Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

सार्वजनिक स्थानमा यौन सम्पर्क गर्न सरकार कै अनुमति

spot_img
spot_img

एजेन्सी : मेक्सिकोको एउटा सहरले खुल्ला स्थानमा यौनसम्पर्क गर्न पाइने व्यवस्था गरेको छ। डेटिंग गएका युवायुवतीहरुले यौनसम्पर्क राखेको स्थानमा पुगेर प्रहरीले पैसा असुल्नथालेपछि सहरमा यस्तो नियम लागू गरिएको बताइएको छ।

यस्तो नियमपछि प्रहरीले सार्वजनिक स्थान, गाडीभित्र सेक्स गर्ने जोडीलाई यत्तिकै समाउन सक्नेछैनन् तर कसैले औपचारिक रुपमा उजुरी गरेमा भने त्यस्ता जोडीलाई कानुन लाग्नेछ। कसैले आफूलाई केही फरक नपर्ने अवस्थामा भने खुल्ला स्थानमै जोडीहरुले यौनलिला गर्न पाउनेछन्।

मेक्सिकोको दोस्रो ठूलो सहर गुआडालाजाराले यस्तो कानुन लगाएपछि विश्वको ध्यान तानेको हो। अगष्टदेखि यस्तो अनौठो नियम सहरमा लागू भएको हो। उक्त नियम सिटिजन मुभमेन्ट काउन्सिलर गुआडालुपे मोर्फिन ओटेरोले प्रस्तुत गरेका थिए।

सेक्सलाई माया साटासाटको रुपमा हेर्नुपर्ने उनको भनाइ छ। सार्वजनिक र निजी विश्वविद्यालयका ९० प्रतिशतभन्दा बढी विद्यार्थीले आफूहरुले सेक्स गरेको थाहा पाएपछि प्रहरीले बार्गेनिंग गरेर पैसा असुल्ने गरेको भन्दै सेक्सलाई अनुमति दिन माग गरेका थिए।

तर यस्तो नियमको मेक्सिकोकै कतिपय पार्टीहरुले भने विरोध गरेका छन्। अन्य उपाय अपनाइनुको साटो यस्तो नियम लागू भएको भन्दै आलोचकहरु आक्रोशित भएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...