1 April 2025
KALIKATIMES.COM

चैते धानबालीको रोपाईका समयमा पनि रासायनिक मलको अभाव

फाइल तस्बिर

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साको ग्रामीण भेगमा चैते धानबालीको रोपाईका समयमा अहिले रासायनिक मलको अभाव भएकाे छ । जिल्लाको ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाँउपालिका तथा पर्सागढी नगरपालिका र बीरगंजको केही बडाहरुमा किसानहरुले चैते धानबालीको रोपाई शुरु गरेको एक साता भन्दा बढि समय बिति सक्दा पनि रासायनिक मलको अभाव झेल्नु परेको बताएका छन् ।

धानबाली रोपाइको समयमा डिएपी, पोटास, र यूरिया लगायतको रासायनिक मलको आवश्यक्ता पर्दछन् । तर यस क्षेत्रमा रहेका कृषि सहकारी संस्थाहरुमा यी रासायनिक मलको अभाव रहेको किसानहरुले गुनासो गरेका छन । नेपालका लागि रासायनिक मलको बितरक कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कम्पनी बीरगंजमा मल नभएकाले मल नपाएका जिराभवानी गाँउपालिका वडा नं २ सेढवामा रहेका मारुतिनन्दन कृषि सहकारी संस्थाका अध्यक्ष सत्यनारायण साहले बताए ।

करिब एक महिना अगाडी चैते धानबाली रोपाईका लागि यी संस्थाहरुले डिएपी र यूरिया मल दिएका संचालक साहले बताए । अब बैशाख महिनाको अन्तिम सातातिर मात्र मल आउने संचालक साहले बताए । पटेर्वासुगौली गाउँपालिका उपाध्यक्ष तथा रासायनिक मल बितरण समितिका संयोजक ममता महतोका अनुसार कृषि ज्ञान केन्द्र पर्सा तथा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले पठाएको परिपत्र अनुसार स्थानीय कृषि सहकारी संस्थाहरुले मल पाउन पालिकाबाट सिफारिस प्रदान गरि सकेको बताए ।

चैते धानबाली लगाउने जग्गाको मुल्यांकन गरी आवश्यक मल सम्बन्धित वडाका कृषि सहकारी संस्था मार्फत बितरण गरिएको उपाध्यक्ष महतोले बताइन । तर केही किसानहरुले मात्र मल पाएको र अधिकाशं किसानहरुले मल नपाएका गुनासा आएका छन ।

यता ठोरी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष अष्टबहादुर लोप्चनले एक पटक मात्र रासायनिक मल आएको बताए । एक सय बीस बोरा डिएपी र १ सय चालिस बोरा यूरिया मल आएका र बितरण गरिएका वडाध्यक्ष लोप्चनले बताए । यस वडामा करिब असी प्रतिशत खेतीयोग्य जमिनमा चैते धानको खेती हुने हुँदा अधिकाशं किसानहरु मल पाउनबाट बञ्चित रहेको वडाध्यक्ष लोप्चनले बताए । रासायनिक मल नपाएका किसानहरुले भारतीय बजारबाट ल्याउनु परेको वडाध्यक्ष लोप्चनले बताए ।

चैते धानबाली रोपाईका लागि नेपाल सरकारका अनुदानित रासायनिक मल नपाएका किसानहरुले भंगहा, इनरवा, मैनाटाड, सिकटा लगायतका भारतीय बजारबाट महंगोमा मल खरिद गर्नु परेको किसानहरुले गुनासो गरेका छन । नेपाली बजारमा डिएपी प्रति बोरा (५० केजी) दुई हजार तीन सय रुपैया र यूरिया प्रति बोरा (५० के जी) ८ सय रुपैया रहेका छन भने भारतीय बजारमा डिएपी प्रति बोरा (५० केजी) ३ हजार तीन सय र यूरिया प्रति बोरा ( ४५केजी) ८ सय रुपैया रहेका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.056 sec. Memory consumption:82.41 mb