Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

बिरगंजमा गाईजात्रा धुमधामका साथ मनाइयो

spot_img
spot_img

विरगंज,३१ साउन ।
बिरगंजमा गाईजात्रा धुमधामका साथ मनाइएको छ । नेवार महासंघ पर्साको आयोजनामा शुक्रवार अलखिया सदनबाट गाई जात्रा निकालि बजारको परिक्रमा गरे पछि पुनः अलखिया सदन पुगि गाई जात्रा सम्पन्न भएको हो । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र शुक्ल शुक्ल प्रतिपदाका दिन यो पर्व मानिन्छ ।

गाई वा गाईको रूपमा मानिसलाई सिँगारेर नगर परिक्रमा गरी मनाइने यो पर्वको बारेमा १५ औँ शताब्दीको गोपालराज वंशावली र मल्लकालमा लेखिएको ‘ठ्यासफू’ मा समेत ‘सायात’ शब्दको उल्लेख भएबाट प्राचीन कालदेखि नै यो पर्व मनाउँदै आएको प्रमाणित हुन आउँछ । नेपाल भाषाको ‘सायात’ (सापारु) शब्दको अर्थ नेपालीमा ‘गाईजात्रा’ लगाइन्छ ।

राजा प्रताप मल्लको नाबाला छोरा मर्दा रानीले अत्यन्तै विलाप गर्न लागे पछि प्रताव मल्लकै सल्लाहमा उनकै घरबाट जात्रा निकाले पछि त्यो चलन यहाँसम्म आई पुगेको हो ।

शास्त्रीय मान्यताअनुसार मानिसले मरेपछि स्वर्ग जाने बाटोमा पर्ने वैतरणी नदी तर्नुपर्छ । वैतरणी तर्न गाईको पुच्छर समातेर मात्र सकिन्छ र त्यसपछि मात्र स्वर्ग पुगिन्छ भन्ने हिन्दूहरूको जनविश्वास छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...