Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

संघीय सरकारलाई आवश्यक्ता महसुस नभएसम्म संविधान संशोधन हुँदैन : मन्त्री बास्कोटा

spot_img
spot_img

जनकपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संघीय सरकारलाई आवश्यक्ता महसुस नभएसम्म संविधान संशोधन नहुने बताएका छन् ।

मंगलबर जनकपुर स्थित नेपाल पत्रकार महासंघ धनुषाको कार्यालयमा आयोजित पत्रकार भेटघाटको क्रममा उनले सत्तारुढ दल समाजवादी पार्टीसङ्ग भएको संविधान संशोधनको बारेमा औचित्य पुष्टी भए मात्रै संविधान संशोधन हुने मन्त्री बास्कोटाले स्पष्ट पारे ।

मन्त्री बास्कोटाले भने ‘सरकारलाई जबसम्म संविधान संशोधनको आवश्यक्ता महसुस हुँदैन, तबसम्म संविधान संशोधन हुँदैन ।’

अर्को प्रसंगमा उनले संघीय सरकार प्रदेश २ को विकासका लागि सबै भन्दा बढी लगानी गरेको बताएका छन् । मन्त्री बसकोटाले प्रदेश २ को विकासको लागि संघीय सरकार सबभन्दा बढी परियोजनाहरु संचालनमा ल्याएको दावी गरे ।

प्रदेश २ मा नेपालको एकमात्र रेल्वे सेवा, निजगढमा अन्तराष्ट्रिय विमान स्थल, कमला मरिन डाइभर्सन, मदन भण्डारी राज्यमार्ग, कोशी करिडोर, नारायणी करिडोर लगायतका गौरबा परियोजनाहरु संचालनमा ल्याएको उदाहरणको रुपमा उनले देखाए ।

सञ्चारकर्मीलाई पूर्वाग्रही भएर कलम नचलाउन आग्रह गर्दै उनले भने भने, ‘राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुस् । तर, तथ्यपरक हिसाबले मात्रै समाचार सम्प्रेषण गर्नुस् ।’
मन्त्री बास्कोटोले बर्तमान नेकपाको संघीय सरकार ५ वर्षसम्म परिवर्तण नहुने समेत ठोकुवा गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...