Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026

भागवती सहकारी संस्थाको बाह्रो साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । भगवती बचत तथा ऋण सहकारी संस्था लि. रामगढवा–८ पर्साको बाह्रो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष कलिता देबीको अध्यक्षतामा भएको कार्यक्रमको बिरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले मैनबत्ती बाली उदघाटन गरेकी थिइन ।

सभामा संस्थाकी प्रबन्धक सम्झना चौधरीले आ.ब. २०७५/०७६ मा कुल सदस्य संख्या एक हजार एक सय ३४ बाट रु ७५ लाख ४ हजार एक सय १५ बचत संकलन भएको वताईन । जसमा रु ६२ लाख ४९ हजार ६ सय ३५ बचत फिर्ता भएको उनले जानकारी गराइन ।

उनका अनुसार संस्थाले रु २ करोड ६० लाख ५९ हजार ६ सय ५६ कर्जा लगानी र रु ७७ लाख २ हजार ६ सय ८९ कर्जा असुली गरेको छ । संस्थाले रु २ करोड ७५ लाख ६२ हजार ९ सय ९३ कारोवार गरी रु एक लाख ९० हजार ४ सय ३० मुनाफा गर्न समेत सफल भएको उनले प्रस्तुती मार्फत वताईन ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ पर्सा फिल्ड कार्यालयका संयोजक भरत दवाडी, जिल्ला सहकारी संघका अध्यक्ष जोखन दास थारु, जिल्ला बचत तथा ऋण सहकारी संघ लि.पर्साका अध्यक्ष राजेश पडित, नेपाल पत्रकार महासंघ पर्साका सचिव युराज खड्का लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य रामनिवास देहातीले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पटेर्वा सुगौलीमा समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक सम्पन्न

वीरगंज । समावेशी तथा गुणस्तरीय शिक्षा सम्बन्धी समन्वय बैठक मंगलबार पर्साकाे पटेर्वा सुगौली गाउँपालिकामा सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा People...

वीरगंज २५ का वडाध्यक्ष चतुर्वेदीको पक्राउ, तत्काल रिहा नगरे आन्दोलनको चेतावनी

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रमा लिएकाे छ । नारायणी अस्पतालकाे घटनामा सम्बन्धमा साेधपुछकाे लागि नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे...

नारायणी अस्पताल घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : आजपा पर्सा इन्चार्ज साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीले नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, आन्दोलनरत चिकित्सकमाथि प्रहरी प्रशासनबाट भएको दुव्र्यवहार तथा त्यसको प्रभावस्वरूप...