Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

कालिकामाईमा एक युवकद्वारा आफ्नै श्रीमतीको गडासीले घांटी रेटी हत्या

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. ५ सिमरा टोलमा एक युवकले आफ्नै श्रीमतीलाई घास काट्ने धारिलो हतियार (गडासी)ले प्रहार गरी हत्या गरेका छन ।

कालिकामाई गाउँपालिका वडा नं. ३ स्थाई घर भएका बर्ष ३५ का मुक्तिनारायण पटेलले ३१ बर्षकी आफ्नी श्रीमती संगिता देवी पटेललाई धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

कालिकामाई गाउँपालिकाको वडा नं. ५ सिमरा टोल स्थित ससुरालीमा बस्दै आएका मुक्तिनारायणले ससुराली कै घरमा शुक्रबार अन्दाजी सांझ ५ः३० बजे श्रीमती संगिताको हत्या गरी फरार भएको उनले जानकारी गराए । घटना स्थल प्रहरी पुगी मुचुलका उठाउने काम गरि रहेको छ ।

घरायसी विवादका कारण हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सिंहले वताए ।

घटना स्थल नै रहेका वडाध्यक्ष पवन तिवारीले मृतक संगिताको घांटीको ३ ठाउँमा धारिलो हतियारले रेटेको जस्तो चिनोह देखिएको वताए । घटना बारे थप अनुसन्धान प्रहरीले गरिरहेको समेत उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...