफ र मकमुल बिच विवाद भई झडप भएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...