35.3 C
Birgunj
1 April 2025
KALIKATIMES.COM

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

वीरगंज । शिक्षक सेवा आयाेगले सिफारिस गरेर पठाएकाे स्थायी शिक्षकहरुकाे शिक्षा विकास तथा समन्वय ईकाइ पर्साले नियुक्ति पत्र दिई पदास्थापनकाे लागि सम्बन्धित पालिकामा पठाएकाे छ ।

शिक्षक सेवा आयाेगले सिफारिस गरेर पठाएकाे १०१ प्राथमिक शिक्षकहरुकाे पदास्थापनकाे लागि पर्साका विभिन्न पालिकाहरुमा पदास्थापनाकाे लागि पठाइएकाे शिक्षा विकास तथा समन्वय ईकाइ पर्साले जनाएकाे छ ।

नियुक्ति पत्र बुझिएका केही शिक्षकहरुले आइतबार नै पदास्थापनाका लागि सम्बन्धित पालिकामा निवेदन समेत दर्ता गराई सकेका छन् । बाकी शिक्षकहरु चाँडै नै गएर सम्बन्धित पालिकामा पुगेर पदास्थापनाका लागि निवेदन दर्ता गराउनु पर्ने ईकाइ कार्यालयले आग्रह गरेकाे छ ।

ईकाइ कार्यालयले शिक्षा मन्त्रालयकाे निर्देशन बमाेजिम चैत्र मसान्त भरिमा हाजिर भएका शिक्षकले आजिवन पेनसनकाे सुविधा प्राप्त गर्ने भएकाेले ढिलाे नगरी पदास्थापनकाे लागि  पालिकालाई निर्देशन समेत दिएकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:3.631 sec. Memory consumption:82.4 mb