21.7 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

पर्सागढीको एकटांगामा २३९ जनालाई निस्सा बितरण

असार १५ सम्म भुमिहिन, सुकुम्बासीहरुले लालपुर्जा पाउने अध्यक्ष अहमदको दावी

वीरगंज । पर्सागढी नगरपालिकाकाे वडा नम्बर ९ का २३९ जना भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई निस्सा बितरण गरिएको छ । वडा नम्बर ९ को एकटांगामा शुक्रबार एक बिशेष कार्यक्रम गरि सो निस्सा बितरण गरिएको हो ।

वडा नम्बर ९ का वडाध्यक्ष रामबढाई यादवको अध्यक्षता एवं भुमि आयोगका केन्द्रिय सदस्य तथा मधेश प्रदेश संयोजक आरती भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भुमि आयोगले गरिब निमुखाको हक्मा काम गर्ने बताए ।

उनले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको समस्या र समाधानको अभियानलाई पर्सागढीबाट सुरुवात भएको वताए । निस्सा बितरण पश्चात नाप नक्शा गरि छिटै लालजूजा बितरण कार्यमा भुमि आयोगले लाग्नु अर्यालले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै बिशिष्ट आतिथी भुमि आयोगका पर्सा अध्यक्ष तबरेज अहम्दले निस्सा बितरण पश्चात भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई लालपुर्जा बितरण कार्यमा सहज हुने जानकारी दिए । निस्सा बितरणको केहि दिनमै नाप नक्सा, स्थलगत अवलोकन तथा कानुनी प्रक्रिया पुरा गरि असार १५ सम्ममा लालपुर्जा बितरण गरिने लक्ष्य रहेको अहमदले बताए ।

उनले पर्सागढी जस्तै अन्य पालिकामा पनि तदारुकताका साथ काम अघि बढाइएको जानकारी दिए । अहम्दले पर्साका सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन आफु लगनशिलताका साथ कार्य गरिरहेको बताउदै आयोगबाट आउने कर्मचारीहरुलाई वडाले सहयोग गरि सहजीकरण गरिदिन अनुरोध समेत गरे ।

यसैगरी भुमि आयोगका केन्द्रिय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथी आरती भण्डारीले पर्साका सुकुम्बासीहरुको समस्या समाधानको लागि पर्सा आयोगले गरेको कामकारवाहीको प्रंशासा गरिन । उनले कानुनी जटिलतालाई समाधान गरि नेपालभरिका सुकुम्बासीहरुलाई जग्गा बितरण गरिने बताइन । 

कार्यक्रममा पर्सागढी नगरपालिकाका पुर्व प्रमुख लोकनारायण यादव, नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्मा, सचिव राकेश झा, जसपाका युवा नेता सुरज मानन्धर लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा भुमि आयोग पर्साका सदस्य संतोष पासवान, शिवनारायण राम, प्रहरी उपरिक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमाल लगायतको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण जसपा पर्साका सचिव उमेशलाल सहनीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:4.246 sec. Memory consumption:82.4 mb