Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पत्निको हत्या गरी उँखु बारीमा लुकेका पति पक्राउ

spot_img
spot_img

वीरगंज । पत्निको हत्या गरी फरार पर्साको कालिकामाई गाउँपालिका वडा नं. ५ सेमरा टोल निवासी बर्ष ३५ का मुक्तिनारायण पटेल पक्राउ परेका छन । पटेलले घास काटने धारिलो हतियार (गडासी) ले पत्नि संगिता देवीको शुक्रबार साझ हत्या गरी फरार भएका थिए ।

फरार पटेल गाउँ वाहिर रहेको उंखु बारीमा लुकेको अवस्थामा शनिबार विहान स्थानियको सहयोमा प्रहरीले पक्राउ परेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए । पत्निको हत्या गरी पटेल भागेर गाउँ वाहिर रहेको उँखु बारीमा लुकेको प्रहरीले थाह पाए लगतै उंखु बारी शुक्रबार सांझ देखी नै घेरा हालेको थियो ।

शनिबार विहान स्थानियहरुले उँखु बारीमा पसी खोज तलाश गर्दा पटेल पक्राउ परेका हुन । कालिकामाई गाउँपालिकाको वडा नं. ५ सेमरा टोल स्थित ससुरालीमा बस्दै आएका पटेल ससुराली कै घरमा शुक्रबार अन्दाजी सांझ ५ः३० बजे श्रीमती संगिताको हत्या गरी फरार भएका थिए ।

पटेको स्थानिय घर सेमरा नजिकै रहेको कालिकामाई गाउँपालिकाको वडा नं. ३ हरिहरपुर रहेको वताइएको छ । पटेल वैदेशिक रोजगारबाट एक महिना पहिला मात्र घर फर्केका थिए । घरायसी विवादका कारण पटेलले आक्रोशमा आएर पत्निको हत्या गरेको हुनसक्ने स्थानियहरुको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...