1 April 2025
KALIKATIMES.COM

बिपिसीमा व्यवसायिक योजना प्रस्तुतीकरण प्रतियोगिता सम्पन्न

वीरगंज । वीरगंज पब्लिक कलेज र बिपिसी टेक क्लबको सयुँक्त आयोजनामा व्यवसायिक योजना प्रस्तुतीकरण प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा रिदम बानिया नेतृत्वको टाउन टास्कर्स समूह विजयी बनेको थियो । आदर्श ठाकुर नेतृत्वको सञ्जोग क्रियशन को समूह द्वितिय हुँदा प्रबेज आलमको ट्याप एण्ड गो समूह तृतिय भएको बिपिसी टेकक्लबका अध्यक्ष आकाश दासले जानकारी दिए ।

एक सय भन्दा धेरैले सहभागिता जनाएको प्रतियोगिताको फाइनलमा ६ वटा समूहले प्रीतस्पर्धा गरेका थिए । प्रतियोगितामा मोहित ग्रुपका प्रबन्ध निर्देशक मोहित गुप्ता, स्टडीफाई इन्टरनेशनलका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत समिम अनवर, कर्पाेरेट हाउसका प्रमुख कार्यकारी अधिकृत एलेक्स साह र वीरगञ्ज पब्लिक कलेजका संकाय सदस्य कृष्ण साहले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश विश्वविद्यालयका डिन डा. अञ्जय मिश्रले युवालाई उद्यमतिर आकर्षित गर्नका लागि यस्ता प्रतियोगिताले प्रोत्साहन गर्ने धारणा राखे । कार्यक्रमको सहजीकरण बिपिसी टेकक्लबका सदस्यद्वय नम्रता अधिकारी र मुना रौनियारले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:7.124 sec. Memory consumption:82.41 mb